नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न स्थापित संस्था हो । यसलाई पहिला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भनिन्थ्यो। हाल यस प्रतिष्ठानका कुलपति कवि बैरागी काँइला रहेका छन्।
विषयसूची |
स्थापना [सम्पादन गर्ने]
प्रतिष्ठानको स्थापना वि.सं. २०१४ साल असारमा भएको हो । यसको नाम नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी) थियो । प्रतिष्ठानको स्थापना वि.सं. २०१३ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना बमोजिम भएको हो ।
वि.सं. २०१४ साल फागुनमा नेपाल एकेडेमी बन्यो । पछि वि.सं. २०२४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान बनेको हो । नेपाल प्रजातान्त्रिक संघीय गणतन्त्र भएपछि यसको नाम नेपाल प्रज्ञा प्रतिष्ठान हुनगयो ।
उद्देश्य [सम्पादन गर्ने]
नेपालका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न काठमाडौं र आवश्यकताअनुसार नेपालको विभिन्न स्थानहरूमा शाखा खोल्न सकिने गरि स्थापना गरिएको प्रतिष्ठान हो ।[१]।
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
- ↑ व्यवस्थापिका संसदले बनाएको २०६४ सालको ऐन न. २१, नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४