नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष विकाशकुमार तिवारी हुन्। नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)को केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह डुङ्गा थियो।[१] नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)ले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १,६७९ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ४,८२४ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०