नेपाल सरकारको बैधानिक कानून २००४
नेपाली विकिपीडियाबाट
नेपालको पहिलो संविधान नेपाल सरकारको बैधानिक कानून २००४ हो। यो राणा प्रधानमन्त्री पद्मशम्सेरद्वारा जारी गरिएको थियो। संविधान लागु गर्ने बिषयमा राणा परिवारमा ठूलो विवाद रहेको थियो। राणा परिवारका अनुदारवादी सदस्यका बिरोधको कारण प्रधानमन्त्री पद्मशमसेरले राजिनामा गरे। यस पछि प्रधानमन्त्री बनेका मोहन शमसेरले यो सविधान खारेज गरे।