नेपाल परिवार दल
नेपाल परिवार दल नेपालको एक लोकतान्त्रिक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो। एकनाथ ढकालले स्थापना गर्नुभयको यस दलले पहिलो संबिधान सभामा प्रतिनिधित्व गर्न सफल भयो । परिवार दलबाट सभासद बनेका एकनाथ ढकाल डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहकारी तथा गरीबी निवारण मन्त्रि बने। नेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवारको मूल्य मान्यतालाई अंगिकार गरेको नेपाल परिवार दलले अग्रपंथी लोकतन्त्र (हेड-विङ्ग डेमोक्रेसी - Head-wing Democracy) लाई आफ्नो आधिकारिक बैचारिक दर्सन मान्दछ । यस पार्टीले पारिबारिक मूल्य मान्यता, नैतिकता र शान्ति जस्ता बिसयमा वकालत गर्दै आयको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिबेसन बाट एकनाथ ढकाल केन्द्रिय अध्यक्ष चुनिनु भयको छ । यस पार्टीको महामन्त्रीमा बिनोद डाँगी हुनुहुन्छ । परिवार दलमा नेपालका थुप्रै बुद्धिजीबी र युबाहरूको समर्थन रहेको बताइन्छ। यस दलले राष्ट्रिय सदभाब रयाली, राष्ट्र र जनता पहिले राष्ट्रिय अभियान लगायत कार्यक्रम संचालन गरेर केहि लोकप्रियता हासिल गरेको छ । [१]