नेपाल सम्वत
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
नेपाल सम्बत एक चन्द्र सम्बत हो| यो सम्बत नेपालको मौलिक सम्बत हो|
इतिहास [सम्पादन गर्ने]
यस सम्बतका प्रवर्तक शंखधर् साख्वा हुन्| उहाँले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाउनु भएको दिनको सम्झनामा यो सम्बत थालिएको हो| नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो|
हालको प्रयोग [सम्पादन गर्ने]
अहिले आधिकारिक रूपमा प्रयोग नभएतापनि यो सम्बत जनमासमा प्रचलित छ| नेपालको प्राय: चाड तथा जन्मदिन चन्द्रसम्बतको आधारमा मनाउने तथा नेपालमा यो बाहेक अरु चन्द्रसम्बतहरू धेरै चलनचल्तीमा नरहेको हुनाले यसको प्रचलन व्याप्त छ| नेवार समुदायले यो सम्बत धेरै प्रयोग तथा प्रवर्धन गर्ने हुनाले मानिसहरू यो सम्बतलाई नेवार सम्बत भन्ने भूल गर्दछन्|