नेपाल वित्तीय प्रतिवेदन मानहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल वित्तीय प्रतिवेदन मानहरु (अङ्ग्रेजी: Nepal Financial Reporting Standards) व्यवसायिक कारोवार सम्बन्धी एक विश्वव्यापी भाषाको रूपमा तयार गरिएको छ ।[१] जसले गर्दा एउटा देशमा तयार भएको कम्पनीकी वित्तीय तथा लेखा सम्बन्धी विवरणहरु अन्य देशमा पनि सजिलै बुझ्न सकिनेछ । नेपालमा नेपाल वित्तीय प्रतिवेदन मानहरु अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मानहरु (अङ्ग्रेजी: International Financial Reporting Standards (IFRS)) अबलम्वन गर्न तयार गरी लागु गरिएको हो । अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मानहरु लागू अघि विश्वका प्रत्येक देशहरूले आफ्नो आवश्कयता अनुसार लेखामानहरु तयार गरी लागु गर्ने गर्दथ्यो जसले गर्दा एउटा देशमा तयार भएको वित्तीय विवरण अर्को देशमा लेखाको सिध्दान्त फरक अबलम्वन गरिएको खण्डमा नबुझिने अवस्था थियो भने यसले लेखाको एकल भाषा तयार गरेको छ ।

नेपालमा नेपाल वित्तीय प्रतिवेदन मानहरु नेपाल लेखामान बोर्डले तयार गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था मार्फत लागु गराउँदछ ।

नेपाल वित्तीय प्रतिवेदन मानहरु[सम्पादन गर्नुहोस्]

क्र.स. विवरण मान[२]
First-Time Adoption of NFRS NFRS 1
Share based Payment NFRS 2
Business Combination NFRS 3
Insurance Contracts NFRS 4
Non-Current Assets Held for Sale & Discontinued Operation NFRS 5
Exploration for and evaluation of mineral resources NFRS 6
Financial Instruments: Disclosure NFRS 7
Operating Segments NFRS 8
Financial Instruments NFRS 9
१० Consolidated Financial Statements NFRS 10
११ Joint Arrangements NFRS 11
१२ Disclosure of Interests in other Entities NFRS 12
१३ Fair Value Measurements NFRS 13

नेपालमा लागु हुने मितिहरु[सम्पादन गर्नुहोस्]

नेपाल वित्तीय प्रतिवेदन मानहरु देहायका निकायहरूलाई देहायका आर्थिक वर्षको आर्थिक बिबरण तयार गर्न क्रमिक रूपमा लागु हुनेछ ।[३]

प्रकार नेपाल वित्तीय प्रतिवेदन मान लागु गर्नु पर्ने संस्थाहरु आर्थिक वर्ष
  1. सुँचिकृत बहुराष्ट्रिय उत्पादन कम्पनी (अङ्ग्रेजी: Multinational Manufacturing Companies)
  2. न्युनतम ५ करोड चुक्ता पूँजि भएको सुँचिकृत सरकारी कम्पनी (बैक तथा वित्तीय संस्था ऐन, २०६३ अन्तर्गतका बैक तथा वित्तीय संस्थाहरु बाहेक)
२०१४।१५
वि
  1. वाणिज्य बैङ्क, सरकारी बैङ्क लगायत
  2. सम्पूर्ण सुँचिकृत सरकारी कम्पनी
२०१५।१६
सि
  1. माथि वि मा समावेश नभएका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरु
  2. सम्पूर्ण सरकारी कम्पनी
  3. विमा कम्पनीहरु
  4. अन्य सम्पूर्ण सुँचिकृत कम्पनीहरु
  5. साना तथा मझौला निकाय बाहेकका कम्तिमा ५० करोडको ऋण भएको संगठित संस्था
२०१६।१७
डि साना तथा मझौला निकाय २०१६।१७

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]