नेल्सन मन्डेला

नेपाली विकिपीडियाबाट
(नेल्सन मण्डेला बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सम्माननीय
 नेल्सन मण्डेला 
OM AC CC OJ GCStJ QC GColIH RSerafO BR NPk MRCSI
Nelson Mandela on his 90th birthday in 2008.
सन् २००८ मा नेल्सन मण्डेला

कार्यकाल
सन् १९९४ मे १० – सन् १९९९ जुन १४
सहायक थाबो मबेकी
फ्रेडरिक विल्लेम डी क्लार्क
अग्रज : फ्रेडरिक विल्लेम डी क्लार्क
दक्षिण अफ्रिका राज्य राष्ट्रपतिको रुपमा
उतराधिकारी : थाबो मबेकी

कार्यकाल
सन् १९९८ सेप्टेम्बर २ – सन् १९९९ जुन १४
अग्रज : एन्द्रेस पस्त्राना अरङगो
उतराधिकारी : थाबो मबेकी

जन्म : 18 जुलाई 1918 (1918-07-त्रुटि: "
Unexpected use of template {{3}} - see Template:3 for details.}" मान्य अंक होइन।
)
(उमेर 96)
भेजो, दक्षिण अफ्रिका
मृत्यु : डिसेम्बर 5, 2013(2013-12-05)
जोहानेसबर्ग,दक्षिण अफ्रिका
न्वारनको नाम : रोलिह्लाह्ला मण्डेला
राष्ट्रियता : दक्षिण अफ्रिकी
राजनीतिक दल : अफ्रिकन राष्ट्रिय कांग्रेस
जीवनसाथी : एभ्लेन नोको मासे (१९४४-१९५७)
विन्नी माडीकिजेला मण्डेला(१९५७-१९९६)
ग्रासा मचेल(१९९८-२०१३)
सन्तान :
निवास : हाउटन इस्टेट, जोहानेसबर्ग, गाउटंग, दक्षिण अफ्रिका
अध्ययन संस्था : फोर्ट हेर बिश्वबिध्यालय
लण्डन बाह्य प्रणाली बिश्वबिध्यालय
दक्षिण अफ्रिका बिश्वबिध्यालय
विटवाटर्सरयानड विश्वबिध्यालय
धर्म : मेथोडिस्ट [१][२]
प्रशिद्धि रंगभेद- विरोधी आन्दोलन
पुरस्कार
  • सखारोभ पुरस्कार (१९८८)
  • भारत रत्न (१९९०)
  • नोबेल शान्ति पुरस्कार (१९९३)
  • लेनिनको आदेश
  • स्वतन्त्रता राष्ट्रपति पदक
उल्लेखनीय काम(हरू) लङ्ग वाक टु फ्रिडम
हस्ताक्षर : नेल्सन मण्डेलाको हस्तक्षर
वेबसाइट : मण्डेला फाउन्डेसन
उपनाम : मदिबा
टाटा
दलिभुङ्गा (दीक्षा नाम)[३]

नेल्सन मण्डेला (होसा उच्चारण: [xoˈliːɬaɬa manˈdeːla];[४] १८ जुलाई १९१८-५ डिसेम्बर २०१३) दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति हुन् । उनी दक्षिण अफ्रिकाको पूर्वी समुन्द्री किनारमा अवस्थित ट्रान्स्के क्षेत्रमा राज गर्ने थेम्बु वंशको राजपरिवारसँग सम्बन्ध राख्ने व्यक्तित्त्व थिए । उम्टाटा जिल्लाको म्वेजो नामक एउटा सानो गाउँमा उनी जन्मेका थिए । उनकी आमा खोइसान परिवारकी छोरी थिइन् । उनका घरका बुढाहजुर’बा ङुबेङ्कुकाले ईन्कोशी एन्खुलु अर्थात थेम्बु जनताका राजाका रुपमा शासन गरेका थिए । जसका एक छोराको नाम मण्डेला थियो, जो नेल्सनका हजुर’बा थिए । उनकै नामबाट नेल्सनको पारिवारिक नाम मण्डेला रहन गयो । यद्यपि, उनकी आमाको जात इक्जिबा थियो र उनका बुबा इन्कोशी जातका थिए, त्यसैले जातीय रुपमा तल परेकाले थेम्बु जातीको राजाको रुपमा रहन उनी सफल रहेनन् । रोलिह्लाह्लाह मण्डेलानै त्यो परिवारका परिवारका पहिलो व्यक्ति थिए जसले स्कूल पढ्न पाएका थिए, जहाँ उनकी शिक्षिका मिस म्डिङ्गेनले उनलाई अंग्रेजी नाम दिएकी थिइन, जुन थियो “नेल्सन” । जब नेल्सन कक्षा नौमा पढ्दै थिए, त्यही समयमा क्षयरोगका कारण उनका बुबाको निधन भएको थियो र जोङ्गिनतबा उनका अभिभावक बनेका थिए । विद्यार्थी छँदा उनी स्टुडेन्ट्स रिप्रेजेन्टेटिभ काउनसिल (एस.आर.सी.) नामक विश्वविद्यालयीय नीति विरुद्धको संगठनमा आबद्ध भएका थिए । त्यसैका कारण उनलाई फोर्ट हेर विश्वविद्यालयबाट निस्किन भनिएको थियो र पनि उनले त्यो संगठनको चुनावमा भाग लिए । पछि जिवनकालमा जब उनी जेल परे, तब जेलभित्रै बसेर उनले लन्डन विश्वविद्यालयबाट कानुनशास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरे । उनको स्वतन्त्रताको यात्रामा दक्षिण अफ्रिकाको विभेदविरुद्धको आन्दोलनका क्रममा उनले महात्मा गान्धीबाट निकै प्रभावित भएर तिनै विधिहरुलाई अपनाएर आफ्नो आन्दोलनलाई सफल तुल्याएका थिए । मण्डेलाले सन् २००७ को जनवरी २९ र ३० तारिखको दिन भारतको राजधानी नयाँ दिल्लीमा आयोजित गान्धीको सत्याग्रह आन्दोलनको १००औ वार्षिक सम्मेलनमा सहभागी भएर दक्षिण अफ्रिकामा पनि उक्त आन्दोलनलाई परिचित गराएको स्पष्ट पारेका थिए । अन्तिम विकल्पका रुपमा गरिने सशस्त्र संघर्षलाई उनले भनेका छन्, वर्षौंसम्म मुलुक पछाडि पर्नु र हिंसा फैलिनुले उनलाई विश्वास दिलायो कि वर्षौंसम्मको अहिंसात्मक आन्दोलनले अफ्रिकी मुलुकको जातीय द्वन्द्वलाई चर्काउने काम मात्रै गर्यो । त्यसले कुनै फाइदा भएन पनि र हुँदैन पनि । दक्षिण अफ्रिकामा पहिलोपटक २७ अप्रिल, सन् १९९४ मा पूर्ण नागरिक अधिकार सहितको बहुजातीय चुनाव भएको थियो । जसमा अफ्रिकन राष्ट्रिय कांग्रेस ६२% मतका साथ विजयी भएको थियो । उक्त अफ्रिकन राष्ट्रिय कांग्रेसको नेता मण्डेलाले पहिलोपटक काला जातीहरुको प्रतिनिधित्व गर्दै १० मे, सन् १९९४ मा राष्ट्रिय एकताको सरकार गठन गरे । प्रथम अश्वेत राष्ट्रपतिका रुपमा सन् १९९४ को मे देखि १९९९ को जुन महिनासम्म मण्डेलाले साना तथा काला जातीको जीतका रुपमा दक्षिण अफ्रिकामा नयाँ दिन ल्याइदिएकोमा अन्तर्राष्ट्रिय स्तरको सम्मान पाउनुका साथै उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेलमिलापको बाटोहरु खुले । उनको स्वभावलाई झ्वाट्ट हेर्नुपर्दा उनको एउटा वक्तव्यलाई लिन सकिन्छ – “मेरो जिवनभर अफ्रिकी जनताको संघर्षका लागि आफुलाई खर्चें । मैले गोरा जातीहरुको काला जातीहरु माथिको दमनका लागि लडे । मैले आफ्नो मनमा एउटा विचार राखेको छु, जसमा प्रजातान्त्रिक र स्वतन्त्र समाज छ, जहाँ प्रत्येक व्यक्तिहरु एकताबद्ध भएर, मेलमिलाप गरेर बराबर अवसरहरुका साथ बाँच्नेछन् । यो नै एउटा कारण हो, जसका लागि म मर्न तयार छु ।”

नेल्सन रोलिह्लाह्ला मण्डेला (जन्म : १८ जुलाई, सन १९१८) सन् १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति हुन् र पहिलो दक्षिण अफ्रिकी राष्ट्रपति हुन् जो बहुसम्मिलित चुनावमा सबैबाट चुनिएका थिए । राष्ट्रपति हुनु अघि उनी काला जातीका तर्फका कुशल कार्यकर्ता थिए र उम्खोन्तो वे सिज्वे का नेता थिए । जुन अफ्रिकन राष्ट्रिय कांग्रेसको भ्रातृसंगठन थियो । सन् १९६२ मा उनी समातिए र दोषी ठहरिएपछि उनलाई आजिवन जेल सजायको घोषणा सुनाइयो । मण्डेलाले २७ वर्ष जेलमा सेवा गरे । जसमध्येको थुप्रै समय उनले रबेन टापुमा बिताए । सन् १९९० को फेब्रुअरी ११ का दिन जेलमुक्त भएका मण्डेलाले आफ्नो पार्टीको नेतृत्व गर्न थाले, जसलाई उनले १९९४ को बहुजातीय प्रजातन्त्रसम्म पुर्याए । उनले राष्ट्रपतिका रुपमा सन् १९९४ देखि १९९९ सम्म सबैसँगको मेलमिलापलाई महत्व दिन थाले । दक्षिण अफ्रिकामा मण्डेलालाई माडिबा पनि भनिन्छ, जुन उनको झोसा जातको नाम हो । र टाटा पनि उनलाई चिनिने अर्को नाम हो । मण्डेलाले सन् १९९३ को नोबेल शान्ति पुरस्कार सहित चार दशकभन्दा बढी समयमा २५० भन्दा बढी सम्मानहरु पाइसकेका छन् ।

विषयसूची

शुरूको जीवनी

नेल्सन मण्डेला दक्षिण अफ्रिकाको पूर्वी समुद्री किनारमा अवस्थित ट्रान्स्के क्षेत्रमा राज गर्ने थेम्बु वंशको राजपरिवारसँग सम्बन्ध राख्ने व्यक्तित्त्व हुन् । उम्टाटा जिल्लाको म्वेजो नामक एउटा सानो गाउँमा उनी जन्मेका थिए । उनकी आमा खोइसान परिवारकी छोरी थिइन् । उनका घरका बुढाहजुर’बा ङुबेङ्कुका (जसको सन् १८३२ मा देहान्त भयो) ले ईन्कोशी एन्खुलु अर्थात थेम्बु जनताका राजाका रुपमा शासन गरेका थिए । जसका एक छोराको नाम मण्डेला थियो, जो नेल्सनका हजुर’बा थिए । उनकै नामबाट नेल्सनको पारिवारिक नाम मण्डेला रहन गयो । यद्यपि, उनकी आमाको जात इक्जिबा (तथाकथित देब्रे हात चल्ने परिवार) थियो र उनका बुबा इन्कोशी जातका थिए, त्यसैले जातीय रुपमा तल परेकाले थेम्बु जातीको राजाको रुपमा रहन उनी सफल रहेनन् । मण्डेलाका बुबा, गादला हेनरी म्फकानिस्वले म्वेजो शहरको प्रमुख भएर सेवा गर्थे । तर पनि उनले आफ्ना सम्पूर्ण अधिकार अरुलाई नै हस्तान्तरण गरेर आफ्नो परिवारलाई कुनु सारेका थिए । उनी अधिकारहीन भए पनि म्फाकानिस्वा, इन्कोसीको गुप्त परिषदको सदस्य थिए र थेम्बु जातीको लागि डालिन्डेबो उत्थानका लागि सांगीतिक भूमिका निभाउँथे । म्फाकानिस्वाको मृत्युको समयमा पछि डालिन्डेबोले अनौपचारिक रुपमै मण्डेलालाई लिएको राम्रो लाग्न सक्थ्यो । मण्डेलाका बुबाका चार श्रीमति थिए र तिनबाट उनका तेह्र सन्तान भए (जसमा चार छोरा र नौ छोरी) । मण्डेला उनका तेस्री श्रीमतिका सन्तान हुन् । (राजकीय तह निर्धारण अन्तर्गतकी ‘तेस्री’), नोसकेनी फ्यान्नी । फ्यान्नी म्पेम्बु झोसा जातका न्केदमाकी छोरी थिईन् । जुन परिवार वंशाणुगतै दाहिने हात चलाउने थियो, जहाँ उम्जी अर्थात पालिएका मण्डेलाले आफ्नो बाल्यकालको धेरे समय बिताए । उनलाई दिइएको नाम रोलिह्लाह्लाहको अर्थ थियो “रुखको हाँगा तान्नको लागि”, वा चल्तीको भाषामा “समस्या सिर्जना गर्ने” । रोलिह्लाह्लाह मण्डेला नै त्यो परिवारका परिवारका पहिलो व्यक्ति थिए जसले स्कूल पढ्न पाएका थिए, जहाँ उनकी शिक्षिका मिस म्डिङ्गेनले उनलाई अंग्रेजी नाम दिएकी थिइन, जुन थियो “नेल्सन” । जब नेल्सन कक्षा नौमा पढ्दै थिए, त्यही समयमा क्षयरोगका कारण उनका बुबाको निधन भएको थियो र जोङ्गिनतबा उनका अभिभावक बनेका थिए । मण्डेलालाई वेसलेयान मिसन सकूलमा भर्ना गरियो, जुन एउटा पुरानो दरबारको पछाडि थियो । थेम्बु पहिरनलाई पछ्याउँदै उनी सोह्र वर्षका भईसकेका थिए । त्यसपछि उनी कलार्कबरी बोर्डिङ स्कुलमा भर्ना भए । मण्डेलाले तल्लो तहको पढाई दुई वर्षमै सकाएका थिए । जुन सकाउन साधारणतया तीन वर्ष लाग्ने गर्छ । सन् १९३७मा आफ्ना बुबाको उत्तराधिकारी प्राप्त गरेपछि मण्डेला हेलडटाउन पुगे र फर्ट-ब्युफर्ट स्थित वेसलेयान कलेज गए जहाँ थेम्बु जातीको स्वधिकार छ । उन्नाइस वर्षको उमेरमा उनले स्कुलमा हुने मुक्केबाजी र दौडमा रुचि लिए । आफ्नो नाम लेखाएपछि मण्डेलाले फोर्ट हेर विश्वविद्यालयमा मानविकी संकायतर्फ स्नातक तहको अध्ययन शुरु गरे, जहाँ उनले ओलिभर ट्याम्बोलाई भेटे । ट्याम्बो र मण्डेला सहकर्मी तथा जिवनभरको साथी बने । मण्डेला ट्याम्बोका सगोत्री कैसर (के.डी.) मतान्जिमासँग पनि उत्तिकै नजिक भए, जसले दायाँ हात चल्ने थेम्बुको शाही शाखा भई त्रान्स्के जातको गद्दीको तयारी गर्दै थिए र पछि उनलाई बन्तुस्तान नीतिहरु स्वीकार गराउनका लागि सहयोग गर्थ्यो । उनका यी नीतिहरुको मद्दतले उनलाई र मण्डेलालाई राजनीतिमा अगाडि आउनका लागि सहयोग गर्थ्यो । नेल्सनको पहिलो वर्षको पढाईको अन्त्यसँगै उनी विश्वविद्यालयको नीतिका विरुद्ध खोलिएको संगठन स्टुडेन्टस् रिप्रेजेन्टेटिभ काउन्सिलमा आबद्ध भएका कारण उनलाई फोर्ट हे’र विश्वविद्यालयबाट निस्केर जान भनिएको थियो र साथमा यो पनि भनिएको थियो र पनि उनले त्यो संगठनको चुनावमा भाग लिए । पछि जिवनकालमा जब उनी जेल परे, तब जेलभित्रै बसेर उनले लन्डन विश्वविद्यालयबाट कानुनशास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरे । उनले फोर्टहेर छोडेको केही समयपछि, जोङ्गिन्तबाले मण्डेला र जस्टिस (राजप्रतिनिधिका छोरा र उनको जातनीकट) लाई बोलाएर भने कि उनले उनीहरु दुवैजनाका लागि विवाहको व्यवस्था उनले मिलाइदिएका छन् । मण्डेला र जस्टिस दुवैजना यो कुराबाट असन्तुष्ट भएर जोहानेसबर्गमा गएर स्थापित हुनका लागि तयार भए । त्यहाँ पुगेर मण्डेलाले तत्कालको लागि खानीमा पाले बस्ने जागीर पाए । यद्यपि उनी राजपरिवारका सदस्य हुन् भन्ने कुरा थाहा पाउनासाथ उनको साहुले तुरुन्तै हटाइदिए । त्यसपछि मण्डेलाले जोहानेसवर्गका ल फर्म, विटकिन, साइडलस्काई तथा ईडलम्यान जस्ता ठाउँमा आर्टिकल्ड क्लर्कका रुपमा काम गर्न थाले । जसका लागि उनलाई उनका साथी र सहयोगी, सच्चा आफन्त वालटर सिसुलुले मद्दत गरेका थिए । विटकिन, साइडलस्काई तथा ईडलम्यान जस्ता ठाउँमा काम गर्दा नै मण्डेलाले सहप्रतिवादी भएर युनिभर्सिटी अफ साउथ अफ्रिकाबाट आफ्नो स्नातक तहको अध्ययन पुरा गरेका थिए, त्यसपछि उनले युनिभर्सिटी अफ विटवाटर्सरान्डमा कानुन पढ्न थाले । जहाँ उनी पहिले आफुसरहका साथी सँग नजिक भए र पछि कालासमर्थक राजनीतिक कार्यकर्ताहरु जो स्लोभो, ह्यारी स्क्वार्ज र रुथ फर्स्टसँग । अन्तत: स्लोभो मण्डेलाका गृह-मन्त्री भए, जहाँ स्क्वार्ज वाशिङ्टनका लागि उनका राजदूत । त्यो समयमा मण्डेला उत्तरी जोहानेसबर्गको अलेक्जेन्ड्रा टाउनशीपमा बस्थे ।

राजनीतिक संलग्नता

पूर्णरुपमा अफ्रिकाली राष्ट्रिय पार्टीले सन् १९४८ को चुनाव जितेपछि मण्डेलाले राजनीतिमा सक्रिय रुपमा भाग लिन थाले । जुन जीतले अफ्रिकाली जातीय एकतालाई बलियो बनाउन झन् मद्दत गर्यो । उनले खुला रुपमा सन् १९५२ मा अफ्रिका नेशनल कंग्रेसको तर्फबाट विरोध सभा र १९५५ मा जनसहभागिता आव्हान गरे, जसको प्रयोगले जनताको स्वतन्त्रताको हक सुरक्षित गर्नका लागि आधारभूत सहयोग सिद्ध भएको थियो । त्यो समयमा मण्डेला र उनका वकील साथी ओलिभर ट्याम्बोले आफ्नै ल फर्म सञ्चालन गरेका थिए, जहाँबाट उनिहरुले कानुनी पहुँच नभएका कालाहरुका लागि सित्तैंमा वा सस्तो दरमा कानुनी सल्लाह दिने गर्थे । महात्मा गान्धीबाट प्रभावित मण्डेलाको पहुँच, र पछिल्ला विधिहरुले दक्षिण अफ्रिकाको जातीय विभेद विरुद्धको अभियानली सफल बनायो । (पछि सन् २००७ को जनवरी ३० तारिखको दिन महात्मा गान्धी १०० औं जन्मजयन्तीका अवसरमा भारतको नयाँ दिल्लीमाआयोजित कार्यक्रममा गान्धीको “सत्याग्रहको सिद्धान्त” का बारेमा बोल्दै मण्डेलाले आफ्नो सहभागिता जनाएका थिए ।)

प्रारम्भिक चरणमा अहिंसाको विरुद्धमा सबैको एकता कायम भयो, मण्डेला र अरु १५० जनालाई सन्१९५६ को दिसेम्बर ५ मा गिरफ्तार गरियो र देशद्रोहको आरोपमा जरिवाना सहित जेलभित्र हालियो । सन् १९५६ देखि १९६१ सम्म मण्डेलालाई मुक्त गरिनुपर्छ भन्ने माग राख्दै म्याराथन दौडको समेत आयोजना गरियो । सन् १९५२ देखि १९५९ सम्म अफ्रिका नेशनल कंग्रेस अन्तर्गत गरिएका गतिविधिहरुले शहर-बजारमा पुरै नयाँ रुप लिंदै गयो । जसको एउटै माग थियो राष्ट्रले चालेको कदमका विरुद्ध अझ चर्को विरोध हुनुपर्छ र राष्ट्रिय पार्टीको शासन हुनुपर्छ । अल्बर्ट लुथुली, ओलिभर ट्याम्बो र वाल्टर सिसुलुको नेतृत्वमा रहेको अफ्रिका नेशनल कंग्रेसले कल्पना गरेभन्दा छिटो अफ्रिकालीहरु अगाडि बढिरहेको अनुभव उनीहरुले गरिरहेका थिए । तर उनीहरुलाई आफ्नो नेतृत्वमा चुनौति पनि ठुलै थियो । अफ्रिका नेशनल कंग्रेसको नेतृत्वको सहाराले साना – सेता – भारतीय दलहरुसँगको सम्बन्धले राजनीतिका नयाँ तरिकाहरु अपनाउँदै आफ्नो र अफ्रिकाली जनताको स्तर उकास्न झन सहयोग गर्यो । सन् १९५५ मा भएको क्लिपटाउनको फ्रिडम चार्टर सम्मेलनमा अफ्रिकाली नेताहरुको ठुलो व्यङ्ग्य थियो । जुन सम्मेलनमा १००,००० को ठुलो भीडमा उनीहरुले जम्मा एक मत मात्र प्राप्त गरे । जहाँ पुनर्गठित दक्षिण अफ्रिकन कम्युनिष्ट पार्टीको पनि सहभागिता रहेको उक्त सम्मेलनमा उनीहरुतर्फबाट भने पाँच उम्मेदवारबाट चार जना मुख्य – सचिव नियुक्त भए । सन् २००३ मा दक्षिण अफ्रिकन कम्युनिष्ट पार्टीका मुख्य – सचिव, ब्लेड जिमाण्डेका खुलासा अनुसार, सन् १९५५ मा अफ्रिका नेशनल कंग्रेसका मुख्य – सचिव वाल्टर सिसुलु गोप्य रुपमा दक्षिण अफ्रिकन कम्युनिष्ट पार्टी प्रवेश गरे । अब दक्षिण अफ्रिकन कम्युनिष्ट पार्टीभित्र पाँच जना मुख्य – सचिव भए । त्यसैले सिसुलुले अफ्रिका नेशनल कंग्रेसमा दबिएर बस्नु भन्दा बराबर व्यवहार हुने पार्टीमा प्रवेश गरेको बताए । सन् १९५९ मा अफ्रिका नेशनल कंग्रेसले आफ्ना थुप्रै सहयोगीहरु गुमायो जहाँ ठुलो संख्याका अफ्रिकानिष्टहरु, रबर्ट सबुक्वे र पोट्लाको लेबालोको निर्देशनमा घानाबाट हुने आर्थिक सहयोग, राजनीतिक सहयोग हट्यो । ट्रान्सवाल केन्द्रित बसोथोले पनि प्यान अफ्रिकानिष्ट कंग्रेसबाट हात झिके ।

सशस्त्र विरोधी कामहरू

सन् १९६१ मा मन्डेला एएनसी को सशस्त्र शाखा का नेता बने, उनी उम्खोनतो वी सिज्वे (राष्ट्रको भाला, एम), सह को स्थापना गरेका छन् । उनी तोडफोड रंगभेदलाई अन्त्य गर्नमा विफल रहेपछि एक संभव गुरिल्ला युद्धको लागि योजना बनाइरहेको छ, सेना र सरकारको लक्ष्यका विरुद्ध तोडफोड अभियान सुरु गरे । मण्डेलाले विदेश एम.के. लागि पनि रकम जुटाए र समुहको अर्धसैनिक प्रशिक्षणका लागि व्यवस्था गरे । एएनसी सदस्य तथा मण्डेलाका मित्र वुल्फी कादेश मण्डेलाको बम अभियानको बारेमा बताउँछन् : “सन् १९६१ को दिसेम्बर १६ को दिन हामी यो बम यात्रा सुरु गर्दैछौं भनेर जब हामीले थाहा पायौं, रंगभेदका प्रतिकात्मक स्थानहरुमा विस्फटोट गर्नुपर्छ , तिनका पदाधिकारीहरु र सरकारी कार्यालयहरुमा । तर हामी यो काम यसरी गर्न चाहन्थ्यौ. कि हाम्रो कामले कसैलाई पनि नराम्रो असर नपरोस्, कोई घाइते नहोउन र कोई नमरुन् ।“ मण्डेलाले वुल्फीका बारेमा भने, “युद्धसम्बन्धी उनका अनुभव र ज्ञानले मलाई यो पहिलो सशस्त्र युद्धमा धेरै मद्दत गरेको थियो” । मण्डेला एक अन्तिम उपायको रुपमा सशस्त्र संघर्षको बारेमा बताउँछन्, राज्यबाट वर्षेनी बढेको दमन र हंसाले गर्दा त्यसको विरुद्धमा अहिंसक विरोध प्रदर्शनको विपक्षमा कुनै प्रगति हासिल गर्न नसकेर उनलाई त्यसो गर्न बाध्य बनायो । पछि, धेरैजसो सन् १९८० को दशकमा एमकेले गुरिल्ला युद्ध सुरु गर्यो जुन रंगभेदी सरकारको बिरुद्धमा थियो । जहाँ धेरै जनता हताहत स्थितिमा पनि रहे । त्यसपछि मण्डेलाले एएनसी प्रतिनिधि गर्दै भने रंगबेद विरुद्धको यो संघर्षमा मानवअधिकारको पनि हनन भएको छ, आफ्नै पारटीको पनि कडा आलोचना गर्दै सत्य र पुनर्स्थापना आयोगलाई मनन गर्दै उक्त रंगभेदी सरकारलाई टेवा पुर्याउने कुनै पनि तथ्य छन् भने तिनलाई तत्काल मेटाउन अनिवार्य छ । सन् २००८ को जुलाईसम्म मण्डेला र उनको पार्टिका सदस्यहरुलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्नमा प्रतिबन्ध लगाइएको थियो – अमेरिकि विदेश सचिवको कुनै विशेष छुट बिना – म्यानहट्टन स्थित संयुक्त राष्ट्र संघको मुख्यालय बाहेक, किनकी दक्षिण अफ्रिकी रंगभेद सरकारलाई उनीहरुले त्यो समयमा आतंकवादीको दर्जा दिईएको थियो ।

गिरफ्तारी र रिभोनिया ट्रायल

सत्र महिनाको दौडमा रहेपछि मण्डेलालाई सन् १९६२ को अगस्त ५ को दिन गिरफतार गरियो, र जोहानसबर्गको किल्लामा कैद गरियो । अमेरिकी (सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी) ले मण्डेलाको ठेगाना र लुकाउने कामको लागि प्रहरीलाई सुराकी दिएर गिरफतारी सम्भव गराएका थिए । तीन दिनपछि श्रमिकहरु सन् १९६१ मा हडतालका लागि अग्रणी भएका कारण र गैरकानुनी रुपमा देश छोड्ने आरोपमा अदालतमा उपस्थितिका लागि उनलाई पढिरहेका थिए । २५ अक्टुबर, २९६१ मा मण्डेलालाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । मण्डेला कैदमा थिए, जबकी प्रहरी जोहानसबर्गको लिलिजलिफ खेत, रिभोना, उत्तरतर्फ, जुलाई ११ १९६३ मा प्रमुख एएनसी नेताहरुलाई गिरफ्तार गरिएको थियो । रिभोनिया मुद्दामा उनीहरुलाई राजधानी तोडफोडको आरोपमा गिरफ्तार गरिएको उनीहरुलाइ मण्डेला भएकै ठाउँमा ल्याइयो । जुन आरोप देशद्रोहको बराबर थियो र पनि मण्डेलाले त्यसलाई स्वीकार गरे । देशद्रोहका चार आरोपका साथ मुख्य अभियोजक डा. पर्सी युतारद्वारा लगाइएको आरोपहरुले नै सरकारलाई प्रमाण भेट्टाउन सजिलो गरायो । उनले यो पनि मण्डेलासँग अस्वीकार गरेका छन् – दक्षिण अफ्रिकाको एक विदेशी आक्रमणको नाटक रच्ने आरोप लगाएका थिए । जहाँ मण्डेलाले दक्षिण अफ्रिकाको गणराज्यमा पानी, बिजुली र ग्याँसको उपयोगितालाई नष्ट गर्नको लागि विस्फोटको उपयोग गरेका कारण अफ्रिकी राष्ट्रिय कांग्रेस र दक्षिण अफ्रिकी कमयुनिस्टसँगको षड्यन्त्रमा सहभागी भएर मिलेर काम गरको जस्ता आरोपहरुले निकै अल्झाए । ब्रेम फिशर, वेरनन बेराञ्ज, जोएल लोफ, आर्थर चासकल्सन र जर्ज बिजोस जस्ता व्यक्तिहरु मुख्य आरोपीको प्रतिनिधित्वको बचाव टिमको अंश थिए । ह्यारी स्वार्ज जिम्मी कान्टरका प्रतिनिधि थिए जो एएनसी तथा एमका सदस्य थिएनन् । कान्टरलाई ट्रायलको अन्त्यभन्दा पहले नै निकै लामो समयदेखि छुटकारा मिलेको थियो । हेरोल्ड हेन्सनलाई कानुनी रुपमा दु:ख दिने हिसाबले अन्त्यमा ल्याइयो । २० अप्रिल सन् १९६४ मा प्रिटोरिया सुप्रिम कोर्टमा रिभोनिया ट्रायलको उद्घाटनको अवसरमा तय भएका रणनीतिहरुका बारेमा मण्डेलाको पक्षमा आफ्नो बयान पेस गर्दै रणनीतिका रुपमा हिंसालाई प्रयोग गरिएको बारेमा आफ्नो तर्क राखे, मण्डेलाले यो बाटो समात्नु एएनसीको प्रगतिको लागी एउटा निर्धारित सोच मात्र थियो । उनका बयानले शार्पभिल घटनासम्म आईपुग्दा रंगभेदको विरोधमा अफ्रिका नेशनल कंग्रेसले गरेका शान्यिपूर्ण साधनाहरुलाई प्रष्ट पारेको थियो । त्यो घटनाले गर्दा दक्षिण अफ्रिकालाई गणतान्त्रिक देशका रुपमा स्थापित गर्नका लागि चुनावी प्रचारको सुरुवातसगैं अफ्रिका नेशनल कंग्रेसलाई चुनावमा भाग लिनबाट प्रतिबन्ध लगाइयो । जसले मण्डेला र उनका सहकर्मीलाई यो प्रष्ट गरायो कि कुनै हतियारको प्रयोग नगरेरै दवाब दिन उनीहरुले पाउनेछन्, अन्यथा उनीहरुले अप्रत्याशित आत्मसमर्पण समेत गर्नुपर्नेछ । मण्डेलाले सबैको ध्यान केन्द्रित गर्दै आफ्नो बयानमा सन् १९६१ को दिसेम्बर १६ का दिन उम्खोन्तो वी सिज्वेको नियम कसरी बनाइयो भन्ने विषयलाई जोड्दै राष्ट्रिय पार्टीको आर्थिक कमजोरीमाथि विदेशीहरु तर्सेर देशका लागि लगानी गर्न तयार नभएको बारेमा जोड दिए । आफ्नो बयानको अन्त्यमा उनले भनेका थिए – “मेरो जिवनभर अफ्रिकी जनताको संघर्षका लागि आफुलाई खर्चें । मैले गोरा जातीहरुको काला जातीहरु माथिको दमनका लागि लडें । मैले आफ्नो मनमा एउटा विचार राखेको छु, जसमा प्रजातान्त्रिक र स्वतन्त्र समाज छ, जहाँ प्रत्येक व्यक्तिहरु एकताबद्ध भएर, मेलमिलाप गरेर बराबर अवसरहरुका साथ बाँच्नेछन् । यो नै एउटा कारण हो, जसका लागि म मर्न तयार छु ।” रस्टी बर्सटिनबाहेक सबैलाई अपराधी ठहर गरियो, तर फाँसीको सजायँ सुनाइएन । बरु सन् १९६४ को जुन १२ का दिन देखि आजीवन जेल सजायँबाट भने बच्न सकेनन् ।

जेल – जीवन

आफ्नो जीवनको २७ वर्षको उमेरदेखि ४५ वर्षको उमेरसम्मको अवधि मण्डेलाले रबेन टापुको जेलमा बिताएका थिए । जेलमा हुँदा उनी दक्षिण अफ्रिकाका प्रख्यान अश्वेत नेताका रुपमा सबैमाझ चिनिएका थिए । उक्त समयमा उनी चुन खन्ने काममा कडा परिश्रम गर्थे । जेलभित्र कैदीहरु पनि जातीय रुपमा विभेदित थिए । जेलका तल्लो दर्जाका कर्मचारीहरुले उनलाई प्रत्येक ६ महिनामा मात्र एक मान्छे भेट्न दिने र एउटा मात्र चिठी लिन दिने गरेको मण्डेलाले बताएका छन् । कति चिठीहरु त ढिला पठाइदिने र पढ्न अयोग्य बनाइदिने पनि गरेको उनी बताउँछन् । जेलमै रहँदा मण्डेलाले लण्डन विश्वविद्यालयको बाह्य कार्यक्रम अन्तर्गत भर्ना भई कानुन विषयमा स्नातक सम्मको अध्ययन पनि पुरा गरे । १९६९ देखि १९८२ सम्मको अवधिमा मण्डेलाले जेलमै पनि एक नेताको रुप लिईसकेका थिए । त्यसैले १९८२ मा उनलाई रबेन टापुबाट पोल्स्मोर जेलमा लगियो । मण्डेलाले पहिलोपटक १९८५ को नोभेम्बरमा सरकारि पक्षसँग भेट्ने अवसर प्राप्त गरे । कोवेन कोट्सीले उनलाई केपटाउनको भल्क्स अस्पतालमा भेटेका थिए । क्रमैसँग थुप्रै व्यक्तिहरुसँग उनले भेट्न थाले । १९८८ मा जब उनलाई फेरि अर्को जेल भिक्टर भर्स्टर लगियो र उनी त्यहाँ स्वतन्त्र नभइञ्जेल रहे । उनलाई त्यहाँ विभिन्न कुरामा प्रतिबन्ध पनि लगाइयो । मण्डेलालाई स्वतन्त्र गराउने आवाजका रुपमा विभिन्न समयमा स्थानीय तथा अन्तर्राष्ट्रिय दवाबहरु पनि बढ्न थाले । १९८९ को चर्को दवाबपछि १९९० को फेब्रुअरीमा मण्डेलालाई स्वतन्त्र गरियो ।

जेलमुक्त

सन् १९९० को फेब्रुअरी २ का दिन, राज्यप्रमुख एफ. डब्लु. डी क्लर्कले एएनसी र रंगभेद विरुद्धका संस्थाहरुमाथि लगाइएका प्रतिबन्धहरु फिर्ता लिए र घोषणा गरे कि अब छिट्टै नै मण्डेला जेलमुक्त हुँदैछन् । १९९० को फेब्रुअरी ११ का दिन मण्डेला पार्लस्थित भिक्टर भर्सटर जेलबाट मण्डेला मुक्त भए । उक्त कार्यक्रमको संसारभर एकसाथ प्रत्यक्ष प्रसारण गरिएको थियो । आफु स्वतन्त्र भएका दिन मण्डेलाले राष्ट्रका नाममा सम्बोधन गरे । उनले आफ्नो तर्फबाट कसम खाए कि देशमा भएका अधिकांश काला र केही गोराहरुबीच मेलमिलाप हुनुपर्छ । तर यो पनि प्रष्ट पारे कि आफ्रिकी नेशनल कंग्रेसको सशस्त्र संघर्ष अझै सकिएको छैन र भने “हाम्रो गन्तव्य भनेको सन् १९६० देखिको सशस्त्र संघर्षका लागि सक्रिय रुपमा अफ्रिकी नेशनल कंग्रेसले अझै सशक्त रुपमा हिंसा र रंगभेदका विरुद्धमा लड्ने हो । आवश्यक पर्दा सशस्त्र संघर्ष आज पनि जारी नै छ । हामीसँग कुनै उपाय नै छैन तर निरन्तरता दिनै पर्छ । हामी यो आशा व्यक्त गर्छौं कि अफ्रिकी जनताको वासस्थान सुरक्षित हुँदासम्म वातावरणले पनि हामीलाई साथ दिनेछ, त्यसैले अब लाग्छ, हामीले सशस्त्र संघर्षको धेरै लामो यात्रा गर्नु पर्दैन ।” उनले यो पनि भने कि उनको मुख्य ध्यानाकर्षणको विषय भनेको काला जातीको बहुलतामा शान्ति ल्याउनु र उनीहरुलाई देशका सबै राष्ट्रिय तथा क्षेत्रीय चुनावमा मताधिकार उपलब्ध गराउनु हो ।

बहुदलीय सम्झौता

मण्डेलाला आफु जेलमुक्त हुनासाथ एएनसीको नेतृत्व साम्हाले र सन् १९९० देखि १९९४ को अवधिमा बहुदलीयतामा सम्झौता गर्दै देशमा पहिलो बहुजातीय चुनाव सम्पन्न गराए । आफु स्वतन्त्र भएपछि र मण्डेलाको नेतृत्वमा चुनावमा भाग लिन पाएपछि सन् १९९१ मा एएनसीले पहिलोपटक एउटा राष्ट्रिय सम्मेलनको आयोजना गर्यो । मण्डेलाका पुराना साथी ओलोभर ट्याम्बोलाई पार्टीको राष्ट्रिय अध्यक्ष बनाइयो जसले बाहिरबाटै संस्थाको नेतृत्व गरिरहेका थिए, जतिबेला मण्डेला जेलमा थिए । सन् १९९३ मा एफ. डब्ल्यु. डि क्लार्कसँग संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार पाएपछि मण्डेलाको नाम र उनको राजनैतिक सम्झौताको चारैतिर प्रसंशा हुन थाल्यो । यद्यपि, त्यो सम्बन्ध उनका लागि कहिलेकाहीं निकै गाह्रो भयो । विशेष गरी सन् १९९१ को घटना जहाँ उनले क्लार्कलाई “कानुन विपरित, श्रेयविहीन, कम संख्या शासन” को प्रमुख व्यक्ति नियुक्त गरे । त्यो विवादले सन् १९९२ को बोइपतोङ घटना गरायो जब मण्डेलाले एएनसीको सम्झौता फिर्ता गरे, क्लार्कलाई कानुन विपरित हत्यामा संलग्न भएको आरोप लगाए । त्यो विवादले सन् १९९२ को विशो घटना सम्मको रुप लियो, जब भयानक हिंसाले गर्दा सबै सम्झौताहरु नामका मात्र रहे । एएनसी नेता क्रिस हानीको राजनीतिक दंगालाई पछ्याउँदै, १९९३ को अप्रिलमा देशभर हिंसाको ज्वाला फुट्यो थप त्रासहरु बढ्न थाले । आफु देशको राष्ट्रपति नहुँदा नै मण्डेलाले राष्ट्रपतिका रुपमा धैर्यता र शान्तिको लागि देशका नाममा अपील जारी गरे । उनले भने “आज मा प्रत्येक अफ्रिकीसँग भेटिरहेको छु, काला, गोरा, जो भित्रै देखि मेरा हुन् । मन नपर्दा नपर्दै गोराहरु हाम्रो देशमा आए र हानि पुर्याए र उनीहरुले सोचेरै धेरै गल्ती गरे र हाम्रो देश अहिले प्रकोपमा परेको छ । अफ्रिकी मुलकै तर गोरा महिलाले आफ्नो जीवन जोखिममा पारेकी छिन्, त्यसैले यो विषयमा हामी न्यायका लागि छानबिन गर्दैछौं । क्रिस हानीको निर्मम हत्याले देश र विश्वलाई सन्तप्त बनाएको छ । हाम्रो स्वतन्त्रताको लागि – क्रिस हानीको त्यो त्यागको विरुद्धमा सबै दक्षिन अप्रिकीले अब एकता देखाउने समय आएको छ ।” शान्तिका विरुद्ध भएको त्यो हत्या र त्यसमा समलग्न व्यक्तिहरु माथि कारवाही भयो, त्यसैको लागि सन् १९९४ को अप्रिल २७ का दिन प्रजातान्त्रिक चुनावका लागि स्वीकृति जनाइयो । जुन हानीको हत्या भएको एक वर्ष पछि बएको थियो ।

दक्षिण अफ्रिकी राष्ट्रपतित्व

सन् १९९४ को अप्रिल २७ का दिन आयोजित पहिलो बहुजातीय चुनावमा पूर्ण मुक्ति प्रदान गरिएको थियो । एएनसीले चुनाव ६२% ले जित्यो र मण्डेलाले एएनसीका नेताको रुपमा, देशकै प्रथम अश्वेत राष्ट्रपतिका रुपमा सन् १९९४ को १० मे का दिन उद्घाटन गरे, राष्ट्रिय एकताको सरकारमा प्रथम सहायक व्यक्तिका रुपमा थिएराष्ट्रिय पार्टीका क्लार्क भने दोस्रो व्यक्तिका रुपमा उनका साथमा थिए थाबो म्बेकी पनि । राष्ट्रपतिका रुपमा सन् १९९४ को मे देखि १९९९ को जुन सम्म मण्डेलाले अल्पमतको सरकार तथा रंगभेदको संक्रमणको उत्थानको लागि नेतृत्व गरे, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेलमिलापको वकालतका लागि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरे । उनले सन् १९९५ को रग्बी विश्वकपको आयोजना गरेर पहिले हेपिएका कालाहरुमा राष्ट्रिय रग्बी टोली (स्प्रिङबोक्स) लाई अगाडि आउनका लागि प्रोत्साहित गरे । सन् २००९ को चलचित्र “इन्भिक्टस” को विषयवस्तु पनि यही नै थियो । स्प्रिङबोक्सले नयुजिल्याण्ड बिरुद्धको ऐतिहासिक फाइनल खेल जित्दा मण्डेलाले आफ्नो टोलीका ६ नम्बरको जर्सी लगाउने कप्तान फ्रान्सियस पिनारलाई ट्रफी दिएको दृश्य गोरा र काला दक्षिण अफ्रिकीहरुको मेलमिलापको गहिरो संकेत बनेको थियो । राष्ट्रपति मान्दै मण्डेलाका विविध छापहरुमध्येको एक थियो बाटिक शर्टको प्रयोग, जसलाई “मादिबा शर्ट भनेर” विभिन्न औपचारिक कार्यक्रमहरुमा समेत चिनाइएको थियो । दक्षिण अफ्रिकाको पहिलो पूर्व-रंगभेदी सैनिक गतिविधिमा मण्डेलाले सेनाहरुलाई प्रधानमन्त्री पकालिथा मोसिसिलिको सरकारको बचावका लागि सन् १९९८को सप्टेम्बरमा लेसोथो पठाएका थिए । जसले गर्दा पछि विवाद चर्कायो र विपक्षीहरुले सरकार टिक्न नदिने भयंकर संकेत देखिन थाले । एड्स विरोधी कार्यकर्ता एडवीन क्यामेरन जस्ता लगायतका आलोचकहरुले समेत उनको आलोचना गर्न थाले र एडवीनले मण्डेलाको सरकार एड्स जस्तो संकटको सामना गर्नको लागि पनि प्रभावकारी रहन नसकेको बताए । त्यसपछि मण्डेलाले थुप्रै कार्यक्रमहरुमा एड्सको महामारीका बारेमा बोल्न थाले

लकरबाई ट्रायल

राष्ट्रपति मण्डेलाले एकातर्फ लामो समय देखि लिब्यामा चलेको गद्दाफीको विवादमा बेग्लै महत्त्व दिएका थिए भने अर्कोतर्फ अमेरिका र ब्रिटेनको बेग्लै, जसलाई परीक्षणमा ल्याउँदा दुईजना लिब्यनहरु सन् १९९१ को नोभेम्बरमा दोषी भेटिए . अभियुक्तहरुमाथि १९८८ को दिसेम्बर २१ का दिन सकटिश सहर लकरबाईमा भएको विमान दुर्घटनामा संलग्नता रहेको आरोप थियो । जसमा २७० जनाको ज्यान गएको थियो । १९९२ भन्दा अगाडि नै मण्डेलाले हनौपचारिक रुपमा अमेरिकी राष्ट्रपति जर्ज एच. डब्लु बुशलाई भेटेर ती लिब्यनहरु तेस्रो संसार प्रवेश गर्न लागेको बारे प्रस्ताव राखे । बुशले उनको त्यो प्रस्तावलाई फ्रान्सका राष्ट्रपति फ्रान्सियस मिट्टराण्ड र स्पेनका राजा जुआन कार्लोसले झैं स्वीकार गरे । सन् १९९४ को नोभेम्बरमा अर्थात उनको राष्ट्रपतीय चुनावको ६ महिना पछि मण्डेलाले त्यो विमान दुर्घटनाको केन्द्र दक्षिण अफ्रिका भएको समेत जानकारी दिए । यद्यपि, बेलायती प्रधानमन्त्री जोन मेजरले बेलायत सरकार विदेशी अदालतसँग ढुक्क छैन भन्दै आप्नो विचारलाई ठाडै नकारिदिएका थिए । मण्डेलाको विचारलाइ प्रमुख मान्दै तीन वर्ष पछाडि टोनी ब्लेयरले बताए, जब राष्ट्रपति मण्डेला सन् १९९७ को लण्डन भ्रमणमा थिए । पछि उही वर्ष १९९७ को अक्टुबरमा राष्ट्रमण्डल प्रमुखहरुको सरकारी भेट (सीएचओजीएम) मा मण्डेलाले चेतावनी दिंदै भने : “कुनै पनि देश शिकायतकर्ता, अभियोजक और न्यायाधीश बन्न पाउँदैन ।” अप्रिल १९९९ मा मण्डेलाले गद्दाफीसँग दुई अपराधीहरु (मेग्राही र फिमाह) का लागि सम्झौता शुरु गरे । जसको नौ महिनापछि सन् २००१ को जनवरी ३१ का दिन निर्णय सुनाइयो । फिमाह दोषी ठहर भएनन् भने मेग्राहीलाई २७ वर्षको जेल सजायँ सुनाइयो, त्यो पनि स्कटिश जेल चलान गरियो । मेग्राहीको प्रारम्भिक अपील सन् २००२ को मार्चमा भयो र पूर्व राष्ट्रपति मण्डेला उनलाई भेट्नका लागि २००२ को जुन १० का दिन बर्लिन्नी जेल कारागार पुगे । त्यस लगत्तै मेग्राहीलाई एकान्त कारावासका लागि ग्रीनक जेल सरुवा गरियो । सन् २००९ मा मेग्राहीलाई क्यान्सरले समात्यो र उनी बाँच्ने समय जम्मा तीन महिना तोकियो । त्यसपछि उनलाई दयालु भावले स्वतन्त्र गरियो र लिब्या पठाइयो । नेल्सन मण्डेला फाउन्डेशनले मेग्राहीको स्वतन्त्रता प्रति समर्थन देखाउँदै मण्डेलाको तर्फबाट स्कटिश सरकारको नाममा एउटा चिठी पठायो ।

विवाह र परिवार

मण्डेलाको तीन पटक विवाह भयो, ६ जना छोराछोरी तथा बीस जना नातीनातिनाका साथै उनको चौथो पुस्ता बढ्दो क्रममा छ । उनी चिफ मण्ड्ला मण्डेलाका हजुरबा हुन् ।

प्रथम विवाह

मण्डेलाको प्रथम विवाह एवेलिन न्तोको मैससँग भएको थियो जसले मण्डेलालाई मन पराउँथिन् । यिनीहरुको १३ वर्षपछि सन् १९५७ मा विभिन्न कारणले कुरा नमिलेर पारपाचुके भयो र मैसको सन् २००४ मा देहान्त भयो । उनका दुई छोरा थिए । मादिबा थेम्बेकिले (थेम्बी) जो १९४६मा जन्मेर १९६९ मा बिते । अर्का म्याक्गाथो मण्डेला जो १९५० मा जन्मेर २००५ मा बिते । दुई छोरीहरुमा पहिली छोरी बितेपछि दोस्रीको नाम पनि उनीहरुले उही राखेका थिए, माकाजिवे मण्डेला (माकी) । ती दुई छोरीहरु १९४७ र १९५३ मा जन्मेका थिए । पहिली छोरी ९ वर्षको उमेरमा बितेकी थिइन् । उनका सबै छोराछोरी युनाइटेड वर्ल्ड कलेज वाटरफोर्ड कम्लबामा पढेका थिए । थेम्बी २३ वर्षको उमेरमा कार दुर्घटनामा बितेका थिए जतिबेला मण्डेला रबेन टापुको जेलमा थिए । म्याक्गाथो भने एड्सका कारण २००५ मा ५४ वर्षमा बितेका थिए ।

दोस्रो विवाह

मण्डेलाकी दोस्री श्रीमति, विन्नी मादिकिजेला-मण्डेला, पनि ट्रान्सके क्षेत्रकै हुन् । तर उनीसँग पनि मण्डेलाको भेट जोहानेसबर्गमै भएको थियो । जहाँ उनी शहरकै प्रथम अश्वेत समाजसेवी थिइन् । उनीबाट दुई छोरी छन् । १९५८ को फेब्रुअरी ४ का दिन जन्मेकी जेनानी (जेनी) र १९६० मा जन्मेकी जिन्दजिस्वा (जिन्दजी) मण्डेला – लोङवेन । जिन्दजी १८ महिनाकी मात्र हुँदा मण्डेला जेल परेका थिए । पछि, विन्नी गहिरो रुपमा पारिवारिक कलहमा परिन् जब देश पनि राजनीतिक संघर्षमा थियो । त्यही समयमा, त्यहीं उनका श्रीमान आजीवन कारावासको सजायँ भोगिरहेका थिए । उनका बाबु ट्रान्स्केमा कृषि मन्त्री थिए । १९९२ को अप्रिल देखि उनीहरु छुट्टिएर बस्न थाले र १९९६ को पारपाचुके पछि राजनीतिक मनमुटावले गर्दा उनीसँगको वैवाहिक जीवन पनि टुंगियो । मण्डेला त्यो समयमा पनि जेलमै थिए जब उनकी छोरी जेनानीले राजकुमार थुम्बुमुजी द्लामिनिसँग १९७३ मा विवाह गरेकी थिइन् ।

तेस्रो विवाह

आफ्नो ८० औं जन्म दिवसमा मण्डेला फेरि विवाह बन्धनमा बाँधिए । यो विवाह उनको तेस्रो थियो, समोरा माईकलकी विधुवा ग्रासा माईकल नी सिम्बाइनसँग । जो एएनसीका लागि जनसम्पर्क सहयोगी थिइन् र मण्डेलासँग विवाह भएको १२ औं वर्षमा कार दुर्घटनामा बितिन् ।

अवकाश

मण्डेला अब दक्षिण अफ्रिकाका पुराना चुनिएका राष्ट्रपति भए । ७५ वर्षको उमेरमा पनि आफ्नो कार्यालय जाने मण्डेलाले १९९९मा अवकाश लिए र थाबो म्बिकीलाई आफ्नो पद हस्तान्तरण गरे । राष्ट्रपतिको पदबाट अवकाश लिएपछि उनी विविध सामाजिक तथा मानव अधिकारसँग सम्बन्धित संस्थाहरुमा वकीलको रुपमा आबद्ध भए । गरिबी उन्मुलनका लागि उनले एक अभियान चलाउन थाले । जुन ऐतिहासिक संलग्नतामा उनले गरेका मध्ये एकलाई “वन” नाम दिएका थिए । उनको नाममा गल्फ प्रतियोगिताको पनि आयोजना गरियो । जसबाट उठेको रकम उनले सन् २००० देखि बालबालिकाका लागि दान गर्ने काम गरे । नेल्सन मण्डेला बालबालिका कोष तथा ग्यारी फाउन्डेशन मिलेर संसारभरका थुप्रै बालबालिकाको लागि सहयोग पनि गरे । सन् २००६ को ओलम्पिक खेलको प्रचारमा समेत देखिएका मण्डेलाले एसओएस बाल ग्रामको लागि पनि थुप्रै सहयोग जुटुने काममा संलग्न रहे । त्यो वर्ष ओलम्पिकको नारा नै “सेलिब्रेट ह्युमनिटी” रहेको थियो । मण्डेला संलग्न रहेका संस्थाहरु स्थापना हुने क्म बढ्न थाले । जसमा नेल्सन मण्डेला बाल कोष, मण्डेला रोड्स् फाउन्डेशन जस्ता संस्थाहरु प्रमुख रहेका छन् ।

अवकाशपछिको स्वास्थ्य

सन् २००१ मण्डेलाले आफ्नो शरीरमा भएको अण्डकोषको क्यान्सरको जाँच गराए । रेडिएशन कोर्समा सात हप्तासम्म उपचाररत रहेका समयमा सन् २००३ मा प्रसिद्ध अन्तर्राष्ट्रिय समाचार प्रसारक टेलिभिजन च्यानल सीएनएनको वेबसाइटले उनको मृत्युको गलत समाचार प्रकाशन गरेको थियो । पछि उक्त टोलीले आफ्नो गल्तीको लागि माफी समेत माग्यो । सन् २००४ को जुनमा पचासी वर्षको उमेरमा मण्डेलाले सार्वजनिक जिवनबाट आफुले अवकाश लिने घोषणा गरे । उनको स्वास्थ्य दिन – प्रतिदिन कमजोर बन्दै गयो र विभिन्न सार्वजनिक कार्यक्रमहरुमा उनी देखा पर्न छाडे । उनी भन्थे “मलाई नबोलाऊ, म आफै बोलाउँछु ।” पछि सन् २००३ मा फाट्टफुट्ट उनी बाहिर देखा पर्न थाले । त्यो पनि अत्यन्तै जरुरी पर्दा, लठ्ठीको सहायतामा । सन् २००८ को १८ जुलाईका दिन मण्डेलाको जन्म – दिन देशभर धुमधामसँग मनाइयो । लण्डनको हाइद पार्कमा उनको नाममा वृहत सांगीतिक कार्यक्रम सम्पन्न गरियो । आफ्नो जन्मदिनको दिन उनले संसारभरका धनाढ्य व्यक्तिहरुलाई गरिबलाई सहायता गर्नका लागि अनुरोध गरे । दक्षिण अफ्रिकामा सम्पन्न २०१० को फिफा विश्वकपको अन्तिम दिनमा ऊरि उनी सौहार्द्रताको पात्र बने । सन् २०११ को जनवरीमा फेरि उनी जोहानसबर्गको मिलपार्क अस्पतालमा भर्ना भए । समयक्रममा अस्पताल बस्दा – बस्दै उनलाई स्वास – प्रस्वासको समस्या पनि बढ्न थाल्यो । जसको राम्रो उपचार पनि गरियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई एम्बुलेन्समा राखेर जोहानसबर्गको घरमा लगियो ।

एड्स् विरोधी क्रियाकलाप

अवकाश लिएपछि मण्डेलाले वृद्धहरुका लागि संगठन खोलेर उनीहरुको हितका लागि पनि काम गर्न थाले । जसमा उनलाई सघाउनर अन्य वृद्धहरुमा ग्रासा माइकल र देसमोण्ड टुटु पनि संलग्न थिए । यसको साथसाथै उनी एड्स विरोधी क्रियाकलापमा पनि संलग्न रहन थाले । बाह्रौं अन्तर्राष्ट्रिय एडस सम्मेलन २००० जुन दक्षिण अफ्रिकाको डर्बनमा सम्पन्न भएको थियो , त्यहाँ पनि उनले बोलेपछि मात्रै सम्मेलन पूर्ण भयो । त्यस्तै २००३ मा उनले ४६६६४ एड्स पीडितका लागि कोष स्थापना गर्ने काममा उनले सघाएका थिए । जुन संख्या उनको जेलमा बस्दाको कैदी नम्बर थियो । २००४ को जुलाईमा उनी पन्ध्रौं अन्तर्राष्ट्रिय एड्स सम्मेलनमा भाग लिन बैंकक पुगे । उनका छोरा म्याकगाथो मण्डेला ६ जनवरी २००५ मा एड्सकै कारण यो संसारबाट टाढिए ।

अमेरिका र युकेका नीतिको आलोचना

नेल्सन मण्डेलाले सन् १९९९ मा कोसोभोमा भएको नेटोको हस्तक्षेपको कडा आलोचना गरेका थिए जसको संसारभर चर्चा भएको थियो । २००२ र २००३ मा उनले जर्ज डब्लु बुशको अमेरिकी प्रशासनले गरेका क्रियाकलापकको निन्दा गरे लगत्तै संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नान बनेका थिए जो अश्वेत थिए । थुप्रै पटक आतंकवादीहरुलाई मद्दत गरेको भन्दै उनले अमेरिकाका साथै बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरको पनि आलोचना गर्न पछि परेनन् । मण्डेला र कोफी अन्नानको साझेदारीले गर्दा नै पनि अश्वेत सम्प्रदायका लागि निकै सहयोग पुगेको उनी बताउँछन् ।

आरोपहरू

इस्माईल आयोब, जर्ज बिजोस र विम ट्रेनगोभ जस्ता व्यक्तिहरु मण्डेलाका कोषका लागि लगानीकर्ता थिए । जसले आफ्नो व्यवसायबाट उठेका रकमका केही अंश मण्डेलाको सामाजिक कार्यका लागि प्रदान गर्थे । जसमध्ये सन् २००६ मा आयोबले नेल्सन मण्डेला कोष छाडे । त्यसपछि अरु दुईजनाले पनि मण्डेला माथि थुप्रै आरोपहरु लगाउँदै जान थाले । मण्डेलाको उक्त कोषका रकमहरु जम्मा गर्ने काम आफ्नै नातीहरुसँग मिलेर गर्न थाले । उनी माथि आर्थिक हिनामिनाका विविध आरोपहरु लागेको देखेर कालान्तरमा बिजोस र ट्रेनगोभले भने उक्त आरोपको खोजतलास गर्दै गए । अन्त्यमा आयोब नै दोषी ठहर भएपछि उनले मण्डेलालाई जरिवाना सहित माफी माग्नुपर्ने स्थिति समेत आयो ।

प्रशंसा

न्युजवीक म्यागेजिनको एक लेखका अनुसार, “मण्डेलाले दक्षिण अफ्रिकामा बेग्लै पहिचान बनाएका छन् । उनी राष्ट्र स्वतन्त्रक हुन्, संरक्षक हुन्, जुन वाशिंटन र लिङ्कनलाई एक बनाउने काम गरेका छन् । ” सन् २००९ को नोभेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सम्मेलनले मण्डेलाको जन्मदिन १८ जुलाईलाई स्वतन्त्रताका लागि उनले गरेका कामका लागि सम्बोधन गर्दै र कदर गर्दै “मण्डेला दिवस” घोषणा गरेको छ ।

मण्डेला दिवस

मण्डेला दिवस संयुक्त राष्ट्रसंघले घोषणा गरे अनुसार जुलाई १८ को दिनलाई मान्ने गरिन्छ । प्रत्येक व्यक्ति, समुदाय र संघ-संस्थालाई अरुका लागि केही गर्नका लागि ६७ मिनेटको समय मागेर मनाइने गरिन्छ । नेल्सन मण्डेला, जसले सामाजिक न्याय तथा संघर्षका लागि ६७ वर्षको समय दिएका छन्, उनलाई सम्झेर मनाईने यो दिवसको संसारभर प्रसंशा गरिन्छ ।

उनका नाममा आधारित जीवका नाम

सन् २००४ मा जीवशास्त्रीहरु ब्रेन्ट हेन्ड्रिक्सन र ज्यासन बण्डले नेल्सन मण्डेलाकै नामबाट एक अफ्रिकी माकुराको नाम स्टासिमोपस मण्डेला राखेका छन् । यो नाम मण्डेलालाई महान् नैतिक तथा सामाजिक नेताको आदर्श मान्दै राखिएको उनीहरुले बताएका छन् ।

मण्डेलाद्वारा प्राप्त मान, पदवी र तक्माहरू

नेल्सन मण्डेलाले सन् १९९३ को नोबेल शान्ति पुरस्कार सहित चार दशकको अवधिमा दुई सय पचास भन्दा बढी सम्मानहरु प्राप्त गरेका छन् । १९९४ देखि १९९९ सम्म मण्डेला दक्षिन अफ्रिकाका राष्ट्रपति रहे । उनी यस्ता अश्वेत अफ्रिकी हुन् जसले पूर्ण जनसहभागिता सहितको प्रजातान्त्रिक नेतृत्व गरेका छन् । राष्ट्रपति बन्नु अघि, मण्डेला रंगभेद विरोधी कार्यकर्ता तथा अफ्रिकन नेशनल कांग्रेस तथा यसको सशस्त्र संगठन उम्खोन्तो वी सिज्वेका नेता थिए । २७ वर्ष जेल जीवन बिताउँदा सर्वाधिक समय रबेन टापु, त्यसपछिको बाँकी समय पोल्स्मोर जेलमा बिताएका मण्डेलाका विविध स्वतन्त्रता सँग सम्बन्धित क्रियाकलाप नै जेल जीवनको प्रमुख कारण बनेका थिए । सन् १९९० को फेब्रुअरी ११ का दिन जेल जीवनबाट स्वतन्त्र भएपछि उनका मिलाप र सम्झौता जस्ता क्रियाकलापले दक्षिण अफ्रिकाको बहुजातीय प्रजातन्त्र ल्याउनु अघिको संक्रमणलाई हटाएर नयाँ दिन ल्याउनमा धेरै मद्दत गरेको छ । मण्डेलालाई दक्षिण अफ्रिकामा मादिबा भनेर समेत चिन्ने गरिन्छ । जुन उनको पारिवारिक नाम पनि हो । यति भन्दा पनि सबैले नेल्सन मण्डेला भनेरै चिन्ने गर्छन् । मण्डेलाले प्राप्त गरेका मान, पदवी र सम्मान तथा तक्माहरुको सूची यहाँ राखिएको छ ।

१९६० को दशक

  • सन् १९६४ – युनिभर्सिटी कलेज लण्डनको विद्यार्थी युनियनका लागि मानार्थ अध्यक्षका लागि निर्वाचित ।
  • सन् १९६५ – लीड्स युनिभर्सिटीको विद्यार्थी युनियनका लागि मानार्थ अध्यक्षका लागि निर्वाचित ।

१९७० को दशक

  • सन् १९७३ – लीड्स युनिभर्सिटीका वैज्ञानिकहरुले पत्ता लगाएको परमाणु कणको नाम “मण्डेला कण” नाम राखे ।
  • सन् १९७५ – लण्डन युनिभर्सिटीको विद्यार्थी युनियनका लागि मानार्थ आजीवन सदस्य घोषित ।
  • सन् १९७९ – सेप्टेम्बर २९ तारिखको दिन लेसोथो विश्वविद्यालयबाट कानुनमा मानार्थ विद्यावारिधि बाट सम्मानित

१९८० को दशक

  • सन् १९८० - भारतको राजधानी नयाँ दिल्ली स्थित भारतीय साँस्कृतिक सम्बन्ध परिषदबाट अन्तर्राष्ट्रिय समझ्दारीका लागि जवाहरलाल नेहरु सम्मान प्राप्त ।
  • सन् १९८१ - ४ अगस्तमा सिटी अफ ग्लास्गोको स्वतन्त्रता ।
    • लण्डन बरो अफ ब्रेन्टद्वारा मण्डेलाको नाममा सडकको नामाकरण ।
    • अष्ट्रियाको भियना स्थितअन्तर्राष्ट्रिय न्यायिक मण्डलद्वारा मानव अधिकारको क्षेत्रमा मद्दत गरे बापत ब्रुनो क्रिस्ले सम्मान प्रदान ।
  • सन् १९८२- लण्डन सकुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सका लागि विद्यार्थी युनियनका लागि मानार्थ आजीवन सदस्य घोषित ।
  • सन् १९८३- फेब्रुअरीमा रोमको मानार्थ नागरिकता ।
    • १७ मार्चमा ग्रीसको ओलम्पियाको मानार्थ नागरिकता ।
    • ५ जुनमा सिटी कलेज अफ न्युयोर्कबाट कानुनमा मानार्थ विद्यावारिधि ।
    • २६ जुनमा सिटि काउन्सिल अफ डब्लिन द्वारा एलिजावेथ फ्रिङ्क निर्मित सिटी पार्कमा मण्डेलाको सालिक अनावरण ।
    • १८ जुलाईमा जर्मन डेमोक्र्याटिक रिपब्लिकद्वारा स्टार अफ इन्टरनेशनल फ्रेण्डशिपका रुपमा स्वर्णसहितको सम्मान
    • १८ जुलाईकै दिन युकेको सिटी काउन्सिल अफ हार्लोद्वारा मण्डेलाको सम्मानमा प्रमुख सडकहरुमध्ये एकको नाम परिवर्तन ।
    • १८ जुलाईकै दिन युकेको प्रमुख ट्रेड युनियनहरुमध्येको एक एयुइडब्लु/टीएएसएस आफ्नो एउटा प्रमुख कोठाको नाम नै “नेल्सन मण्डेला रुम” राखिदियो ।
    • २० जुलाईका दिन ग्रीनवीचको लण्डन नगरको स्वतन्त्रता ।
    • २४ जुलाईमा युनेस्कोद्वारा आफ्नो २०० औं वार्षिकोत्सवका अवसरमा भेनेजुएलाको काराकासमा आयोजित समारोहमा स्पेनका किङ जुवान कार्लोससँग संयुक्त रुपमा पहिलोपटक साइमन बोलिभर अन्तर्राष्ट्रिय पुरस्कार प्रदान ।
    • १० डिसेम्बरका दिन युकेको सिटी काउन्सिल अफ लीड्सले आफ्नो सार्वजनिक हलको नाम “नेल्सन मण्डेला गार्डेन्स” राख्यो ।
    • युकेको पार्क इन हललाई “मण्डेला पार्क” बनाइयो ।
    • युकेको लान्कास्टर विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी प्रदान गरियो ।
    • वार्विक विश्वविद्यालयको विद्यार्थी युनियन दुईवटा विभागको नाम मण्डेलाको नाममा नामाकरण गरे ।
    • न्युयोर्कको साउथ अफ्रिकन मिसन टु द युनाइटेड नेशन्स अगाडिको भागलाई “नेल्सन मण्डेला एण्ड विन्नी मण्डेला प्लाजा” नाम दिइयो ।
  • सन् १९८४- १३ जनवरीका दिन फ्री युनिभर्सिटी अफ ब्रुसेल्स बाट मानार्थ डिग्री ।
    • लण्डन बरो अफ क्याम्देन काउन्सीलले एउटा शहरको नाम नै “मण्डेला स्ट्रीट” राखिदियो, जहाँ रंगभेद विरुद्धका क्रियाकलापको एउटा कार्यालय नै छ ।
    • लण्डन बरो अफ ह्याकने काउन्सिलले अप्रिलमा ब्लककै नाम परिवर्तन गरेर नेल्सन मण्डेला राख्यो ।
    • फिडेल क्यास्ट्रोले क्युबामा प्लाया गिरोन अवार्ड प्रदान गरे ।
    • युकेको नेशनल एसोशिएसन अफ लोकल गभर्नमेन्ट अफिसर्स प्रदान गरियो ।
    • डब्लिनको मेरियन स्क्वायरमा मण्डेला स्मारक को स्थापना गरियो ।
    • स्कटल्याण्डको स्ट्राथस्लाइड विश्वविद्यालयका लागि मानार्थ सदस्य चुनियो ।
    • बेल्जियमको सिटी अफ विजनेजेमको स्वतन्त्रता सम्मान ।
    • २७ अगस्तमा जर्मन प्रजातान्त्रिक रिपब्लिकका तर्फबाट अन्तर्राष्ट्रिय मित्रताको तारा उपाधि प्रदान गरियो ।
    • २९ नोभेम्बरमा नेल्सन मण्डेला र विन्नी मण्डेलालाई संयुक्त रुपमा एबरडिन शहरको स्वतन्त्रताको सम्मान प्रदान गरियो ।
    • जर्मन प्रजातान्त्रिक रिपब्लिक स्कुलको नाम “नेल्सन मण्डेला स्कुल” राखियो ।
  • सन् १९८५- राजस्व कर्मचारी संघ युकेले मण्डेलाका नाममा लोकहित ट्रेड युनियन छात्रवृत्तिको व्यवस्था शुरु गर्यो ।
    • लण्डन बरो अफ साउथवार्कले नयाँ सडकको नाम “मण्डेला वे” राख्यो ।
    • नटिङहाम सिटी काउन्सिलले आफ्नो खेलकुद केन्द्रको कोठाको नाम मण्डेलाको नाममा राख्यो ।
    • लण्डन केन्द्रित थर्ड वर्ल्ड फाउन्डेशन फर सोसियल एण्ड इकोनोमिक स्टडीजले थर्ड वर्ल्ड पुरस्कार नेल्सन मण्डेला रा विन्नी मण्डेलालाई संयुक्त रुपमा प्रदान गर्यो ।
    • युकेको सिटी अफ हलद्वारा स्वतन्त्रता एवार्ड प्रदान गर्यो ।
    • २९ मार्चको दिन ह्युमन राइट्स इन्स्टिच्युट अफ द बार अफ बर्डेक्सबाट लुडोविक ट्रारिक्स इन्टरनेशनल ह्युमन राइट्स पुरस्कार प्रदान ।
    • नाइजेरियन राइटर्स अर्गनाइजेशन, राइटर्स एण्ड जर्नालिस्ट्स अगेन्स्ट अपार्थाइडले उनलाई आजीवन संरक्षक घोषणा गर्यो ।
    • सेप्टेम्बरमा युकेको वेस्ट योर्कसायर स्थित टाउन अफ हडर्सउल्डले उनीहरुको सपीकर्स कर्नरको नाम नेल्सन मण्डेला कर्नर राख्यो ।
    • ब्राजिलको रियो दि जेनेरियो शहरका स्वतन्त्रताका प्रतिक ।
    • अक्टोबरमा ब्राजिलको रियो दि जेनेरियो शहरको मानार्थ नागरिकता प्राप्त ।
    • अक्टोबरमा युनिभर्सिटी अफ रियो दि जेनेरियोबाट डिप्लोमा अफ अनर एण्ड फ्रेण्डशिप प्राप्त ।
    • २८ अक्टोबरमा लण्डनमा गरेटर लण्डन काउनसिलले मण्डेलाको सालिक स्थापना गरायो । जसको अनावरण लिभर ट्याम्बोले गरे ।
    • ६ डिसेम्बरमा सेनेगलका अध्यक्ष एब्डो डिफले सेनेगलको डकारस्थित नेल्सन मण्डेला एभेन्यु रा सोवेटो स्क्वायरको उद्घाटन गरे ।
    • डिसेम्बरमा नाइजेरियाको अमेदु बेलो युनिभर्सिटीद्वारा कानुनमा विद्यावारिधी सम्मान प्रदान ।
  • सन् १९८६ - दक्षिण अफ्रिकाको नेशनल युनियन अफ माइनवर्कर्सले उनलाई मानार्थ आजीवन संरक्षक चुन्यो ।
    • नेशनल एशोसिएशन फर द एड्भान्समेन्ट अफ कलर्ड पिपलले उनलाई डब्लु इ बी डुबोइस अन्तर्राष्ट्रिय मेडल प्रदान गर्यो
    • कोभेन्ट्री सिटी काउन्सीलले नयाँ भवनको नाम मण्डेलाको नामबाट राख्यो ।
    • स्पेनको बार्सिलोनाले अल्फोन्सो कमिन फाउनण्डेशन पीस अवार्ड प्रदान गर्यो ।
    • स्वीडेनको स्टकहोममा वर्कर्स इन्टरनेशनल सेन्टरले इन्टरनेशनल पीस एण्ड फ्रिडम अवार्ड प्रदान गर्यो ।
    • ५ मे मा स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीज ग्रुप अफ मलेसियाले उनलाई र विन्नी मण्डेलालाई संयुक्त रुपमा थर्ड वर्ल्ड प्राईज प्रदान गर्यो ।
    • युनिभर्सिटी अफ जिम्बाब्वेले कानुन विषयमा मानार्थ विद्यावारिधी प्रदान गर्यो ।
    • इङ्गल्याण्डको लिसेस्टर स्थित पार्को नाम मण्डेलाको नामबाट राखियो ।
    • युकेको नेशनल युनियन अफ सीमेनले नेल्डन र विन्नीलाई संयुक्त रुपमा मानार्थ सदस्यता प्रदान गर्यो ।
    • स्कटल्याण्डको ग्लासगो अवस्थित सेन्ट जर्ज प्लेसको नाम नेल्सन मण्डेला प्लेस राखियो ।
    • न्युकेसलले मानार्थ स्वतन्त्रकको उपाधि प्रदान गर्यो ।
  • सन् १९८७ - ९ जनवरीमा अष्ट्रेलियाको सिड्नी सहरको स्वतन्त्रता ग्रहण गर्ने उनी पहिलो व्यक्ति बने ।
    • क्यारिबियनस्थित युनाइटेड स्टेट्स रोस युनिभर्सिटी मेडिकल स्कुलबाट विन्नी र नेल्सन मण्डेलाले संयुक्त रुपमा मानार्थ डिग्री प्राप्त गरे ।
    • नटालको इस्पिङ्गो एण्ड डिस्ट्रिक्ट फुटबल एशोसिएशनका संरक्षक बने ।
    • अमेरिकाको मिचिगन विश्वविद्यालयबाट मानार्थ डिग्री प्राप्त गरे ।
    • क्युबाको हवाना विश्वविद्यालयबाट मानार्थ डिग्री प्राप्त गरे ।
    • इटलीको फ्लोरेन्सबाट मानार्थ नागरिकता प्राप्त गरे ।
    • ११ नोभेम्बरमा जर्मनीको लिपजेङस्थित कार्ल मार्क्स विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी प्राप्त गरे ।
    • डच फुटबल खेलाडि रुड गुलिटले आफ्नो युरोपियन फुटबलर अफ द यियर सम्मान नेल्सन मण्डेलाको नाममा गरे ।
  • सन् १९८८ - मोन्ट्रियलको पार्कलाई “पार्क-विन्नी-एट-नेल्सन-मण्डेला” नामकरण गरियो ।
    • फेडेरल रिपब्लिक अफ जर्मनीले ब्रेमेन सोलिडारिटी पुरस्कार प्रदान गर्यो ।
    • युकेको नेशनल युनियन अफ टिचर्सले नेल्सन र विन्नी मण्डेलालाई मानार्थ सदस्यता प्रदान गर्यो ।
    • आयरल्याण्डको डब्लिनसहरबाट स्वतन्त्रताको सम्मान प्राप्त गरे ।
    • युरोपियन संसदबाट स्वतन्त्र विचारका लागि सखारोब पुरस्कार प्रदान गरियो ।
    • जुनमा भेनेजुएलाको युनिभर्सिटी काराबोबोबाट मानार्थ विद्यावारिधि प्राप्त गरे ।
    • अगस्तमा ग्रीसको लेफ्कादाका जनताले शान्ति सम्मान प्रदान गरे ।
    • ग्रीसको नौ शहरबाट मनार्थ नागरिकता प्राप्त गरे ।
    • १२ सेप्टेम्बरको दिन बोलोग्ना विश्वविद्यालयबाट राजनीतिशास्त्रमा मानार्थ डिग्री प्रदान गरियो ।
    • सेप्टेम्बरमै बोलोग्नाकै सहर परिषदको पनि सदस्यता प्राप्त गरे ।
    • डिसेम्बर १० का दिन युएन अन्तर्गत मानव अधिकार सम्बन्धी चौथो सम्मान प्राप्त गरे ।
    • डिसेम्बर १० कै दिन भारतको नयाँ दिल्लीमा एउटा सडकको नाम नेल्सन मण्डेला सडक राखियो ।
  • सन् १९८९ - २१ फेब्रुअरीमा मनागुआ, निकारागुआका अध्यक्ष ड्यानियल ओर्टेगाले अगस्तो सिजर सान्दिनो सम्मानबाट सम्मान गरे ।
    • जिम्बाब्वेको क्वेक्वेमा स्वतन्त्र नगर उपाधि प्राप्त । जसलाई उनका लागि ओलिभर ट्याम्बोले लिईदिएका थिए ।
    • आयरल्याण्डको टिप्पेरारी शान्ति समितिबाट शान्ति सम्मान ।
    • जुनमा जर्मनीको नुरेम्बर्ग प्लाजको नाम फेरिएर “नेल्सन मण्डेला प्लाज” बन्यो ।
    • १६ जुनमा क्यानडाको टोरोन्टो स्थित योर्क युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • सेप्टेम्बरमा फ्रान्सको स्क्वायर इन क्लायेस-सौस-बायस को नाम नेल्सन मण्डेला स्क्वायर बन्यो ।

सन् १९९० को दशक

  • सन् १९९० - २१ अप्रिलको दिन खानीमा काम गर्नेहरुको राष्ट्रिय युनियनको अध्यक्ष बनेर केन्द्रिय समितिलाई सम्बोधन गरे ।
    • मार्चमा जिम्बाब्वेको हजारेमा स्वतनत्रताको अनुदान गरे ।
    • जिम्बाब्वेमा ५ मार्चका दिन “मण्डेला दिवस” मनाउँदै सार्वजनिक बिदा घोषणा गरियो ।
    • मे मा अन्तिम विजेताका रुपमा लेनिन शान्ति पुरस्कार प्राप्त गरे ।
    • १२ मे का दिन एंगोलाकै ठुलो मानिने डा. एन्टोनियो एगोस्तिनो नेटोको उपाधि पाए ।
    • १४ मे का दिन, लागोसमा “ग्रान्ड कमान्डर अफ द फेडेराल रिपब्लिक अफ नाइजेरिया” प्राप्त गरे ।
    • १९ र २० मे मा लिब्याको त्रिपोलीमा मानव अधिकारका लागि अल – गद्दाफी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरे ।
    • मे मै इजिप्टको कायरो विश्वविद्यालयबाट राजनीतिशास्त्रमा मानार्थ डिग्री प्राप्त गरे ।
    • अक्टोबरमा भारतकै सबैभन्दा ठुलो नागरिक सम्मान मानिने “भारत रत्न” प्राप्त गरे ।
    • नोभेम्बरमा मलाया युनिभर्सिटीबाट डक्टरेटको उपाधि प्राप्त गरे ।
    • २८ नोभेम्बरमा केपटाउनको वेस्टर्न युनिभर्सिटी अफ द केपटाउनबाट कानुनमा मानार्थ विद्यावारिधी प्राप्त गरे ।
  • सन् १९९१ - ६ सेप्टेम्बरमा जोहानेस्बर्गको युनिभरसिटी अफ विटवाटर्स्रान्डबाट एलएलडीको मानार्थ डिग्री प्राप्त गरे ।
    • डिसेम्बर ६ मा कार्टर – मेनिल ह्युमन राइट्स प्राइज प्राप्त गरे ।
    • युनेस्कोको फेलिक्स हाउफोट बोइग्नी पीस प्राइज प्राप्त गरे ।
  • सन् १९९२ - अहिले लिम्पोपो युनिभर्सिटी (नर्थ युनिभर्सिटी) का लागि २५ अप्रिलमा चान्सलर भए ।
    • ९ मे मा फोर्टहेर युनिभर्सिटीबाट मानार्थ एलएलडी डिग्री प्राप्त गरे ।
    • ३० जुनमा डक्कार युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त गरे ।
    • २९ सेप्टेम्बरमा जोहानेस्बर्गमा फ्रिडम अप मियामी बीच मेडलियन सम्मान प्राप्त गरे ।
    • ३ अक्टोबरमा पाकिस्तानले मिशन-ए-पाकिस्तानको लागि सम्मान गर्यो ।
    • ३१ अक्टोबरमा स्पेनको ओवेडियोमा अन्तर्राष्ट्रिय सहकार्यको लागिप्रिन्स अफ अस्तुरियाज अवार्ड प्राप्त गरे ।
    • ८ नोभेम्बरमा “पिपल अफ द अमेरिकन वे” अवार्ड समारोहमा “स्पिरिट अफ लिबर्टी” अवार्ड प्राप्त गरे ।
    • एएनसीबाट इसित्वालान्द्वे मेडल प्राप्त गरे ।
    • टर्कीले एटाटर्क अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान त गर्यो । तर उनले त्यो समयमा यो पुरस्कार स्वीकारेनन् र पछि १९९९ मा यो यसलाई ग्रहण गरे ।
  • सन् १९९३ - १२ मे मा जोहानेस्बर्गमा ग्लिट्सबर्ग फाउन्डेशन इन्टेरनेश्नल एक्टिभिस्ट अवार्ड प्राप्त ।
    • ४ जुलाईमा अमेरिकाको फिलाडेल्फियामा राष्ट्रपति बिल क्लिन्टनबाट फिलाडेल्पिया स्वतन्त्रता मेडल प्राप्त ।
    • १० जुलाईमा क्लार्क एट्लान्टा युनिभर्सिटीबाट मानार्थ डिग्री प्राप्त ।
    • १५ सेप्टेम्बरमा धार्मिक नेता सरहको मानवतावादी सम्मान प्राप्त ।
    • १ अगस्तमा ताइवानको सुचो युनिभर्सिटीबाट मानार्त विद्यावारिधी प्राप्त ।
    • अक्टोबर १ मा वाशिङटन डिसीमा जे. विल्लियम अन्तर्राष्ट्रिय समझदारीका लागि फुलब्राइट पुरस्कार प्राप्त ।
    • बेल्जियमको फ्री युनिभर्सिटी अप ब्रसेल्सबाट मानार्थ डिग्री प्राप्त ।
    • १० डिसेम्बरमा नर्वेको ओस्लोमा नोबेल शान्ति पुरस्कार प्राप्त ।
    • टाइम पत्रिकामा वर्षपुरुषको लहरमा यासेर अराफात, एफ. डब्लु. डि क्लार्क र यित्झक रबिनसगैं घोषित ।
  • सन् १९९४ - २४ मार्चमा न्यु नेशन/एंगेन म्यान अफ द यियर फ्लेम अफ डिस्टिङशन एवार्ड प्राप्त ।
    • २५ मे मा जोहानेस्बर्ग प्रेस क्लबले न्युज मेकरको रुपमा चुन्यो र २९ सेप्टेम्बरमा सम्मान प्रदान गर्यो ।
    • १९ जुलाईमा लण्डनमा हंगर प्रोजेक्टको आठौं वार्षिक अफ्रिका पुरस्कार प्राप्त गरे । जुन भोकमरी हटाउनको लागि उनको नेतृत्वको लागि प्रदान गरिएको थियो ।
    • १५ अगस्तमा जोहानेस्बर्गमा मानव अधिकार र सहिष्णुताका लागि एन्ने फ्रैंक मेडल प्रदान गरियो ।
    • १० सेप्टेम्बरमा मुस्लिम महिला संघबाट सेक युसुप शान्ति सम्मान प्राप्त ।
    • ६ अक्टोबरमा अफ्रिकन – अमेरिकन इन्स्टिच्युटको उत्कृष्टता प्रदर्शनका लागि अर्थर ए हगटन स्टार क्रिस्टल अवार्ड प्राप्त ।
    • ६ अक्टोबरमा मानव सेवा अवार्ड प्राप्त ।
    • ७ अक्टोबरमा हवार्ड युनिभर्सिटीबाट मानार्त विद्यावारिधी प्राप्त ।
    • २१ अक्टोबरमा नटालको क्वाजुलु अन्तर्गतको टोंगाट सहरको स्वतन्त्रताको सम्मान ।
    • १६ नोभेम्बरमा केपटाउनमा ओलम्पिक कमिटिका तर्फबाट ओलम्पिक गोल्ड अर्डर प्राप्त ।
    • १९ नोभेम्बरमा जोहानेसबर्गमा चेम्बर अफ कमर्स तथा दक्षिण अफ्रिकन उद्योगबाट म्यान अफ द यियर प्राप्त ।
    • दक्षिण अफ्रिका बिश्वबिध्यालयबाट मानार्थ विद्यावारिधी ।
    • क्यानडाको राष्ट्रमण्डलीय क्याम्पियनबाट “स्वास्थ्य सम्बन्धी राष्ट्रिय क्याम्पियन” को उपाधि प्राप्त ।
  • सन् १९९५ - मार्चमा डर्बनमा अफ्रिकन सेन्टर फर द कन्स्ट्रक्टिभ रिजोलुशन अफ डिस्पुट्स (एकर्ड) र अर्गनाइजेशन अफ अफ्रिकन युनिटी (ओएयु) बाट संयुक्त रुपमा अफ्रिका पीस अवार्ड प्राप्त ।
    • क्वीन एलिजावेथ दोस्रो बाट अर्डर अफ मेरिट को लागि मानार्थ सदस्यता प्रदान ।
    • १३ जुलाईमा लेसोथोको कात्सेमा “नेल्सन मण्डेला सडक” को उद्घाटन ।
    • २० जुलाईमा प्रेटोरिया प्रेस क्लबबाट १९९४ को न्युजमेकर अफ द यियर सम्मान प्रदान ।
    • १४ सेप्टेम्बरमा उटेनहेजबाट उटेनहेजको स्तन्त्रताका प्रतिक ।
    • १७ अक्टोबरमा जोहानेसबर्गको कलेज अफ मेडिसिन अफ साउथ अफ्रिकाका मानार्थ अध्येताको सम्मान प्राप्त ।
    • १४ डिसेम्बरमा हार्वर्ड बिजनेस स्कुल स्टेट्स्म्यान अफ द यियर प्राप्त ।
    • डिसेम्बरमै लण्डनमा मानव अधिकारवादी संस्थाको अध्यक्ष हुँदै इन्टरनेशनल बार एसोशिएसनको उद्घाटन ।
  • सन् १९९६ - आयरल्याण्टको डब्लिन स्थित रोयल कलेल अफ सर्जनस् बाट मानार्थ अध्येता प्राप्त ।
    • जनवरीमा भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय न्याय तथा सद्भावका लागि ईन्दिरा गान्धी अवार्ड प्रदान ।
    • वर्ल्ड एशोसियशन अफ गर्ल गाईड्स तथा गर्ल स्काउट्स बाट वर्ल्ट सिटिजनशिप अवार्टड प्रदान ।
    • २९ जनवरीमा उ-थान्ट शान्ति पुरस्कार प्राप्त ।
    • १८ फेब्रुअरीमा कोपेनहेगनमा डेनिस महारानी मार्गरेट दोस्रिबाट नाईट अफ द अर्डर अफ द एलिफेन्ट प्राप्त ।
    • ३ मार्चमा बमाकोमा माली राष्ट्रिय पुरस्कार प्राप्त ।
    • १० जुलाईमा लण्डन सहरबाट स्वतन्त्रता सम्मान प्राप्त ।
    • अक्स्फोर्ड युनिभर्सिटी बाटनागरिक कानुनमा डिप्लोमा प्राप्त । क्याम्ब्रिज र लण्डन युनिभर्सिटीबाट एलएलडी प्राप्त। ग्लासगो क्यालेडोनियन युनिभर्सिटीको वेबसाइटको फोटो ग्यालरीमा फोटो संकलन ।
    • १५ जुलाईमा पेरिसको सोरोबोन युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • २५ अक्टोबरमा स्टेलेनबोस्च युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • २९ नोभेम्बरमा हाइडलबर्गबाट हाइडलबर्ग स्वतन्त्रता सम्मान ।
    • ईथियोपियाको राज्य परिषदबाट शान्ति युद्ध विजेता सम्मान प्राप्त ।
  • सन् १९९७ - २९ नोभेम्बरमा सोवेटोमा मण्डेला परिवारको संग्रहालय खोलियो ।
    • २ मार्चमा फिलिपिन्स युनिभर्सिटी, मनिलाबाट मानार्थ डिग्री प्रदान गरियो ।
    • ३ मार्चमा रोयल स्विडिस अर्डर अफ द सेराफिम, स्टकहोमबाट बहादुरीको सम्मान प्राप्त ।
    • २५ अप्रिलमा पिटरमेरिजबर्ग सहरको स्वतन्त्रता सम्मान प्राप्त ।
    • १६ मे मा बोलेमफन्टेन सहरको स्वतन्त्रता सम्मान प्राप्त ।
    • १९ मे मा जिम्बाब्वेको बेकर एभेन्यु इन सेन्ट्रल हलको नाम नेल्सन मण्डेला एभेन्यु राखियो ।
    • २६ जुनमा बोक्सबर्गको स्वतन्त्रता सम्मान प्राप्त ।
    • ११ जुलाईमा युकेको अक्सफोर्ड स्वतन्त्रता सम्मान प्राप्त ।
    • १७ जुलाईमा थाइल्याण्डको बैंकक स्थित चुलालोङकर्न युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • १९ सेप्टेम्बरमा केपटाउनको बेन-गुरियन युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • १४ अक्टोबरमा प्रेटोरियामा अमेरिकन पब्लिक हेल्थ एशोसियशनबाट उदाहरणीय अध्यक्षता सम्मान प्राप्त ।
    • २१ अक्टोबरमा कायरोमा इजिप्टका राष्ट्रपति होन्सी मुबारकबाट कोलार अफ द नाइल सम्मान प्राप्त ।
    • २७ अक्टोबरमा स्कटल्याण्डकोसिटि अफ एडिनबर्गको स्वतन्त्रता सम्मान प्राप्त ।
    • २७ नोभेम्बरमा केप्टाउन सहरकोस्वतन्त्रता सम्मान प्राप्त ।
    • ४ डिसेम्बरमा प्रेटोरिया युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • सनी बिङहाम्टन नामक बहु-उद्देश्यीय रुमको नाम नेल्सन मण्डेला’ज रुम राखियो ।
  • सन् १९९८ - २३ अप्रिलमा युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • ३० मे मा युनिभर्सिटी अफ जुजुल्याण्डबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • १६ जुनमा कार्डिफबाट स्वतन्त्रता सम्मान प्राप्त ।
    • १ जुलाईमा साउथ अष्ट्रेलियन कम्युनिस्ट पार्टीको जोहानेस्बर्गमा भएको दसौं राष्ट्रिय सम्मेलनमा क्रिस हानी अवार्ड प्राप्त ।
    • ११ सेप्टेम्बरमा मौरिसस युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • १४ सेप्टेम्बरमा पार्क इन मोन्ट्रेयलको नाम “पार्क नेल्सन मण्डेला” मा परिवर्तन ।
  • सन् १९९९ - २८ जनवरीमा जर्मनीमा डचर मेडिनपेरिस प्राप्त ।
    • ९ मार्चमा प्रेट्रोरियामा वननेस पीस अर्थ समिट ट्रान्सेन्ड्स फ्राग्रेन्स अवार्ड प्राप्त ।
    • १० मार्चमा नेदरल्याण्ड्सको आम्स्टर्डम सहरको तर्फबाट स्वर्णपदक प्राप्त ।
    • १२ मार्चमा नेदरल्याण्ड्सकै लिडेन युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • १६ अप्रिलमा डर्बन सहरको तर्फबाट स्वतन्त्रता सम्मान प्राप्त ।
    • ३० अप्रिलमा रसियन एकेडेमी अफ साइन्स, मस्कोबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • ५ मे मा केपटाउनमा युक्रेनको उच्च सम्मान प्राप्त ।
    • २१ सेप्टेम्बरमा जोहानेसबर्गमा जेस ओवेन्स ग्लोबल अवार्ड प्राप्त ।
    • ११ अक्टोबरमा जोहानेस्बर्गमा अफ्रिकन रिनासा इन्स्टिच्युटका तर्फबाट बहादुरीको सम्मान प्राप्त ।
    • १४ अक्टोबरमा युनिभर्सिटी अफ बोट्स्वाना, गाबोरोन बाट कानुनका लागि मानार्थ विद्यावारिधी प्राप्त ।
    • २६ अक्टोबरमा हस्टनमा बेकर इन्स्टिच्युट एवं राइस युनिभर्सिटीद्वारा सम्मानित ।
    • ३ नोभेम्बरमा लिडनमर्गको स्वतन्त्रता सम्मान प्राप्त ।
    • १५ नोभेम्बरमा अष्ट्रेलियन प्रधानमन्त्री जोन हवार्डबाट ९ जुनमा प्रदान गरिएको सम्मान प्राप्त ।
    • डिसेम्बरमा अमेरिकाले तयार पारेको २० औं शताब्दीका संसारका उत्प्रेरक १८ व्यक्तिहरुको सूचीमा सुचीकृत ।
    • ३ डिसेम्बरमा स्वीडेनको अपसाला युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • ५ डिसेम्बरमा केपटाउनमा मानवतावादी धार्मिक तथा राजनीतिक नेताहरुलाई प्रदान गरिएको सम्मानबाट सम्मानित ।
    • ५ डिसेम्बरमा केपटाउनमै विश्व धर्म सम्मेलनका आयोजकबाट हिंसाविरोधी क्रियाकलापका लागि गान्धी किङ सम्मान प्रदान ।
    • टाइम म्यागेजिनद्वारा संसारका १०० मुख्य उत्प्रेरक व्यक्तिहरुको सूचीमा सूचीकृत ।
    • १९९२ मा अस्वीकार गरेको टर्कीको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्राप्त ।
    • १० मार्चमा नेदरल्याण्ड्सको गोल्ड लायन अफ द हाउस अफ नास्सौबाट डच बहादुरीको सम्मान प्राप्त ।

सन् २००० को दशक

  • सन् २००० - २१ फेब्रुअरीमा सोवेटोमा मण्डेला परिवारको संग्रहालयलाई औपचारिक रुपमा सार्वजनिक गरियो ।
    • ११ अप्रिलमा डब्लिनको ट्रिनिटी कलेजबाट कानुनमा मानार्थ विद्यावारिधी प्राप्त ।
    • ३ मे मा हाउस अफ लर्ड्स, युकेको महारानी परिषदबाट सम्मान ।
    • १० जुनमा सान्डटनमा एसएबीएस स्वर्णपदक प्राप्त ।
    • २९ जुनमा लण्डनमा बीटी इथ्निक मल्टीकल्चरल मिडिया अवार्ड प्राप्त ।
    • २९ जुनमा लण्डनमै वरल्ड मेथिडिस्ट पीस अवार्ड प्राप्त ।
    • २२ नोभेम्बरमा मेम्फिसमा इन्टरनेशनल फ्रीडम अवार्ड प्राप्त ।
    • बेट्रान्ड रसेल सोसाइटीको मानार्थ सदस्यता प्राप्त ।
    • अष्ट्रेलियाको सिड्नीमा युनिभर्सिटी अफ टेक्नोलोजीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • ६ सेप्टेम्बरमा अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
  • सन् २००१ - १६ मार्चमा भारतको नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा गान्धी शान्ति पुरस्पार प्राप्त ।
    • ३० अप्रिलमा लीड्सको लागि मानार्थ स्वतन्त्र पुरुष ।
    • २ मे मा क्याम्ब्रिज स्थित मग्दालेन कलेजको मानार्थ अध्येता ।
    • जुलाई २५ मा बहादुरीको कदर गर्दै पहिलो पटक किङ शाका सम्मान ।
    • १७ नोभेम्बरमा क्यानडाको टोरोन्टोस्थित पार्क पब्लिक स्कुलले नाम परिवर्तन गर्दै मण्डेला पार्क पब्लिक स्कुल राख्यो ।
    • १७ नोभेम्बरमै क्यानडाको टोरोन्टोस्थित राइरसन युनिभर्सिटीबाट कानुनको मानार्थ विद्यावारिधी प्राप्त ।
    • १९ नोभेम्बरमा क्यानडाको मानार्थ नागरिकता प्राप्त ।
    • युनिभर्सिटी अफ फ्री स्टेट बाट मानार्थ एलएलडी प्राप्त ।
    • फ्री स्टेट युनिभर्सिटीकै टेक्निकन कलेजबाट मानार्थ डी-टेकको उपाधि प्राप्त ।
    • ११ डिसेम्बरमा दक्षिण अफ्रिका मानव अधिकार आयोग, जोहानेसबर्गबाट लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त ।
    • सनी बिङहाम्टनको ए दिवसमा मानार्थ प्रशासक ।
  • सन् २००२ - ६ अप्रिलमा दक्षिण अफ्रिकाको ग्राहम्सटाउनस्थि रोड्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधी प्राप्त ।
    • रोड्स युनिभर्सिटीले आफ्नो नयाँ हलको नाम “नेल्सन मण्डेला हल” राख्यो ।
    • २४ अप्रिलमा घाना युनिभर्सिटीबाट कानुनमा विद्यावारिधी प्राप्त ।
    • ८ जुनमा नेदर्ल्याण्ड्को मिडलबरगमा फ्राङ्कलिम डेलानो रुजवेल्ट फ्डम मेडप प्राप्त ।
    • ९ जुलाईमा अमेरिकाका राष्ट्रपति जर्ज डब्लु. बुशबाट प्रेजिडेन्सियल मेडल अफ फ्रीडम प्राप्त ।
    • क्यानडाबाट क्वीन एलिजावेथ दोस्रो स्वर्ण जयन्ती मेडल प्राप्त ।
    • डिसेम्बरमा आफ्नै घरेलु क्षेत्रबाट विविध सम्मान ।
  • सन् २००३ - २० जुनमा नेशनल युनिभर्सिटी अफ आयरल्याण्ड, गालवेले मानार्थ विद्यावारिधी प्रदान गर्यो ।
    • गालवेकै बौद्धिक समाजको मानार्थ आजीवन सदस्यता पनि प्राप्त भयो ।
    • स्वतन्त्रताका लागि छापिने म्यागेजिन “रिजन” लेहिरो अफ फ्रीडमको उपाधि दियो ।
  • सन् २००४ - ३१ मार्चमा जोहानेसबर्गको सान्डटन स्मारकले आफ्नो नाम फेर्दै नेल्सन मण्डेला स्मारक राख्यो र साथमा मण्डेलाको ६ मिटर अग्लो तामाको सालिक पनि राख्यो ।
    • विश्वप्रख्यात “टाइम” म्यागेजिनले सन् २००४ को १०० प्रमुख आदर्श व्यक्तिको सूचिमा मण्डेलालाई राख्यो ।
    • सेन्ट जोनको सम्झनामा बेलिभ ग्राण्ड क्रसको उपाधि प्रदान गरियो ।
  • सन् २००५ - आमहर्स्ट कलेजबाट मानार्थ डिग्री प्रदान गरियो ।
    • विश्वप्रख्यात “टाइम” म्यागेजिनले सन् २००५ को १०० प्रमुख आदर्श व्यक्तिको सूचिमा मण्डेलालाई राख्यो ।
  • सन् २००६ - न्यु स्टेट्स्म्यानले “तत्कालिन ५० महानायक” भित्र मण्डेलालाई दोस्रो स्थानमा राख्यो ।
    • एम्नेस्टी इन्टरनेशनलले सद्भावना दूतका रुपमा म्मानित गर्यो ।
    • म्यानचेस्टर युनाइटेडले सन् २००६ को जाडोमा दक्षिण अफ्रिका भ्रमणमा मण्डेलालाई मानार्थ सदस्य चुन्यो ।
    • मलेसियाकै ठुलो मानिने युनिभर्सिटी अफ टेक्नोलोजीले मण्डेलालाई मानार्थ विद्यावारिधी प्रदान गरयो । जुन जनहीत र जनअधिकारका लागि लढ्ने व्यक्तिको नाममा छुट्ट्याएको थियो ।
  • सन् २००७ - वेस्टमिनिस्टर सिटी काउन्सिलले लण्डनको संसद भवन अगाडि मण्डेलाको सालिक राख्ने कार्य गर्यो ।
    • सर्बियाको बेलग्रेडले मानार्थ नागरिकता प्रदान गर्यो ।
  • सन् २००८ - जनवरीमा युरोपको “अ डिफ्रेन्ट भ्यु” ले मण्डेलालाई संसारका प्रजातन्त्रका १५ हस्तीहरुभित्र राखिदियो ।
    • मिचिगन युनिभर्सिटीबाट मानार्थ एलएलबी प्रदान ।
  • सन् २००९ - जुलाईमा भेनस र सेरेना विलियम्सले अर्थर आशे करेज अवार्ड प्रदान गरेका थिए । जसलाई मण्डेलाकी नातिनीले ग्रहण गरेकी थिइन् ।
    • नोभेम्बरमा युएनको साधारण सभाले मण्डेलाको जन्मदिन, १८ जुलाईलाई स्वतन्त्रताका नाममा “मण्डेला दिवस घोषणा गर्यो ।”
  • सन् २०१० - क्वीन्स युनिभर्सिटी, किङ्स्टन, ओन्टारियोबाट २८ अक्टोबरमा मानार्थ डिग्री प्राप्त ।
    • लरेट इन्टरनेश्नल युनिभर्सिटिज नेटवर्क अन्तर्गतको ६ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • अमेरिकाको रोड टापुमा अवस्थित ब्राउन युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त ।
    • जुन ११ मा दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा मेक्सिकोका अध्यक्ष फिलिप काल्डेरोन मार्फत ओर्डेन डेल अगिला एज्टेका सम्मान प्राप्त ।


नेल्सन मण्डेला र रेन्बो संस्कृति

समानता र वहुलवाद

सत्ताईस वर्षको जेल जीवनपछि मण्डेलाले दक्षिण अफ्रिकामा रंगभेदी शासनको अन्त्य गरे, विश्वभर दक्षीण अफ्रिकाको पहुँच पुर्याउँदै प्रजातान्त्रिक चुनाव गरेर सन् १९९४ मा देशकै प्रथम अश्वेत राष्ट्रपति बन्न सफल रहे । १९५२ देखि १९९० सम्मको अवधिमा जम्मा तीन पटक सार्वजनिक रुपमा बाहिर देखा परेका मण्डेलाले आफ्नो व्यक्तित्वको उँचाई थप्ने काम पनि त्यसै समय गरेका थिए । उनले चलाएको अभियानमा संसारका सबैजसो देशका जनता र सरकारले सही थप्दै सहयोगका हात पनि अगाडि बढाएका थिए । उनले दक्षिण अफ्रिकालाई स्वतन्त्र बनाएपछि बाहिरी हस्तक्षेपका सिलसिला पनि टुङ्गिंदै जान थाले । जुन काम उनी जेलमा हुँदै उनले सम्पन्न गराएका थिए । (वी आर पिपल थ्रो अदर पिपल) भन्ने नारा सधैं उनको मनमा रही नै रहन्थ्यो र उनले आफ्नो काम गर्दा जहिले पनि विचार गरेर मात्र काम गर्ने गर्थे । सम्पूर्ण मानव जातीको हीतमा काम गर्नको लागि उनले "म्युचुअल इन्टर्डिपेन्डेनस" को खुल्ला हृदयले स्वागत गर्दै सबैमा एकताको भवना ल्याउनमा उर्जा थप्ने काम गर्न थाले । जुन उनको विचारलाई देशको विकासका क्रममा ऐतिहासिक रुपमा सूचिकृत गर्दा अत्यन्तै महत्त्वपूर्ण सम्पदाका रुपमा गरियो । रबेन टापुको जेलमा बसेपछि मण्डेलामा आएको देश विकासप्रतिको एकाग्रताको सबैले कदर गर्दै उनलाई "अ म्यान वीथ आ सिङ्गुलर भिजन" भन्न थाले ।

रंग – अन्धताको विकास

मण्डेलाले कहिल्यै पनि विशेष ध्यान नदिएको तर त्यही विषयले उनलाई सबका माझ चिनाएको जुन ऐतिहासिक प्रसंग छ, त्यो पनि कम्ती रोचक छैन । उनले १९४० को दशकमा समानता, बहुलता र बहुजातीयतालाई कहिल्यै पनि रामरोसँग ध्यान दिएका थिएनन् । तर यही पक्षले उनलाई अन्त्यमा अफ्रिकाको विभेदयुक्त राज्यसत्ता ढालेर बाहिरी मुलुकको हस्तक्षेपलाई हटाउने कार्यलाई अगाडि बढाउँदै सफलता दिन र सामाजिक, बौद्धिक तथा साँस्कृतिक पहिचान बोक्नमा धेरै मद्दत गरेको मानिन्छ । राष्ट्रिय स्वतन्त्रता तथा दक्षिण अफ्रिकी जनताको हितका लागि उनी जति पनि लडेका छन्, तिनले नै उनको पहिचान बनाउनका लागि धेरै मद्दत गरेको मानिन्छ । काला जातीमाथि गोरा जातीको हस्तक्षेप तथा गोरा जातीमाथि काला जातीको हस्तक्षेपले गर्दा जुन रंगभेदका विविध चरणहरु दक्षिण अफ्रिकाले पार गरेको थियो तिनले गर्दा दक्षिण अफ्रिकामा करीब – करीब जातीय तथा धार्मिक द्वन्द्व पनि चर्किसकेको अवस्थामा मण्डेलाको राजनीतिक गतिविधिले सबैलाई शान्त पार्दै सबको बराबर हकलाई समेट्ने काम गरेको मानिन्छ । कार्ल मार्क्सका केही सिद्धान्तहरु, केही पश्चिमा विचारहरुबाट प्रभावित "रंग – अन्धता" ले अन्तर्राष्ट्रिय रुपमै भने जातको मामलामा अगाडि सरेको थिएन । वर्गीयताको भने प्रभाव प्रशस्त थियो । तर १९२० मा स्थापित, साउथ अफ्रिकन कम्युनिष्ट पार्टीको प्रभावमा स्थापित, अफ्रिकन नेशनल कंग्रेसले भने नेल्सन मण्डेला, ओलोभर ट्याम्बो जस्ता नेताहरुको साथ पायो र पार्टीलाई निकै हदसम्म अगाडि बढ्नमा मद्दत पनि मिल्यो । सैद्धान्तिक र वैचारिक रुपमै परम्परागत धारबाट क्रान्ति नै ल्याइदियो । आर्थिक, सामाजिक र प्रजातान्त्रिक रुपमा बेग्लै रुपले अगाडि बढ्नका लागि देशलाई ठुलो मद्दत पनि मिल्यो । स्वीडेन, नर्वे, भारत र रुस जस्ता मुलुकबाट समेत निकै सहयोग मिलेर दक्षिण अफ्रिकालाई चल्न निकै सजिलो बनाइदियो । बिस्तारै युरोप देखि लिएर अफ्रिकासम्मै पनि मण्डेलाका कामहरुको चर्चा बढ्न थालयो र अफ्रिकन नेशनल कंग्रेसले अन्तर्राष्ट्रिय रुपमै ऐतिहासिक नाम रच्यो । मण्डेला र उनको पार्टीको रंग – अन्धता को अभियानलाई सबले स्वीकारेपछि नै मण्डेला पनि जेलजीवनबाट स्वतन्त्र बने ।

महात्मा गान्धी र पण्डित नेहरु

नेल्सन मण्डेला मा भारतका दुई महान् ऐतिहासिक पुरुषहरुको प्रभाव पनि ज्यादै नै छ । भरतमा भएको बेलायती साम्राज्यवादलाई हटाउनका लागि लड्ने ती दुई व्यक्तिहरु महात्मा गान्धी र पण्डित जवाहरलाल नेहरुका महान विचार र व्यक्तित्तवबाट मण्डेला आफु निकै प्रभावित भएको कुरा उनी बारम्बार बताउने गर्छन् । बेलायति साम्राज्यवादबाट १९४७ मा भारत स्वतन्त्र हुनुमा महात्मा गान्धीको सत्याग्रह आन्दोलनले जति गहिरो भूमिका खेलेको थियो मण्डेलाले पनि त्यहींबाट पाठ सिकेर आफ्नो आन्दोलनलाई जारी राखेका थिए । महात्मा गान्धीको विचारलाई दक्षिण अफ्रिकामा स्वात हुनुमा आर्को कुराको पनि प्रमुख भुमिका रहेको छ । त्यो हो, सन् १८९३ देखि १९९४ सम्मको समयावधिमा महात्मा गान्धीको दक्षिण अफ्रिकाबास । भारतमा भएको हिन्दु – मुस्लिम युद्धलाई पनि मण्डेलाले धार्मिक युद्ध भन्दा पनि जातीय युद्धकै रुपमा लिएर त्यसबाट पनि निकै पाठ सिकेका थिए । दक्षिण अफ्रिकाभर भएको एएनसीको प्रदर्शनी र क्रियाकलापले त्यहाँको बहुसाँस्कृतिक, बहुधार्मिक पक्षहरुलाई एकताबद्ध गर्ने काम गरेको छ । जसको नेतृत्व नेल्सन मण्डेलाले नै गरेका थिए ।

सन् १९९९ मा मण्डेलालाई महात्मा गान्धी सम्मानबाट सम्मानित गरियो । जुन सम्मान उनलाई महात्मा गान्धीकी नातिनी दक्षिण अफ्रिकन राज्यसभाकी सदस्य एला गान्धीले प्रदान गरिन् । उनलाई सोही कार्यक्रममा "दक्षिण अफ्रिकाका जीवित गान्धी" भन्ने उपमा पनि प्राप्त भयो । त्यसपछि २००१ को १६ मार्चका दिन मण्डेलालाई अन्तर्राष्ट्रिय गान्धी शान्ति सम्मान प्राप्त भयो । उक्त सम्मान भारतका तत्कालीन राष्ट्रपति के. आर. नारायणनले प्रदान गरेका थिए ।

१९४७ मा भारतका प्रथम प्रधानमन्त्री बनेका पण्डित जवाहरलाल नेहरुले पनि भारतमा रंगभेद तथा जातिभेदको अन्त्य गर्नमा निकै कसरत गरेका थिए । साथमा बेलायती साम्राज्यवाद त छँदै थियो । भारतका विविध राजनीतिक गतिविधिसँग साक्षात्कार भएका नेल्सन मण्डेलालाई १९७९को नेहरुको नामको पुरस्कार, नेहरु पुरस्कारबाट पनि सम्मानित गरियो ।

रबेन टापु युनिभर्सिटी

थुप्रै राजनीतिक कैदीहरुका लागि रबेन टापु एउटा क्याम्पस सरह भयो । एक्लै – एक्लै रहेर काम गर्नुपर्ने हुन्थ्यो सबैले । कामहरु पनि निकै कठिन हुन्थे । कहिलेकाहीं मात्रै सबैजना एकै ठाउँमा भेला भएर काम गर्थे । त्यही समयमा सबले एकअर्कालाई चिन्ने मौका पाउँथे र विचारहरको पनि आदानप्रदान हुन्थ्यो । मण्डेलाका गतिविधिले गर्दा उक्त जेलको वातावरणमा नै परिवर्तन ल्याउन थाल्यो । अब जेल जेल नभएर एउटा विश्वविद्यालय जस्तो हुन थाल्यो । मण्डेलाकै चाहना अनुसार पढाउने गुरुहरुको पनि त्यहाँ उपस्थिति हुन्थ्यो । त्यहाँ चल्ने नियमित कक्षाले गर्दा जेलको नामै "रबेन टापु युनिभर्सिटी" बन्न पुग्यो । जुन युनिभर्सिटी कालान्तरमा "नेल्सन मण्डेला युनिभर्सिटी" का रुपमा परिणत भयो । मन्डेलाले जेलभित्र बस्दा कैदीहरुलाई देश र राज्यव्यवस्थाका सम्बन्धमा राम्रो ज्ञान मिलोस भनेरै जेलभित्रै बसेर पढ्ने व्यवस्था मिलाएका थिए । दख्षिण अफ्रिकाको संविधान तथा संसदका सम्बन्धमा सधैं सरकारकै विरोध गर्थे र अरुलाई भने वैचारिक चेतना दिने काम गर्थे ।

युरोपियन साहित्य

अफ्रिकाको यदि आफ्नो उज्यालोको स्रोत भईदिएको भए युरोपियन साहित्यलाई अफ्रिकनहरुले कण्ठस्थ पार्नुपर्ने थिएन । मण्डेलाले पनि त्यही युरोपियन साहित्य नै पढेर अगाडि बढेका थिए । विशेष गरी विलियम शेक्सपियरका सिर्जनाहरु उनी पढ्थे । "ह्याम्लेट", "म्याकबेथ", "जुलियस सिजर" जस्ता उनका सिरजनाहरुबाट मण्डेला ज्यादै नै प्रभावित भएका छन् । युरोपियन साहित्यसँगै मण्डेलाले बाईबल, कुरान, भागवद्गीताको पनि धेरै कुराहरु बुझेका छन्, स्वाध्ययनले । क्लासिकल ड्रामा हेर्नका लागि र पढ्नका लागि छुट भएको रबेन टापुको जेलमा धरै पुराना पुराना नाटकहरु मञ्चन गरिन्थे । जसमध्येको ग्रीक नाटककार सोफोकल्सको नाटक "एन्टिगोनी" बाट मण्डेला अत्यन्तै प्रभावित भएको उनले धेरै स्थानमा समेत बताएका छन् ।

नामका कुरा मण्डेलाले केही स्कूलहरुबाहेक कहिल्यै पनि कुनै सार्वजनिक स्थलहरुको नाम उनको नामबाट चिनाइयोस् भनेर भनेनन् । तर उनकै नामबाट थुप्रै संस्ताहरुको समेत नाम राखियो । जुन नामबाट सारा देशले कुनै पनि संस्थालाई सजिलै चिन्न सक्ने स्थिति ल्याईदियो । तर केही शैक्षिक संस्थाबाहेक अन्यमा उनको नाम जोडिनु ठिक छैन भनेर मण्डेला स्वयमले नै भनेका छन् । बालबालिकाका लागि शैक्षिक कार्यक्रमका लागि भने मण्डेलाले आफ्नो पाँच वर्षको तलबको एक तिहाई रकम समेत दान गरेका थिए । जसको नाम संस्थापकहरुले "नेल्सन मण्डेला चिल्ड्रेन्स फण्ड" भनेर राखे ।

कमजोरीहरू

अफ्रिकन नेशनल कंग्रेसका नेता नेल्सन मण्डेलालाई प्रतिमुर्ति निर्धारण गरेकोमा धेरै कमी कमजोरी भएको कुरा विभिन्न आलोचकहरुले गरेका थिए । राजनीतिक आलोचकहरुका अनुसार उनलाई उनका पुराना राजनीतिक गतिविधिसँग तुलना गरेर मात्रै प्रतिमुर्ति निर्धारण गर्नु गलत हो भन्ने खुलासा गरेका थिए । अफ्रिका नेशनल कंग्रेसमा आबद्ध भएर मात्रै देशको परिवर्तन गर्ने काम गर्नु मात्रै देशकै शान्तिको प्रतिमुर्ति बनाइनु हुँदैन भन्ने धारणा उनिहरुको थियो ।

मण्डेलाले गरेका कामहरुका सूचि मात्रै बनाउने हो भने पनि निकै लामो सूचि बन्छ । तसर्थ उनका नीति तथा कार्यप्रति सरकारको ध्यान विकेन्द्रित हुनु नै धेरै ठुलो गल्ती हो भन्ने कुरा मण्डेलाका समर्थकहरुको रहेको छ । मानव अधिकारको लागि मण्डेलाले गरेका कामहरु नै पनि उनलाई शान्ति तथा सुशासनको प्रतिमुर्ति बनाउनमा अगाडि छन् भन्ने कुराको निर्क्योल इन्डोनेसियन सरकार प्रमुख सुहार्तोले मानव अधिकारकर्मीका रुपमा अफ्रिकामा आफु सम्मानित हुँदा बताएका थिए । साथै उनले एएनसीका लागि केही सहयोग पनि गरेका थिए । सुहार्तो नै प्रथम व्यक्ति थिए जसले स्वतन्त्रताका लागि मण्डेलाका कामहरुको पहिलोपटक सम्मान गरेका थिए । मण्डेलाले विन्नीसँग विवाह गर्नु उनको व्यक्तिगत कुरा भए पनि यसले अन्तर्राष्ट्रिय रुपमा राम्रो सन्देश दिएको थियो भन्ने कुराको पनि चौतर्फी प्रशंसा भयो ।

आत्मकथाको कानुनी मान्यता

मण्डेलाको पहिलो विवाहमा सम्बन्ध त्यति राम्रो नभए पनि दोस्रो विवाहमा राम्रो भएको कुरा उनलाई कानुनी रुपमा स्वीकार गरिएको छ । मण्डेलाले जेल जिवन बिताउँदा आफ्नो व्यक्तिगत जिवनमा भन्दा सार्वजनिक जिवनमा उनी केन्द्रित रहेका थिए । १९६१ को मार्च महिनामा आफ्नी श्रीमति विन्नीका लागि मण्डेलाले आयोजना गरेको कार्यक्रमले पनि उनको व्यक्तिगत जिवनमा पनि उनी उत्तिकै नजिक छन् भन्ने कुराको खुलासा गरेको थियो । विन्नीको सहयोग भएकै कारणले पनि मण्डेलालाई राजनीतिक जिवनमा अगाडि बढ्नका लागि धेरै मद्दत पुगेको स्पष्ट हुन्छ । एउटा साधारण मान्छेबाट साधारण गल्ति त हुने नै भईहाल्यो । तर उसको गल्ती मात्र हेर्नु, हेर्नेको ठुलो गल्ती हुन्छ भन्ने कुराको पनि स्पष्टता भयो । जब हामि गल्ती मात्र हेर्ने गर्छौं भने हाम्रा आँखाले गल्ती बाहेक केही नै देख्दैन । त्यसको लागि हामीले हेर्ने तरिकामा पनि सन्तुलित हुनु जरुरी हुन्छ । मण्डेलामा भएको अदम्य क्षमताको हामीले कदर गर्न नजान्दा हाम्रो बुझाईमा मण्डेला त्रुटिपुर्ण व्यक्ति मात्र हुने हुँदा उनलाई बुझेर मात्र उनका बारेमा बोल्नु उचित हुन्छ भन्ने कुरालाई ध्यानमा राख्दै मण्डेलाको आत्मकथालाई कानुनी मान्यता प्रदान गरिएको थियो । ता कि, एउटा साधारण व्यक्ति पनि आफुले गरेका काम मार्फत विशेष बन्न सक्छ ।

मण्डेलाका महत्त्वपूर्ण सहकर्मीहरू

मण्डेलालाई वास्तविक रुपमा एउटा सम्पन्न नेता बन्नका लागि उनका थुप्रै व्यक्तिहरुले सहयोग गरेका छन् । सामाजिक स्तर देखि लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्मका व्यकतिहरुको सहयोग पाएरै मणडेलामा त्यो साहस आएको कुरा मण्डेलाले स्वीकारेका छन् । तत्कालीन राजनीति बुझेर उनले गरेका कामहरुलाई राम्रोसँग व्यवस्थित रुपमा संकलन गरेर जुन सञ्चार माध्यमहरुले १९५० को दशकमा बाहिर ल्याए, ती कागजातहरुले नै मण्डेलाको व्यक्तित्त्वको दर्पणको काम गरेको छ । सन् २००८ को जुन २५ मा जिम्बाब्वेमा भएको मण्डेलाको सम्बोधनले उनका जिवनकालमा घटेका घटना तथा उनले गरेका कामहरुको स्पष्ट तस्वीर उतार्ने काम गरेको छ । जहाँ मण्डेलाले देश विकास तथा रंगभेदको अन्त्य एवं एचआईभी एड्सको अन्त्यका बारेमा स्पष्ट रुपमा आफ्नो सम्बोधनमा उतारेका थिए । जुन उनको काम तथा संघर्षलाई सबैले समयोचित रुपमा सम्मान समेत गरेका थिए । राष्ट्रियता तथा जनहीतका लागि विभिन्न चरणमा उनले गरेका कामहरुले गर्दा नै दक्षिण अफ्रिकामा शान्ति कायम सम्भव भएको हो भन्ने कुराको पनि उनको पार्टी एएनसीसँग नाम जोडिंदै समय-समयमा विभिन्न स्थानमा भएको पाइन्छ र विशेष गरी दक्षिण अफ्रिकामा ।

मण्डेलाका प्रसिद्ध भनाईहरू

  • "शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।"
  • "मलाई थाहा छ कि साहस कहिल्यै पनि डरको अनुपस्थितिमा थिएन, बरु त्यसलाई जित्नु थियो । बहादुर मान्छे त्यो होइन जो डराउँदैन, बरु त्यो हो जसले डरको सामना गर्छ ।"
  • "स्वस्थ टाउको र स्वस्थ मुटुको संयोजन जहिले पनि भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञानको वा कलमको स्वाद मिसाउँछौ, त्यसपछि मान तिमीसँग केही विशेष छ ।"
  • "म मूलरुपमा आशावादी छु । त्यो प्रकृतिबाट आउँछ या पालणपोषणबाट, म भन्न सक्दिन । आसावादी हुनु भनेको एउटाको टाउकोलाई सुर्यतर्फ फर्काउनु र अर्कोको खुट्टा घुमाउनु जस्तै हो । त्यहाँ धेरै काला क्षणहरु थिए जब मानवताप्रतिको मेरो विश्वासलाई जाँचियो, तर मैले कहिल्यै पनि निष्क्रिय रहिनँ र न कहिल्यै हुनेछु । त्यहीबाट जीत माथिको विजय प्राप्त हुन्छ ।"
  • "कुनै पनि काम गरेर नसकाईञ्जेलसम्म असम्भव नै लाग्छ ।"
  • "स्वतन्त्र भएर बाँच्नु भनेको अरुलाई दु:ख दिनु पटक्कै होइन, बरु सबैलाई सम्मान गर्दै सबैको स्वतन्त्रताको कदर गर्दै बाँच्नु हो ।"
  • "हामीले जस्तो छाडेका छौं त्यस्तै कहिल्यै पनि र कुनै पनि कुरा हुँदैनन् ।"
  • "पछाडि बसेर नेतृत्व गरौं र अरुलाई यो ठान्न दिऔं कि उनीहरु नै अगाडि छन् ।"
  • "म महान कहिल्यै छैन, जबसम्म तिमी सोच्दैनौ सबै महान व्यक्ति भनेको सानै हुन्छ र सिकारु हुन्छ ।"
  • "सानो र आशावादी बनेर कसैले पनि जिन्दगी बाँच्ने सोच बनाएर कहिल्यै प्रगति हुँदैन बरु जहिले पनि म जिन्दगी बाँच्नका लागि सक्षम छु भनेर सोच्नु धेरै उत्तम हुन्छ ।"
  • "तिक्तता भनेको विष आफुले पिउनु र त्यसले अरुलाई असर गर्छ भन्नु जस्तै हो ।"
  • "म स्वतन्त्रताको त्यो लामो सडकमा हिंडिसकेको छु । मैले कमजोर बन्ने कोसिस कहिल्यै गरिनँ; गल्ती धेरै नै गरें । तर मलाई अप्ठ्यारो भीरमा चढ्ने तरिका थाहा भयो । अब ममाथि स्वतन्त्रताका जिम्मेवारीहरु थुप्रै छन्, मैले कतै अल्झेर बस्नु हुँदैन, जिन्दगीको त्यो लामो यात्रा अझै बाँकी छ ।"
  • "कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक – पटक लडेर उठ्नुमा जिन्दगीको धेरै खुशी मिल्छ ।"
  • "कसैले बुझ्ने भाषामा ऊसँग कुरा गरिन्छ भने त्यसले उसको दिमागलाई छुन्छ तर कसैको भाषामा ऊसँग कुरा गरिन्छ भने त्यसले उसको मुटुलाई छुन्छ ।"
  • "जब कसैले आफुले विश्वास गरेको जिन्दगी बाँच्नको लागि नकार्छ, तब ऊसँग जिन्दगीबाट बाहिर निस्कनु बाहेक अर्को कुनै विकल्प रहँदैन ।"
  • "मैले भने जस्तै, सबैभन्दा पहिले त तिमी आफुसँग इमान्दार बन । आफुमा परिवर्तन नभएसम्म तिमीले कहिल्यै पनि समाजलाई प्रभावित पार्न सक्दैनौ । ... महान शान्तिवादीहरु सबै साधारण , इमान्दार र एकतावादी हुन्छन् "
  • "तिमी उभिने ठाउँ त तिमी बस्ने ठाउँमै निर्भर हुन्छ ।"
  • "मेरो यात्रामा मैले सिकेको एउटै कुरा के हो भने जबसम्म म आफुलाई परिवर्तन गर्न सक्दिन तबसम्म अरुलाई परिवर्तन गर्ने पनि ममा कुनै अधिकार छैन ।"
  • "डरको अनुपस्थितिमा साहस कहिल्यै आउँदैन – यसैले डरभन्दा अगाडि जान सिकाउँछ ।"
  • "मेरो सफलतालाई लिएर कसैले मनि मेरो मुल्याङ्कन नगर, मुल्याङ्कन गर्ने नै हो भने म कतिपटक लड्दै त्यहाँसम्म पुगें त्यसको मुल्याङकन गर ।"
  • "म मेरो आत्माको सञ्चालक हुँ ।"
  • "प्रस्तुति ठुलो कुरा हो – र मुस्कुराउन सम्झिनु ।"
  • "ठुलो पहाड चढिसकेपछि बल्ल थाहा हुन्छ, अझै धेरै पहाड चढ्नु बाँकी छ ।"
  • "कोही पनि छालाको रंग, पृष्ठभुमी र धर्मका कारण अरुलाई घृणा गर्न जन्मेको हुँदैन । घृणा गर्नका लागि उसले सिकेकै हुनुपर्छ, यदि उनीहरु घृणा गर्न सिक्न सक्छन् भने माया गर्न पनि उनीहरुलाई सिकाइएकै हुन्छ, एक ‍- अर्कालाई माया गर्न त प्राकृतिक रुपमै भित्री हृदय देखि नै जानेको हुन्छ मान्छेले ।"
  • "भनिन्छ, एकपटक जेलभित्र नपरेसम्म कसैले पनि देशलाई चिन्न सक्दैन । देशको मुल्याङ्कन गर्दा जहिल्यै पनि त्यहाँका उच्च वर्गीय नागरिकलाई भन्दा निम्न वर्गीय नागरिकलाई लिएर गर्नुपर्छ ।"
  • "जसै हामीले हाम्रो भित्रको उज्यालोलाई त्यसै छोड्यौं, अचेतन भएर अरुलाई पनि त्यसै गर्ने अनुमति दियौं ।"
  • "गरिबी निवारण भनेको चन्दाको विषय होइन, यो न्यायको क्रियाशीलता हो । दासप्रथा र रंगभेदप्रथा जस्तै गरिबी पनि प्राकृतिक होइन । यो मान्छेले नै बनाएको हो र यसलाई मान्छेले नै बुझेर न्युनिकरण गर्न सक्छ । केही अवस्थामा यो कामले निकै लामो समय लिन सक्छ । त्यसमा तिम्रो पुस्ता पनि पर्न सक्छ । त्यो पुस्तालाई चेतना हुनुपर्छ ।"
  • "हामी भित्र अयोग्यता छ भन्ने कुराको डर छैन । बरु हामी सोचेभन्दा बढी शक्तिशाली छौं भन्ने कुराको डर छ ।"
  • "कुनै पनि कुरा कालो र सेतो हुँदैन ।"
  • "जब पानी उम्लिन थाल्छ तब त्यसले मूर्खतापूर्वक गर्मी फैलाउँछ ।"
  • मेरो जिवनभर अफ्रिकी जनताको संघर्षका लागि आफुलाई खर्चें । मैले गोरा जातीहरुको काला जातीहरु माथिको दमनका लागि लडें । मैले आफ्नो मनमा एउटा विचार राखेको छु, जसमा प्रजातान्त्रिक र स्वतन्त्र समाज छ, जहाँ प्रत्येक व्यक्तिहरु एकताबद्ध भएर, मेलमिलाप गरेर बराबर अवसरहरुका साथ बाँच्नेछन् । यो नै एउटा कारण हो, जसका लागि म मर्न तयार छु ।
  • "स्वतन्त्रता कहिल्यै पनि एक – एक गरेर बाँड्न सकिन्न, मैले चिनेजानेका सबै मान्छेले एकअर्कामा अन्तर्सम्बन्धित छन् र ती सबैसँग म पनि जोदिएको छु ।"
  • "जब म मेरो स्वतन्त्रताको नेतृत्वको त्यो ढिकामा पुगें, मैले ताहा पाएँ कि यदि मैले मेरो तिक्तताहरुलाई पछाडि छोड्न सकिन भने म अझै जेलभित्रै रहनेछु ।"
  • "कहिलेकाही नयाँ पुस्ताले पनि महान बन्ने अवसर प्राप्त गर्छ, तिमी त्यो नयाँ पुस्ता बन्न सक्छौ ।"
  • "मेरो देशमा हामी पहिले जेलमा बस्छौं, तब मात्र हामी राष्ट्रपति बन्छौं ।"
  • "हामी आफुलाई नै सोध्छौं कि हामी को हौं । वास्तवमा हामी हो होइनौं र ।"
  • "बदला लिने स्वभावले भन्दा मायालु स्वभावले तिमीलाई संसारका सबैथोक जित्नमा धेरै मद्दत गर्छ ।"
  • "छोड्नु भनेको नेतृत्व गर्नु पनि हो ।"
  • "नेता भनेको गोठालो जस्तै हो । ऊ जहिले पनि समुहको पछाडि बस्छ, अरु एकले अर्कोलाई पछ्याउँदै छिटो-छिटो अगाडि बढ्छन्, उनीहरुलाई थाहै हुँदैन कि सबै पछाडिबाट निर्देशित छन् ।"
  • "आफ्नो दुश्मनलाई चिन – र उसको प्रिय खेलको बारेमा बुझ ।"
  • "निर्धक्क भएर स्वतन्त्र रुपमा हिंड्नु कतै सजिलो छैन । हामीलाई दु:खको छायाँले घेरिएको पहाडि भेगमा पटक – पटक हिंड्नु छ । तब मात्र हामी आफुले चाहेको हिमाली चुचुरामा पुग्छौं"
  • "आफ्नो साथीलाई नजिक राख – त्यसपछि तिम्रो दुश्मनी त्यहीं सुरु हुन्छ ।"
  • "सबैलाई न्याय गर । सबैलाई शान्ति देऊ । सबैलाई बस्न, खान, पानी र नुन देऊ । सबैलाई शरीर, दिमाग, आत्माको आवश्यकता आफैं पुरा गर्न देऊ ।"
  • "मेरो सपना भनेको अफ्रिका आफैंमा शान्त रहोस् ।"
  • "अगाडिबाट नेतृत्व गर – तर आफ्नो आधार कहिल्यै पछाडि नराख ।"
  • "कहाँबाट सुरु गरेर होइन कि कति ठुलो तिम्रो इच्छा वा चाहना छ, त्यहाँ सफलता सम्भव छ ।"
  • "हामीले जहिले पनि समयको सदुपयोग केही रचनात्मक रुपमा गर्नुपर्छ, र अनुभुति गरौं कि समय जहिले पनि हामीलाई सही काम गर्नको लागि प्रेरित गर्छ ।"
  • "बहादुर व्यक्ति त्यो होइन जसले डर मान्दैन, बहादुर त त्यो हो जसले डर माथिको विजय प्राप्त गर्छ ।"
  • "कुनै कुरा हुनै सक्दैन भन्ने बुझ्दा – बुझ्दै कसैले पनि त्यसको तयारी गर्नै सक्दैन ।"
  • "हाम्रो ठुलो डर भनेको हामीमा क्षमता छैन भन्ने होइन । त्यो डर त हामी नाप्नु अघि नै शक्तिशाली हुनुमा छ ।"
  • "यो हाम्रो प्रकाश हो, अन्धकार होइन, त्यसले जहिले पनि हामीलाई तर्साउँछ । हामी आफैंलाई सोधौं कि हामी को हौं ।"
  • "वास्तवमा तिमी को होइनौ ? तिमी भगवानको बच्चा हौ । त्मरो सानो खेलले संसारको सेवा हुन सक्दैन ।"
  • "हामी हाम्रो आफ्नै प्रकाशलाई बल्न दिऔं र हामी अरुलाई पनि त्यसै गर्नतर्फ उन्मुख गराऔं ।"
  • "हामी आफ्नो डरबौ स्वतन्त्र हुन सक्यौं भने मात्र हाम्रो उपस्थितिले अरुलाई पनि डरमुक्त गराउन सक्छ ।"
  • "स्वतन्त्र व्यक्तिले मात्र सम्झौता गर्न सक्छ । जेलभित्र बस्नेले के सम्झौता गर्छ ।"
  • "एक्लो व्यक्तिले त कुनै पनि हालतमा देशलाई स्वतन्त्र बनाउन सक्दैन । तिमीले त्यो काम तब मात्र सक्छौ, जब तिमी सामुहिक रुपमा त्यो काम गर्छौ ।"
  • "कष्टमा रहनु र अप्रसन्न रहनु भनेको आफुले विष पिउँदै त्यो विषले दुश्मनलाई मार्छ भन्नु जस्तै हो ।"
  • "म कहिल्यै पनि व्यक्तिगत उपहारको वास्ता गर्दिन । कुनै पनि व्यक्तिले उपहार जित्नका लागि लडाईं लडेको हुँदैन ।"
  • "विजेता त्यो स्वप्नद्रष्टा हो जसले आफ्नो काम कहिल्यै पनि छोड्दैन ।"
  • "भाषा बिना हामी अरुलाई चिन्न पनि सक्दैनौं र अरुसँग बोल्न पनि सक्दैनौं; कसैको आशा, इच्छा, काव्य र गीत बुझ्नका लागि भाषा नै चाहिन्छ ।"
  • "तिम्रो विजयले भन्छ कि संसारमा कहीं पनि कुनै पनि व्यक्तिले यो संसारलाई राम्रोबाट नराम्रोमा परिणत गर्न सक्दैन ।"
  • "अरुलाई अगाडि राखेर आफु पछाडि बसेर नेतृत्व गर्नु धेरै राम्रो हो । विशेष गरी तिमी विजयोत्सव मनाउँछौ । खतरा भएको समयमा तिमी अगाडि आएर बस । तब मात्र जनताले तिम्रो कदर गर्छन् ।"
  • "मैले त यो कल्पना सम्म पनि गर्न सक्दिन कि मैले आफ्नो पहिलेको जिन्दगीलाई आफ्नो पहिलेका दिनसँग तुलना गर्ने समय पछाडि नै छोडेर आइसकेछु ।"
  • "स्वतन्त्रता व्यक्ति – व्यक्ति बीच हुनुपर्छ । जहाँ सबैले मलाई चिन्न सकुन् र मैले पनि सबैलाई चिन्न सकुँ ।"
  • "उसले थाहा पायो कि कहाँ सम्झौता गर्नु छ । तर पनि उसले आफ्ना सिद्धान्तहरु माथि कहिल्यै सम्झौता गरेन । ऊ एउटा योद्धा थियो । योद्धालाई योजना, विपत्ती र समस्याको समाधान सबैका बारेमा थाहा हुन्छ ।"

नेल्सन मण्डेला क्रमसंख्या अनुसारका मितिहरु

यो समयरेखा ऐतिहासिक व्यक्तिको जीवनमा घटेका ऐतिहासिक घटना र समयलाई सूचित गराउनका लागि यहाँ प्रस्तुत गरिएको छ । महत्त्वपूर्ण मितिहरुले छिटो छरितो तरिकाले क्रमैसँग इतिहासमा भएका महत्त्वपूर्ण घटनाहरुलाई सम्झिन निकै सजिलो बनाउँछ । यहाँ स्वतन्त्रताका अग्रदुत नेल्सन मण्डेलाको जीवनकाल र उनको जीवनमा घटेका घटना, सम्बन्ध लगायतका मुख्य – मुख्य पलहरुलाई समेट्ने कोसिस गरिएको छ ।

नेल्सन मण्डेलाको छोटो व्यक्तिगत विवरण : जन्म : १८ जुलाई, सन १९१८ जन्मस्थान : दक्षिण अफ्रिकाको पूर्वी किनार अभिभावक : आमा : नोसेकेनी फ्यानी बुबा : गाद्ला हेनरी म्फाकानिस्वा


  • सन् १९१८

जुलाई १८ का दिन रोलिह्लाह्ला दालिभुङ्गा मण्डेलाको मादिबा जातीको सदस्यको रुपमा भयो । अफ्रिकी आदिवासीहरुमा "रोलिह्लाह्ला" भन्नाले "दु:ख दिने" भन्ने बुझिन्छ । उनले "नेल्सन" भन्ने अंग्रेजी नाम भने स्कूलमा पढाउने शिक्षिकाले दिएकी हुन् ।

  • सन् १९१९

गोरा सरकारले उनका पितालाई आफ्नै जग्गा र पैसाबाट अधिकारहीन गरायो । उनका पिताको मृत्यु समेत यही वर्ष भयो । थेम्बु जातीका प्रमुख, जोगिन्तबा डालिन्डेबो उनका अभिभावक बने र उनलाई राम्रो सिक्षा दिने बाचा गरे ।

  • सन् १९३७

फोर्ट – बिफोर्टको वेस्लेयान कलेजमा पढ्नका लागि हिल्डटाउन पुगे । फोर्ट हेर युनिभर्सिटीबाट आर्ट्समा स्नातक गरे र ओलिभर ट्याम्बोसँग बाँचुञ्जेलको साथी बने ।

  • सन् १९३९

युनिभर्सिटीका नीति नियमहरुको विरोधमा राजनीतिक कृयाकलापमा संलग्न भएको आरोपमा युनिभर्सिटीबाट निकाला । भागेर जोहानेसबर्ग गएर विवाह गरे । त्यसपछि, सरकारको रंगभेदी व्यवहारसँग नजिक भए । यतिसम्म कि आफ्नै जग्गामा आफु ढुक्क भएर हिंड्न नसक्ने स्थिति बुझे । खानीमा सुरक्षाकर्मीको काम गरे । ल फर्ममा कलर्कको काम गरे । युनिभर्सिटी अफ साउथ अफ्रिकाबाट डिग्री हासिल गरे । अलेक्जेण्ड्रा बस्दा युनिभर्सिटी हफ विटवाटर्सरान्डमा कानुन पढ्न थाले ।

  • सन् १९४३

कार्यकर्ताका रुपमा अफ्रिकन नेशनल कंग्रेसमा आबद्ध भए ।

  • सन् १९४४

ओलिभर ट्याम्बो र वाल्टर सिसुलुसँग मिलेर एएनसीको युथ लिग गठन गरे । पहिलो विवाह एभ्लिन न्तोको मेससँग गरे । तीन सन्तान भए, तर १९५७ मा सम्बन्ध विच्छेद भयो ।

  • सन् १९४८

दक्षिण अफ्रिकी सरकारले जातीय विभेद र रंगभेदको प्रक्रियालाई अघि सार्दै काला अफ्रिकीहरुको स्वतन्त्रता माथि अझ बढी सीमांकन गर्न थाल्यो ।

  • सन् १९५२

ओलिभर ट्याम्बोको नेतृत्वमा दक्षिण अफ्रिकामा पहिलो कानुनी फर्म खोलियो । जसले कानुनी पहुँच नभएका थुप्रै कालाहरुलाई कम खर्चमा वा सित्तैंमा समेत कानुनी परामर्श दिन थाल्यो । मण्डेला एएनसीको १९५२ को चुनौती कार्यवाहीका प्रमुख बने ।

  • सन् १९५५

रंगभेद विरोधी कार्यका लागि एवं बराबर हकका लागि गठित जनसभामा स्वतन्त्रताको सनद भयो ।

  • सन् १९५६

दिसेम्बर ५ मा राजनीतिक तवरबाट हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा मण्डेला लगायतका १५५ कार्यकर्तालाई कडा सजायँ दिइयो । यो सजायँ १९५६ देखि १९६१ सम्म कायम रह्यो ।

  • सन् १९५७

प्रथम श्रीमतिसँगको सम्बन्ध १३ औं वर्षमा पुगेर अन्त्य भयो ।

  • सन् १९५८

समाज सेवी नोम्जामो "विन्नी" मादिकिजेला सँग दोस्रो विवाह भयो । जसबाट दुई सन्तान भए । यो सम्बन्ध पनि १९९६ मा आएर टुंगियो । उनीहरु १९९२ देखि ने छुट्टिएर बस्न थालिसकेका थिए ।

  • सन् १९५९

संसदले जातीय विभेदका आधारमा नयाँ नियमहरु लागू गरिदियो । जस अनुसार कालाहरुको समुह छुट्टिएर बस्नुपर्ने भयो । एएनसीले आर्थिक तथा बौद्धिक मन्दी भोग्नुपर्ने भयो । एएनसीका सदस्यहरु पोत्लाको लेबालो र रबर्ट सोबुक्वे मिलेर प्यान अफ्रिकानिस्ट कंग्रेस खोलेर बसे ।

  • सन् १९६०

शार्पभिल हत्याकाण्ड भयो । जहाँ प्रहरीले ६९ जना शान्तिवादी प्रदर्शनकारीहरुको हत्या गरिदियो र एएनसी माथि प्रतिबन्ध लगाइयो । मण्डेला हराए र सैन्य क्षेत्रमा भुमिगत नै भए ।

  • सन् १९६१

एएनसीका नेताहरुलाई गुरिल्लाको संज्ञा दिन थालियो ।

  • सन् १९६२

अगस्त ५ मा सत्र महिना भागेपछि पक्राउ गरेर जोहानेसबर्ग जेलमा राखियो । मण्डेलालाओ अरु ५ वर्षका लागि फेरि जेल सजायँ तोकियो । तर उनी फेरि भाग्न सफल भए ।

  • सन् १९६४

जुन १२ मा फेरि समातेर आजिवन कारावासको सजायँ सुनाइयो जब उनी ४८ वर्षका थिए । त्यसपछि उनलाई १८ वर्षसम्म रबेन टापुको जेलमा राखियो ।

  • सन् १९६५

रोडेसियाले स्वतन्त्रता प्राप्त गर्यो र नयाँ सरकारमा गोराहरुको मात्र बाहुल्यता रह्यो ।

  • सन् १९६८

आमाको मृत्यु भयो र जेठो छोराको पनि कार दुर्घटनामा मृत्यु भयो । तर उनलाई आफ्नो परिवारसँग भेट्न समेत दिइएन ।

  • सन् १९७४

रोडेसिया माथि रंगभेदको नीतिलाई लिएर संयुक्त राष्ट्रसंघको दवाब बढ्यो ।

  • सन् १९७६

सोवेटो र शार्पभिलको प्रदर्शनमा ६०० भन्दा बढी विद्यार्थि मारिए ।

  • सन् १९७७

प्रदर्शनकारीका नेता स्टीभ बिकोलाई प्रहरी हिरासतमा मारियो ।

  • सन् १९८०

ओलिभर ट्याम्बोले जिम्बाब्वेको स्वतन्त्रताका पक्षमा एक अन्तर्राष्ट्रिय कार्यवाहीको आयोजना गरे ।

  • सन् १९८३

सरकारले किसानहरुलाई कालाहरुबाट सुरक्षित रहने आदेश जारी राख्यो ।

  • सन् १९८४

सरकारले भिडन्तमा मारिने तथा अन्य गैरकानुनी कार्यमा संलग्न कालाहरुको संख्या सार्वजनिक गर्न थाल्यो ।

  • सन् १९८६

ठुलो ऋणको साथमा दक्षिण अफ्रिकाका जनता माथि जरिवाना लगाइयो ।

  • सन् १९८८

एम्नेस्टीले सरकारको नियम विरोधीहरु भन्दै १२२ जनालाई आत्मसमर्पणको लागि आव्हान गर्यो ।

  • सन् १९९०

११ फेब्रुअरीमा २७ वर्षे जेलजीवनबाट नेल्सन मण्डेलालाई मुक्त गरियो । अध्यक्ष डी क्लर्कले मण्डेलाको पार्टी "अफ्रिकन नेशनल कंग्रेस" माथि लगाइएका प्रतिबन्धहरुबाट फुकुवा गराए । एएनसी र गोराहरुको नेश्नल पार्टीले दक्षिण अफ्रिकामा बहुजातीय प्रजातन्त्र स्थापना गर्ने सम्बन्धमा वार्ता सुरु गर्यो ।

  • सन् १९९१

अफ्रिकन नेशनल कंग्रेसका अध्यक्ष भए । अन्तर्राष्ट्रिय ओलम्पिक समितिले दक्षिण अफ्रिका माथि लगाएको प्रतिबन्ध २१ वर्ष पछि फुकुवा गर्यो ।

  • सन् १९९२

अप्रिलमा विन्नी मण्डेलासँग छुट्टिएर बस्न थाले ।

  • सन् १९९३

मार्चमा विन्नी मण्डेलासँग पारपाचुके भयो । नेल्सन मण्डेला र डी क्लार्कलाई संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार प्रदान गरियो ।

  • सन् १९९४

२६ अप्रिलमा स्वतन्त्र महाचुनाव भयो जहाँ अश्वेत अफ्रिकीहरुले समेत पहिलोपटक सहभागी हुन पाए । नेल्सन मण्डेलाले राष्ट्रपतिका लागि लडेका थिए, जहाँ राष्ट्रिय सभाको ४०० सीट मध्ये २५२ सीट ले चुनाव जीते । मे मा दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपतिका रुपमा सार्वजनिक भए । डी क्लर्क उपराष्ट्रपति भए र दक्षिण अफ्रिकामा पहिलोपटक जातीयताका आधारमा राष्ट्रिय एकताको संयुक्त सरकार चल्यो ।

  • सन् १९९५

दक्षिण अफ्रिकाले रग्बी विश्वकपको आयोजना गरेको थियो जहाँ आयोजक राष्ट्र दक्षिण अफ्रिकाले खेल जित्यो । मण्डेलाले "स्प्रिङबक" टी-सर्ट लगाएरै अफ्रिकी कप्तान "फ्रान्सियस पीनार" लाई ट्रफी प्रदान गरे । मण्डेलाको यो प्रस्तुतिले गोरा र काला अफ्रिकीहरु बीचको आपसी मेलमिलापका लागि गहन भूमिका खेल्यो ।

  • सन् १९९८

आफ्नो ८० औं जन्मदिनका दिन मोजाम्बिकका पूर्व अध्यक्षकी विधवा, ग्रासिया म्याकेलसँग विवाह गरे । क्यानडाको भ्रमण सकाए ।

  • सन् १९९९

थाबो म्बेकीको लागि एएनसीको अध्यक्षताबाट राजिनामा दिएर छाडे । थाबो १९९७ मा एएनसीको अध्यक्ष पदका लागि निर्वाचित भएका थिए । संसारका सर्वमान्य, दक्ष एवं निपुण राजनीतिक व्यक्तित्वका रुपमा संसारको भ्रमण ।

  • सन् २०००

बुरुण्डीको गृहयुद्ध मध्यस्थकर्ताका रुपमा नियुक्ति प्राप्त गरे ।

  • सन् २००१

अण्डकोशको क्यान्सरबाट पीडित भएर उक्त समस्याको उपचारमा जुटे । क्यानडाको मानार्थ नागरिकता प्राप्त ।

  • सन् २००३

जर्ज डब्लु. बुशको विदेश नीतिबाट पीडित भए । यसै वर्ष उनले ४६६६४ एड्स फण्ड राईजिङ क्याम्पेन आयोजना गरे । यो अभियानको नाम जेलभित्र बस्दाको आफ्नो कैदी नम्बरबाट राखेका थिए ।

  • सन् २००४

जुनमा नेल्सन मण्डेलाले ८५ वर्षको उमेरमा सार्वजनिक जीवनबाट अवकाश लिए । जुलाईमा १५ औं अन्तर्राष्ट्रिय एड्स सम्मेलनमा भाग लिनका लागि बैंकक पुगे । २३ जुलाईमा जोहानेस्बर्गले मण्डेलालाई फ्रिडम अफ द सिटी भनेर सम्मान गर्यो ।

  • सन् २००५

जनवरी ६ का दिन उनका छोरा म्याक्गाथो मण्डेलाको एड्सबाट निधन भयो ।

  • सन् २०१३

डिसेम्बर ५ को उनको देहावसान भयो र उनको अन्तिम संस्कार १५ डिसेम्बरमा गरिएको थियो ।

नेल्सन मण्डेलाका ऐतिहासिक समयरेखा

कसैको पनि ऐतिहासिक समयरेखाले उनीहरुको जीवनको वास्तविकता बताउने गर्छ । प्रसिद्ध व्यकतित्त्वहरुका जीवनमा यस्ता घटनाहरुले प्रमुख भुमिका पनि खेलेका हुन्छन् । नेल्सन मण्डेलाको जीवन पनि एक त्यस्तै जीवन हो, जहाँबाट हामीले इतिहासका धेरै पक्षहरुसँग नजिक रहने मौका पाउन सक्छौं । उनले संसारको इतिहासमा परिवर्तनका लागि अहम् भूमिका खेलेका छन् भन्ने बारेमा त हामीलाई थाहै छ । तर कस्ता दिनहरु उनका जीवनमा थिए भन्ने जस्ता वास्तविकतासँग नजिक बन्न सकियो भने अझै उनको जीवनी अध्ययन गर्नुको सार्थकता रहन्छ होला । मण्डेलाका जीवनमा भए घटेका घटनाहरु नै उनको परिचय बुझ्नका लागि पर्याप्त छन् । ती घटनाहरु घट्ने क्रममा कहिले के – कस्ता स्थितिहरुको सामना उनले गरेका छन् भन्ने बारेमा जान्ने उत्सुकता पनि हामीमा हुन सक्छ । त्यसो त कुनै पनि व्यक्तिलाई नजिकबाट चिन्नु वा बुझ्नु छ भने उनको जीवनकालमा घटेका विभिन्न घटनाहरुलाई नै लिने गरिन्छ । त्यहाँ जन्म देखि मृत्युसम्मको समय अवधिमा उनले गरेका उल्लेख्य काम तथा त्यो समयमा घटेका घटनाहरु नै प्रमुख रहने गर्छन् । जहाँबाट हामीले छिट्टै नै त्यस्ता व्यक्तिका बारेमा बुझ्ने अवसर प्राप्त गर्छौं । कोही किन त्यसै विश्वप्रसिद्ध भयो र के त्यस्तो काम उसले गर्यो भन्ने बारेमा बुझ्ने उत्सुकता सबैमा हुने गर्छ । नेल्सन मण्डेलाको जीवन पनि त्यस्तै खोजेर अध्ययन गर्नेहरुका लागि त्यन्तै रोचक एवं फलदायी समेत हुन सक्छ । यहाँ सबैभन्दा पहिला त उनको बारेमा छिटो जानकारी दिने, ठिक्कको व्यक्तिगत विवरण दिने र उनले गरेका कामहरुका बारेमा जानकारी दिने कोसिस गरिएको छ । जुन सामयिकताका आदारमा निकै नै सान्दर्भिक हुनेछ जस्तो लाग्छ । संसारका जति पनि व्यक्तिहरु छन्, तिनका बारेमा पनि यसै गरी नै सबै पक्षहरुलाई समेटेर जिवनी तयार गर्ने क्रम जारी नै छ । यस्ता ऐतिहासिक व्यक्तिहरुको जीवनी पढेर नयाँ पुस्तामा नयाँ उर्जा थप्ने काम पनि गरेको छ । आजको दिनमा नेल्सन मण्डेलालाई नचिन्ने शायदै कोही होलान् । तर पनि कसैसँग उनको बारेमा झ्वाट्ट भनिहाल्नका लागि पनि केही नभएको स्थिति भेट्टाउन सकिन्छ । कुनै एक व्यक्तिका बारेमा सबै कुरा समेटेर वास्तविक तथ्यका धारमा कुनै जानकारीहरु जम्मा गरेर कुनै पुस्तक तयार पारिन्छ भने त्यो पुस्तकले पक्कै पनि इच्छुक सबैलाई सहयोग अवश्य नै गर्नेछ । त्यसैले यहाँ नेल्सन मण्डेलाका बारेमा सबै वास्तविक जानकारीहरु संकलन गरेर प्रस्तुत गरिएको छ । जसलाई निम्नानुसार सूचिकृत गर्न सकिन्छ ।

नेल्सन मण्डेला समयरेखा

  • नेल्सन मण्डेलाको जीवनका रोचक विषयवस्तुहरु प्रस्तुत गरिएको छ । जीवनी, मुख्य नामहरु, मुख्य दिनहरु, मुख्य व्यक्तिहरु जो नेल्सन मण्डेलासँग नजिक थिए तिनलाई समेटिएको छ । मण्डेलाको ऐतिहासिक जीवनीबाट लिईएका रोचक तथा महत्त्वपूर्ण तथ्य तथा जानकारीहरुलाई समेटिएको छ । एउटा पूर्ण जीवनीलाई नै समयक्रम अनुसार प्रस्तुत गरिएको छ ।

पृष्ठभूमि: अहिलेको दक्षिण अफ्रिका भएको स्थानमा सन् १६०० देखि नै आदिवासी अफ्रिकीहरुले बस्ती बसाएका थिए । १६५२ मा युरोपियनहरुको अनधिकृत प्रवेशले केही हल्लाखल्ला भएको थियो, जब डचहरुले दक्षिण – पश्चिम अफ्रिकामा बस्ती बसाउने काम थाले । १७९५ को बेलायतीहरुको अधिनायकत्वले युरोपियन किसानहरुमा द्वन्द्व पैदा गरिदियो । जुन द्वन्द्वले १८९९ देखि १९०२ सम्म बोयर युद्ध समेत गरायो । बेलायतीहरुले जिते पनि राज्यसत्ता भने दक्षिण अफ्रिकीहरुको अधीनमा रह्यो । सन् १९१० को मे ३१ मा दक्षिण अफ्रिकाको युनियन स्थापित भएपछि अश्वेत दक्षिण अफ्रिकीहरुले पूर्ण रुपमा चुनावमा भाग लिन नपाउने देखि अन्य थुप्रै कुराहरुमा क्रमिक रुपमा उनीहरु प्रतिबन्धित हुँदै जान थाले र विभेदिकरणमा पनि तीब्रता आउन थाल्यो । १९४८ मा नेशनल पार्टीले सबै श्वेतहरुको चुनाव जितेपछि नयाँ नियमको परिचय गरायो । त्यो भनेको "रंगभेद" थियो । जसले पूर्ण रुपमा जातलाई नै छुट्ट्याउने काम गरिदियो । कालाहरु भने कडा प्रतिरोध गर्दै रंगभेदको विपक्षमा उत्रिएका थिए । तर पनि नेशनल पार्टी भने १९९४ सम्मै शासनमा रह्यो । जब मण्डेला नौ वर्षका थिए, तब उनका पिताको देहान्त भयो । मण्डेलाका काका उनको जातीको सबैभन्दा माथिका रहे र मण्डेलाका अभिभावक पनि । आफ्नो परिवारबाट स्कूल जाने पहिला व्यक्ति भनेको मण्डेला नै थिए । सात वर्डको उमेरमा स्कूल भर्ना भएका मण्डेलालाई स्कूलमै दिइएको नाम हो नेल्सन । स्कूल, स्कूलबाट बिस्तारै कलेज हुँदै कलेजका साथीहरुसँग मिलेर उनले राजनीति प्रवेश गरे । ब्रिटिश हेल्डटाउन कलेजमा नै उनले अफ्रिकन नेशनल कंग्रेसका बारेमा पहिलोपटक सुने । म्याट्रिक पढ्ने क्रममा फोर्ट हेरको अफ्रिकन नेटिभ कलेजबाट उनले आर्टस्मा स्नातक तहको अध्ययन शुरु गरे । तर क्याम्पस विरोधी राजनितिक गतिविधिमा संलग्न भएको आरोपमा ओलिभर ट्याम्बोसँगै उनलाई पनि क्याम्पसबाट निकालियो । जब उनी २३ वर्षका थिए, तब उनी व्यवस्थित विवाहलाई नकार्नका लागि जोहानेस्बर्गको सोवेटो पुगे । सुनखानीमा रातको समयमा सुरक्षाकर्मीका रुपमा समेत काम गरे । बी.ए. सम्मको पढाई सकाएपछि क्लर्क बन्ने मौका पाए र कानुनमा डिग्री पढ्नका लागि दक्षिण हफ्रिका विश्वविद्यालयमा भर्ना भए ।

  • १९४१ मा मण्डेलाको भेट वाल्टर सिसुलुसँग भयो । जो एएनसीका सक्रिय सदस्य थिए । उनले मण्डेलालाई जोहानेस्बर्गमा मण्डेलाको कामको लागो वकीलसँग कुरा गरिदिए । त्यो काम गर्दा – गर्दै मण्डेलाको कानुन विषयको डिग्री पनि सकियो र सिसुलुसँग मण्डेलाको गहिरो मित्रता कायम भयो ।
  • १९४४ मा मण्डेलाले एएनसी प्रवेश गरे । ट्याम्बो र सिसुलुसँगै प्रवेश गरेका मण्डेलाले एएनसी युथ लिग स्तापना गर्नका लागि धेरै सहयोग गरे । त्यही वर्ष मण्डेलाको पहिलो विवाह भयो, एभलिन मेससँग, जो नर्सिङको विद्यार्थी थिइन् । उनीहरुका दी छोरा र दुई छोरीमा पहिलो छोरीको १९४८ मानौ महिनामै मृत्यु भयो भने जेठो छोराको १९६९ मा कार दुर्घटनामा मृत्यु भयो ।
  • १९४७ मा एएनसी युथ लिकका सचिवका लागि मण्डेला चुनिए ।
  • १९४८ मा नेशनल पार्टीले गोराहरुको समर्थनमा भोट हाल्यो । रंगभेदको परिचय गराउनुका साथै पूर्णरुपमा जातीय विभेदको शुरुवात गर्यो । दक्षिण अफ्रिकीहरु सबैलाई कानुनी रुपमै विभेद गरियो । गोरा, अफ्रिकन र एसियन भनेर समेत छुट्ट्याइयो । शौचालय, पार्क र समुद्री तट जस्ता सार्वजनिक क्षेत्रहरुमा समेत जातीय विभेदको चकचकी चल्न थाल्यो । देशभर नै संकेतको आधारमा विभेदिकरणको बारेमा बुझाउन थालियो । गोरा दक्षिण अफ्रिकीहरुले मात्र पूर्ण रुपमा चुनावी अधिकार प्राप्त गरे ।
  • कालाहरुमा संसदीय अधिकार पनि रहेन । उनीहरुलाई राज्यले जति तोकेको छ, त्यो भन्दा बाहिर नजान समेत सरकारले आदेश जारी गरिदियो । मिश्रित विवाहलाई निषेध गरियो । कालाहरुको ट्रेड युनियन खारेज गरियो । शिक्षामा पनि विभेद नै गरियो । रंग र जातका आधारमा विश्वविद्यालयहरु नै फरक बनाइयो । कामको सुविधा पनि गोराहरुलाई मात्र केन्द्रित गरेर छुट्ट्याइयो । पास बिनाको यात्रा गर्न अनुमति दिइएन । प्रहरी परिचालन वृहत् गरियो । जसलाई समातियो उनीहरु निर्दोष प्रमाणित नभइञ्जेलसम्मका लागि समेत सजायँका भागीदार बने । कम्युनिज्म एक्ट १९५० लागू गरियो । जसले प्रहरीलाई रंगभेदका आधारमा विपक्षीहरुलाई तुरुन्तै समात्ने भन्ने बुझायो । विपक्षीहरु प्रतिबन्धित हुने, निकै लामो समयसम्म सार्वजनिक स्थानमा जान नपाउने भनेर राष्ट्रिय प्रशासन एक्ट १९५६ लागू गरियो । जसले गाउँका आशंकित काला अफ्रिकीहरुलाई देश निकाला समेत गर्न पाउने भयो ।
  • १९५० को दशकमा वार्षिक रुपमा पँच लाख भन्दा बढी समातिन्थे, छ सय भन्दा बढी कम्युनिस्टका सूचीमा पर्थे, तीन सय पचासका हाराहारी प्रतिबन्धित हुन्थे र एक सय पचास भन्दा बढी देश निकालामा पर्थे ।
  • १९४९ को दिसेम्बरमा युथ लिगको "प्रोग्राम अफ एक्सन" मा समानताको हकको बयान गर्दै सबै अफ्रिकनहरु समान हुनु जरुरी छ भन्ने अभियानमा पनि एएनसीको संलग्नता रह्यो । मण्डेलाले नेशनल पार्टीलाई इंगित गर्दै भनेका थिए – "सुकिलो लुगा लगाउँदैमा कोही राम्रो हुँदैन । बाहिर जति नै सफा देखिए पनि भित्रबाट तिनीहरु फोहोरी राक्षस जस्तै हुन्छन् । त्यसैले मलाई तिनको विश्वास छैन र तिनीहरुसँग लड्दैछु ।" पूर्ण नागरिकको हक र संसदमा प्रत्यक्ष सहभागिताको हक सहित थुप्रै विषयलाई लिएर मण्डेला त्यो समयमा अगाडि बढेका थिए ।
  • १९५० देखि शुरु भएको मण्डेलाको विरोध अभियान, १९५२ को जुन सम्ममा पुग्दा थुप्रै समर्थकका साथमा निकै ठुलो रुप पनि लिई सकेको थियो । उनीसँग दक्षिण अफ्रिकाको जनसागरै उर्लेको जस्तै भएको थियो । सरकारले अभियानका नेतासहित करीब आठ हजार पाँच सय भन्दा बढी मान्छेहरुलाई समात्ने काम गर्यो । जसमा मण्डेला पनि परेका थिए । शान्तिपूर्ण आन्दोलन गरेकामा कडा सजायँ त भएन त्यो समयमा । तर मण्डेलालाई विभिन्न कुरामा प्रतिबन्ध लगाइयो । भेलाहरु गर्न नसकुन भन्नका लागि मण्डेलालाई ६ महिनाका लागि जोहानेस्बर्गमा लगेर राखियो । मण्डेला र ट्याम्बो मिलेर कालाहरुको न्यायका लागि पहिलो कानुनी फर्म खोले । जहाँबाट उनीहरुले उत्पीडित कालाहरुलाई न्यायिक तथा उचित कानुनी परामर्श दिने कार्यको थालनी पनि गरे । यो अभियान चल्दा चल्दै सात हजार बाट सुरु भएको एएनसीको सदस्यसंख्या एक वर्षमै एक लाख भन्दा बढी भयो । विभिन्न कुरामाथिको प्रतिबन्धले गर्दा १९५३ मा मण्डेलाले औपचारिक रुपमा एएनसीबाट राजिनामा दिएर भूमिगत भएर काम गर्न थाले ।
  • १९५५ मा एएनसीले स्वतन्त्र अधिकारपत्र लेख्यो । जसमा दक्षिण अफ्रिकाका अधिकारहीन सम्पूर्ण कालाहरुप्रति पनि अरुलाई गरेको बराबर व्यवहार गर्नको लागि दवाब दिइएको थियो । २५ र २६ जुनमा सोवेटो नजिकै भएको जनसम्मेलनमा राखिएको यो अधिकारपत्रका मागहरुले उचित न्याय नपाएसम्मै उनीहरुको विरोध जारी रहने एएनसीले बतायो ।
  • १९५६ मा मण्डेला, ट्याम्बो र सिसुलु लगायत अन्य १५३ जनालाई गिरफतार गरियो र सरकार विरोधी क्रियाकलापको बारेमा अनुसन्धानात्मक केरकार गरियो । एएनसीको एउटै बलियो पक्ष भनेको, उनीहरुले हत्या हिंसालाई रोजेका थिएनन् ।
  • १९५७ मा मण्डेलाले समाजसेवी विन्नीलाई भेटे । पहिलो पत्नीसँग पारपाचुके भएपछि १९५८ मा विन्नीसँग दोस्रो विवाह गरे । उनीहरुका दुई छोरी छन् ।
  • १९५९ मा एएनसी राष्ट्रिय स्तरको पार्टी प्यान अफ्रिकन कंग्रेस (प्याक) बाट छुट्टियो । पहिले एएनसी प्याकको भ्रातृसंगठन थियो । प्याकले रंगभेदी सरकारको बिरुद्धमा खुलेरै प्रतिक्रिया जनाउँथ्यो ।
  • १९६० को दशकमा गोरा सरकारले जनतालाई घरबारबिहीन बनाउने कार्य शुरु गर्यो र १९८० सम्ममा ३५ लाख भन्दा बढीलाई हटाएर छाड्यो ।
  • १९६० कै दशकमा थुप्रै घटनाहरु घटेका कारणले गर्दा पनि त्यो समय अत्यन्तै दर्दनाक स्थितिमा गुजार्नुपरेको थियो दक्षिण अफ्रिकिहरुले । २१ मार्चमा जोहानेसबर्गको शारपभिल हत्याकाण्डमा उनान्सत्तरी काला अफ्रिकनहरु मारिए र साथमा एक सय छयासी काला अफ्रिकनहरु घाइते भए । एएनसीका नेताहरु खुलेआम बाहिर निस्केर हिंड्न थाले । उनीहरुको प्रदर्शनमाथि सरकारले कडा निगरानी राख्दै अठार हजार भन्दा बढी प्रदर्शनकारी तथा एएनसी र प्याकका नेताहरुलाई गिरफ्तार गरियो । साथमा दुईटै राजनीतिक संस्थालाई प्रतिबन्धित गराइयो । एएनसी र मण्डेला भूमिगत भए । १९६१ मा ब्रिटिस कमन वेल्थले दक्षिण अफ्रिकालाई रंगभेदी क्रियाकलापको विरुद्धमा लागेको भन्दै दक्षिण अफ्रिकालाई बहिस्कार गर्यो । ३१ मे मा गोराहरुको अधिपत्यमा दक्षिण अफ्रिकालाई गणतन्त्र घोषणा गरियो । मण्डेलाले त्यसको विरोधमा देशव्यापी आमहड्ताल गराए । सरकारले कडा भन्दा कडा नियमहरु लागु गर्दै लग्यो । सैन्य परिचालन गर्यो । मण्डेलाले हिंसारहित आन्दोलन जारी नै राखे । "देश हिंसाले ग्रस्त भईरहेको समयमा अफ्रिकन नेताहरुले शान्तिपूर्ण आन्दोलनमा उत्रेर सरकारको दवाबमा नरहने काम गरौं ।" उनले भने ।"मेरो दिमागमा आएको विचार भनेको केही जित्नका लागि थिएन, बरु हामी जे गरिरहेका थियौं त्यो कामले संसारभर हाम्रो माग गर्नेछ ।"
  • १९६२ को जनवरीमा मण्डेलाले अल्जेरियाको स्वतन्त्रता सम्मेलनमा भाग लिन जानका लागि गैरकानुनी रुपमा देश छाडे । अल्जेरियाबाट उम्खोन्तोका सदस्यहरुमा सैनिक तालिम दिलाउने उनको सोच थियो । जसबाट अफ्रिका राज्यले लगानी पनि गर्ने पक्का थियो । सैनिक तालिम आफैंले सुरु गरे र आर्थिक रुपमा सहयोग संकलन गर्दै पश्चिमा तथा सामाजिक राष्ट्रहरुमा समेत स्थान बनाउँदै गए । देश फर्किनासाथ फेरि पक्राउ परे र नोभेम्बर भित्रमा अपराधी घोषित गरेर कडा भन्दा कडा सजायँका साथ पाँच वर्षका लागि मण्डेलालाई जेल हालियो ।
  • १९६३ को जुलाईमा जेलमै रहँदा प्रहरीले एएनसीको रिभोनियास्थित गोप्य घरमा छापा हान्यो । थुप्रै सामानहरु बरामद पनि गर्यो । विभेदिकरणका विरुद्धमा विभिन्न समयमा, विभिन्न तरिकाबाट मण्डेलाले आफ्नो आन्दोलन जारी नै राखे । सरकारले उनी र उनको पार्टी एएनसी माथि कडीकडाउ गर्ने कार्य जारी नै राख्यो । यो स्थितिमा विभिन्न प्रक्रियागत कारवाहीमा मण्डेला र उनको पार्टी परी नै रह्यो ता पनि उनीहरु पछि हटेनन् जस्तो जे नै सहनु परे पनि सहेरै अगाडि बढीरहे र साथमा नयाँ भन्दा नयाँ तरिकाहरु समेत अपनाउँदै आफ्नो काममा लागीरहे । उनको एउटै इच्छा के थियो भने दक्षिण अफ्रिकी जनताले राम्रोसँग खान, लाउन, बाँच्न र पढ्नका साथै देशमै विभिन्न अवसर पाउनुपर्छ । र त्यसका लागि उनी जति समय लागे पनि लडि नै रहने उनले बताए । यो अफ्रिकी जनताको आफ्नो पीडा र आफ्नो अनुभवको संघर्ष हो । त्यसैले उनीहरुको हकमा पनि मैले यो कहिल्यै छाड्ने छैन भन्दै बारम्बार अफ्रिकी जनतालाई मण्डेला सम्बोधन गर्थे ।
  • १९६४ को जुन ११ मा मण्डेला र सिसुलु सहित आठ जनालाई कडा अपराधको आरोप सहित समातियो । सबैलाई आजीवन कारावासको सजायँ सुनाइयो । त्यसपछि रबेन टापुको जेलमा लगियो । केपटाउनबाट सात किलोमिटर पर । जेलका कैदीहरुलाई दुई वर्गमिटरको सानो कोठामा राखियो । जहाँ एउटा मात्रै झ्याल थियो, त्यो पनि अत्यन्तै सानो, तर बन्द । भुईंमा पराल ओछ्याएर सुतेका उनीहरुले बाल्टिनमा दिसा – पिसाब गर्ने गर्थे । चुन खानीमा काम गर्नुपर्ने भएकाले अत्यधिक चुनको धुलो र प्रकाशले गर्दा धेरैलाई आँखाको समस्याले सतायो । कडा प्रकाशका कारण मण्डेलाको आँखाको त शल्यक्रिया नै गर्नुपर्ने स्थिति समेत आयो । प्रत्येक ६ महिनामा केवल एक जनाले भेट्न मिल्ने व्यवस्था भएको उक्त जेलमा मण्डेलालाई भेट्न श्रीमति विन्नी जाने गर्थिन् । तर छोरीहरुलाई भने उनले १० वर्षसम्मै भेट्न पाएनन् । जेलभित्रै बसेर अध्ययन गरेका मण्डेलाले त्यहाँ पनि विविध राजनीतिक क्रियाकलापहरु गर्न थाले । विभिन्न विचारहरु साटासाट गर्न थाले । अन्तत: रबेन टापुको त्यो जेल रबेन टापु विश्वविद्यालयमा परिणत भयो । कालानतरमा त्यस विश्वविद्यालयको नाम परिवर्तन गरेर नेल्सन मण्डेला विश्वविद्यालय राखियो ।
  • १९७३ मा संयुक्त राष्ट्र संघले रंगभेद कार्यलाई मानवता विरुद्धको अपराध घोषित गर्यो ।
  • १९७५ को अक्टुबर २३ मा अमेरिकी राष्ट्रपति गेराल्ड फर्ड तथा राज्य – सचिव हेनरी किसिङगरले गर्दा दक्षिण अफ्रिकामा एंगोला पनि प्रवेश गर्यो । एंगोला पुनर्स्थापनाका क्रममा धेरै नै कठिनाई भएको थियो ।
  • १९७६ को जुन १६ देखि शुरु भएको सोवेटो क्रियाकलापका क्रममा हाईस्कूल विद्यार्थीहरु पनि आन्दोलनमा उत्रे । प्रहरी झडपका साथै अश्रु ग्याँसको पनि प्रचुर प्रयोग भयो । जहाँ सरकारी भवनहरु जलाइए । द्वनद्वकालमा देशलाई धेरै नै क्षति भयो । हिंसा बढ्दै जाँदा ५०० भन्दा बढीको ज्यान गयो, हजारौं गिरफ्तार गरिए, अन्य हजारौंलाई देशनिकाला समेत गरियो । जुन द्वन्द्वमा एएनसी पनि संलग्न थियो ।
  • १९७७ मा संयुक्त राष्ट्र संघले दक्षिण अफ्रिकामा सैन्य व्यापारको अनिवार्य बन्देज लगायो ।
  • १९८० मा रबर्ट मुगाबेको रंगभेद विरोधी सरकारको जिम्बाब्वेमा सत्ता हुँदा निकै कठिनताका साथ विपक्षीहरु पछाडि परे ।
  • १९८२ मा मण्डेला र सिसुलुलाई मैनल्याण्डको पोल्समोर जेलमा चलान गरियो ।
  • १९८३ मा युनाइटेड डेमोक्राटिक फ्रन्ट, जोसँग ६०० भन्दा बढी संस्थाहरु आबद्ध छन्, उसको दवाबमा सरकारले रंगभेदको अन्त्य गर्ने निर्णय लियो । बिशप देस्मण्ड टुटु प्रमुख प्रवक्ताका रुपमा अगाडि आए । १९८४ पछि फ्रन्टमा तीन मिल्लियन भन्दा बढीले सदस्यता लिईसकेका थिए ।
  • १९८४ मा नेशनल पार्टीले प्रमुख सरकारको सहमति बिनै नयाँ संविधानको घोषणा गर्यो । यद्यपि, उक्त संविधानले तीन फरक संसदको फैसला गर्यो । गोरा, एसियन र रंगीन । कालाहरु त्यहाँ पनि बहिष्कृत जस्तै बने । नागरिकताहीन बने । जुन कामले रंगभेदकै सरासर प्रतिनिधित्व गरिरहेको पाइयो ।
  • १९८५ मा द्वन्द्व र हिंसा अत्यधिक बढ्यो । राजनीतिक गतिविधिका कारण मारिनेको संख्या १९८४ मा १७४ थियो भने १९८५ मा त्यो बढेर ८७९ पुग्यो । चालीस वटा अमेरिकी कम्पनीहरु १९८४ मा दक्षिण अफ्रिकाबाट बाहिरिए । १९८५ मा अरु ८५ कम्पनी निस्के । महंगी बढेर जीवनस्तर घट्यो ।
  • १९८६ र १९८७ मा आन्दोलन अत्यधिक चर्किनाले दक्षिण अफ्रिका माथि लगानी गर्न कोही पनि तम्सेनन् । भएकाहरु पनि क्रमैसँग बाहिरिन थाले । दक्षिण अफ्रिकाका उत्पादनहरु पनि बाहिरिन छाडे । देशका विभिन्न सहरमा छापा लाग्न थाल्यो । राज्यपक्षले प्रहरी तथा सैन्य प्रशासनमा तिब्रता ल्यायो र अझै बढी कडिकडाउ हुन थाल्यो । सञ्चार तथा युडिएफ जस्ता संस्थाहरुलाई प्रतिबन्ध लगाइयो । फलस्वरुप राज्यपक्षको यो ज्यादतीका कारणले गर्दा संसारभर दक्षिण अफ्रिकाको सम्बन्ध कमजोर बन्न पुग्यो । विदेशि दातृ निकायहरुले आफ्ना बचेका रकमहरु पनि निकाल्न थाले । आर्थिक रुपमा अत्यन्तै चरम दुर्गति भोग्नुपर्यो ।
  • १९८८ मा नेल्सन मण्डेलालाई क्षयरोगको संकेत देखियो । त्यो समयमा उनलाई केपटाउनको ५० किलोमिटर उत्तरमा पर्ने पार्लस्थित भिक्टर भर्स्टर जेल लगिएको थियो ।
  • १९८९ को जुलाई ५ मा मण्डेला र बोथाका बीचमा गोप्य वार्ता भयो । बोथाले उनलाई स्वतन्त्रताको प्रस्ताव सुनाए । २० वर्षपछि मण्डेलाको लागि पहिलो सार्वजनिक सम्बोधन हुँदा पनि मण्डेला आफैंले मानेनन् । बोथाले राजिनामा दिएपछि उनको स्थानमा आएका क्लार्कले फेरि त्यही प्रस्ताव लिएर मण्डेलालाई भेटे । विभिन्न नीति नियम तथा आपसी सम्झौताका आधारमा मण्डेलाले स्वीकार गरे । त्यसपछि १९९० को फेब्रुअरी २ का दिन मण्डेला अब छिट्टै सार्वजनिक हुँदैछन् भनेर क्लार्कले उद्घोष गरे । मण्डेलासँगै उनको पार्टी र अन्य प्रतिबन्धित संघ – संस्थाहरु पनि स्वतन्त्र हुने भए ।
  • अन्तत: ११ फेब्रुअरी, १९९०, आइतबारका दिन, २७ वर्षको जेलजीवन पछि, ७१ वर्षको उमेरमा नेल्सन मण्डेला स्वतन्त्र भए । मण्डेला स्वतन्त्र भएपछि दक्षिण अफ्रिकामा स्वतन्त्रताको लहरै छायो । रंगभेदको अन्त्य भयो । काला अफ्रिकीहरुले सबै क्षेत्रमा अधिकार पाउन थाले । जातीयता, धार्मिकता तथा अन्य पक्षका आधारमा पनि दक्षिण अफ्रिकामा स्वतन्त्रता छायो ।
  • १९९१ को सम्झौताले निरन्तर रुपमा काम गर्दै गयो । १९९३ को अप्रिल देखि २५०० राजनीतिक बन्दीहरुलाई स्बवतन्त्र भए । जुन ५ मा सरकारले जातीयताका आधारमा कानुनलाई पनि सन्तुलित पार्दै लग्यो । १७ जुनसम्ममा सबै जात जातीका मान्छेहरुका लागि बराबर कानुन बन्यो । अन्तर्राष्ट्रिय समुदायबाट समेत शुभकामनाका साथै सहयोगका हातहरु बढ्न थाले । जुलाई ७ मा दक्षिण अफ्रिका भित्रै १९६० देखि प्रतिबन्धित पार्टी एएनसीको पहिलो आमसभा भयो । जहाँ नेल्सन मण्डेला अध्यक्ष, सिसुलु उपाध्यक्ष र ओलिभर ट्याम्बो राष्ट्रिय अध्यक्षका रुपमा रहेर सार्वजनिक भए । जुलाईमा मण्डेला क्युबा पुगे । जहाँ उनले राष्ट्रपनि फिडेल क्याष्ट्रोलाई व्यक्तिगत रुपमा रंगभेद अन्त्य गर्नका लागि सघाउ पुर्याएकामा धन्यवाद ज्ञापन गरे । क्युबाले १९७० र १९८० को दशकमा भएको युद्धमा ठुलो सहयोग गेरको थियो ।
  • १९९२ मा रंगभेदको अन्त्यको चौतर्फी स्वागत भयो । त्यही वर्ष श्रीमति विन्नीसँग पनि पारपाचुके गरे । ४०० राजनीतिक बन्दीहरुलाई मुक्त गरियो ।
  • १९९३ मा राष्ट्रिय एकताको सरकार गठन भयो । जस अनुसार दक्षिण अफ्रिकाकै पहिलो बहुजातीय प्रजातान्त्रिक चुनावको समय १९९४ को अप्रिललाई तोकियो । सबैमा कानुन र चुनावमा बराबरको हक प्रदान गरियो । साथै बासको पनि छानेर बस्न पाउने व्यवस्था गरियो । दिसेम्बरमा मण्डेला र डी क्लार्कलाई संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार प्रदान गरियो । सबैतर्फबाट मण्डेलाका कामहरुको भव्य प्रशंसा गरियो ।
  • १९९४ मा एएनसीले देशकै पहिलो बहुजातीय चुनाव जित्न सफल भयो । २६ अप्रिलमा सुरु भएको चार दिने चुनावमा ९१ % भोट संकलन भयो । जसमा एएनसीले ६३ % को बहुमतले सबैलाई जितेर अगाडि पुग्यो । ९ मे का दिन मण्डेलालाई प्रथम अश्वेत राष्ट्रपतिका रुपमा छानियो । जहाँ डी क्लार्क उपराष्ट्रपतिका रुपमा रहे । १० मे का दिन, दक्षिण अफ्रिकाको राजधानी प्रेटोरियामा मण्डेलालाई राष्ट्रपतिका रुपमा सार्वजनिक गरियो । उनले त्यहाँ पनि आफ्ना पुराना कुराहरुलाई छोडेनन् । उनले यही प्रतिबद्धता जाहेर गरे कि अब देशमा जातीयता र रंगभेदका कुरालाई लिएर कहिल्यै खलबली हुने छैन । काला, गोरा, अफ्रिकी, भारतीय, मुस्लिम, ईसाइ, कम्युनिष्ट लगायत जति पनि विभेद हुन सक्ने पक्षहरु छन् सबलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता मण्डेलाले जाहेर गरे ।
  • १९९४ को मे १० मा मानव अधिकार सम्बन्धी सम्झौता र आफ्नो कमाईको एक तिहाई बाल कोषमा राख्ने प्रतिबद्धता गरे । १९९६ को दिसेम्बर १० मा सबैलाई समेटिएको नयाँ संविधान र राष्ट्रिय एकताको सरकार गठन गरे ।
  • १९९७ मा मण्डेलाले एएनसीको अध्यक्ष पदबाट राजिनामा दिए । २२ र २३ अक्टुबरमा लिब्याको भ्रमणमा निस्के । त्यहाँ उनले लिब्यन नेता मुअम्मर गद्दाफीसँग भेटेर संयुक्त राष्ट्र संघको नियमका बारेमा छलफल गरे ।
  • १९९८ मा आफ्नो ८० औं जन्मदिनका दिनमा मण्डेलाले फेरि अर्को विवाह गरे । मोजाम्बिकन अध्यक्ष समोरा म्याकेलकी विधवा ग्रासा म्याकेलसँग । समोराको १९९८ भन्दा १२ वर्ष पहिले विमान दुर्घटनामा मृत्यु भएको थियो ।
  • १९९९ मा गद्दाफीलाई हात लिन मण्डेला बल्ल सफल भए । अप्रिल १९९९ मा मण्डेलाले गद्दाफीसँग दुई अपराधीहरु (मेग्राही र फिमाह) का लागि सम्झौता शुरु गरे । जसको नौ महिनापछि सन् २००१ को जनवरी ३१ का दिन निर्णय सुनाइयो । फिमाह दोषी ठहर भएनन् भने मेग्राहीलाई २७ वर्षको जेल सजायँ सुनाइयो, त्यो पनि स्कटिश जेल चलान गरियो । मेग्राहीको प्रारम्भिक अपील सन् २००२ को मार्चमा भयो र पूर्व राष्ट्रपति मण्डेला उनलाई भेट्नका लागि २००२ को जुन १० का दिन बर्लिन्नी जेल कारागार पुगे । त्यस लगत्तै मेग्राहीलाई एकान्त कारावासका लागि ग्रीनक जेल सरुवा गरियो । सन् २००९ मा मेग्राहीलाई क्यान्सरले समात्यो र उनी बाँच्ने समय जम्मा तीन महिना तोकियो । त्यसपछि उनलाई दयालु भावले स्वतन्त्र गरियो र लिब्या पठाइयो । नेल्सन मण्डेला फाउन्डेशनले मेग्राहीको स्वतन्त्रता प्रति समर्थन देखाउँदै मण्डेलाको तर्फबाट स्कटिश सरकारको नाममा एउटा चिठी पठायो । जुन २ मा बहुमतको साथमा एएनसीले आम चुनाव पनि जित्न सफल भयो । दिसेम्बरमा संयुक्त राष्ट्रसंघको सहयोगमा ६ वर्ष पुरानो बुरुन्डीको युद्धको पनि अन्त्य भयो ।
  • २००२ देखि मण्डेला एड्स विरोधी क्रियाकलापमा पनि संलग्न रहे । सरकारी तहबाटै यसको अन्त्य गरेर दक्षीण अफ्रिकालाई एड्समुक्त बनाउनका लागि लागी परे । ४६६६४ एच.आइ.भी. एड्स अवेरनेस कयाम्पेनको पनि आयोजना गरे ।
  • २००३ मा बुरुन्डीको युद्धलाई साम्य पार्ने काममा अझै ध्यान केन्द्रित गरेर अगाडि बढे । २००४ को मे मा प्रथम श्रीमती एभलिन मेसको मृत्यु भयो । २००५ मो जनवरी ६ मा छोरा म्याक्गाथो मण्डेलाको एड्सकै कारण मृत्यु भयो । त्यसपछि विभिन्न सामाजिक कार्यहरुमा पनि मण्डेला अलि बढी केन्द्रित रहेर काम गर्न थाले । दासप्रथा, रंगभेदप्रथा र गरीबी सबैको निवारणका लागि पनि मण्डेला लागी परे । त्यसपछिका दिनमा मण्डेलालाई संसारभरबाट विभिन्न समयमा विभिन्न प्रकारका सम्मानहरु प्राप्त हुन थाले । सन् २००७ मा आफ्नो जन्मदिनमा वृद्धहरुका लागि एउटा समुह खोले । जुन समुहमा सबै अनुभवी नैतिक र देशभक्त व्यक्तिहरुलाई सामेल गराए । प्रत्येक वर्ष फरक तरिकाले जन्मदिन मनाउने बानी परेका मण्डेलाले २००८ मा उनले भनेका छन् – "हामी मानव जातीको प्रगतिलाई हेरौं, कहीं सफल भएका छौं त कहीं विफल । हामी खुशी भएर, सफल भएर के भयो त अझै कति स्थानमा मान्छेहरु स्वतन्तर छैनन् । त्यहाव शान्ति छैन ।" उनको यो असन्तुष्टीले नै बताउँछ कि उनलाई अझै कति शान्ति र स्वतन्त्रता चाहिएको छ यो संसारमा भनेर । मण्डेलाकै आत्मवृत्तान्त "लङ वाक टु फ्रिडम" मा उनी लेख्छन् – "एउटा ठुलो पहाड चढेपछि लाग्छ भल्ल एउटा सकिएको रहेछ, अझै कति धेरै पहाड त चढ्नै बाँकी रहेछन् । मैले केही छिनका लागि मात्र हो सुस्ताउन पाउने । स्वतन्त्रता प्रतिका जिम्मेवारीहरुले मलाई कहाँ त्यसै थाकेर बस्न दिन्छन् र, मैले धेरै अल्झिनु हुँदैन, अहिल्यै मेरो त्यो लामो यात्रा कहाँ सकिएको छ र !"

स्वतन्त्रताका अग्रदुत नेल्सन मण्डेला

सन् २०१२ को जुलाई १८ का दिन ९४ वर्ष पुगेका नेल्सन मण्डेलाले जहिले पनि सामाजिक न्यायका लागि आफ्नो जीवनका महत्त्वपूर्ण पलहरु खर्चेका छन् । स्वतन्त्रताका लागि लडेका मण्डेलाको जीवनमा आधारित थुप्रै चलचित्र पनि बनेका छन् । साथै थुप्रै टेलिभिजन कार्यक्रमहरु पनि उनलाई केन्द्रित गरेर बनाईएका छन् । विभिन्न समयमा बनेका चलचित्र तथा टेलिभिजन कार्यक्रमहरुमा १९९७ को "मण्डेला एण्ड डी क्लार्क", २००७ को "गुड बाई बफाना", २००९ को "इन्भिक्टस" र बीबीसी टेलिभिजनको लागि तयार पारिएको सन् २००९ कै "मिसेस मण्डेला" प्रमुख रहेका छन् । सन् २००४ देखि हालसम्म अवकाश जीवन बिताईरहेका मण्डेलाले ८५ वर्षको उमेरमा २००४ मा भनेका थिए उनले सार्वजनिक जीवनबाट अवकाश लिनुको मुख्य कारण भनेकै उनको कम्जोर स्वास्थ्य स्थिति हो । त्यो समयमा उनले सबैका लागि भनेको एउटै वाक्य "मलाई नबोलाउनु, मै तिमीलाई बोलाउँछु ।" ले नै यो कुराको उद्घोष गरेको थियो । यद्यपि आफ्ना परिवार तथा नजिकका आफन्तसँग भेट्न भने उनले निरन्तरता दईरहेकै छन् ।

महात्मा गान्धीबाट निकै प्रभावित मण्डेलाले जति पनि कामहरु आफ्नो जीवनमा गरे, ती सबैमा महात्मा गान्धीको छापलाई प्रस्तुत गरे । जीवन भनेको संघर्ष हो र यसलाई जति सक्यो सरल रुपमै हामीले बाँच्न सक्नुपर्छ । हाम्रो जीवनमा हामीले गर्ने कामले कसैलाई पनि कुनै प्रकारको नराम्रो असर नपुगोस् । शान्ति, अहिंसा, मानवता सामाजिकतालाई अंगाल्दै हामीले सबलाई स्वतन्त्र जीवन बाँच्न दिनुपर्छ भन्ने महात्मा गान्धीको विचारलाई उनले सधैं अंगालेर आफ्नो अभियानमा अगाडि बढेका थिए । जुन गान्धीवादलाई पछ्याउँदै अगाडि बढेकाले उनलाई गान्धी पुरस्कारबाट समेत सम्मान गरिएको थियो ।

गान्धीका बारेमा सन् २००० को जनवरी ३ मा 'टाईम' म्यागेजिनमा मण्डेला आफैंले लेखेका छन् - "संसारले मान्नै पर्ने व्यक्तिमा गान्धी पर्छन् । मेरा नजिकका गुरुका रुपमा मैले उनलाई मान्दै आएको छु । गान्धीका पवित्र विचार तथा काम गर्ने तरिकाबाट म निकै प्रभावित भएको छु । साथमा उनलाई अझै पनि पढ्दैछु । जसरी गान्धीले नैतिकता, सामाजिकता र मानवतालाई नजिकबाट बुझेर आफ्ना कदमहरु चालेका छन् तिनलाई मैले त पछ्याउने कोसिस मात्रै गरेको हुँ । हुन सक्छ म कतै चुकेको हुँला उनले गरेको जस्तो गर्नका लागि । तर पनि आफ्नो तर्फबाट कुनै त्रुटि नहोस् भनेर ने आफ्नो काम गरेको छु । मेरो मुख्य लक्ष्य भनेको अफ्रिकीहरुलाई गोराहरुको साम्राज्यवाद र रंगभेदी क्रियाकलापबाट बाहिर ल्याउनु नै थियो । जसलाई अरुले खै कसरी लिए मलाई थाहा छैन । तर मैले भने सामान्य तरिकाबाटै काम गर्ने कोसिस गरेको हुँ । गान्धी भारतका भए पनि दक्षिण अफ्रिकासँग पनि उनको नैकट सम्बन्ध छ । उनले आफ्नो जीवनका केही अमुल्य पलहरु यहाँ बिताएका छन् । जसरी उनले यहाँ बसेर आफ्नो देशलाई स्वतन्त्र बनाउने योजना बुनेर आफ्नो लक्ष्य प्राप्त गरेरै छाडे भने म त यही माटोमा जन्मेको मान्छे, ममा किन त्यो भावना आउन सक्दैन । मैले पनि आफ्नो देश र यहाँका पीडित जनतालाई उनीहरुको आधिकार पुनर्स्थापना गरेर हस्तान्तरण गरेको मात्र न हो । यदि मैले नगरेको भए जो कसैले पनि गर्दा हुन्थ्यो । देशप्रेम र जनहीतको भावना जसमा आउन सक्यो उसैले गर्ने कार्य हो यस्तो ।अहिले मेरो देशमा शान्ति छ, देश स्वतन्त्र भएको छ । यो भन्दा ठुलो खुशीको क्षण मेरा लागि कहिल्यै हुन सक्दैन । कसैले पनि आफ्नो व्यक्तिगत स्वतन्त्रता खोसिएको देखेर खुशी हुन पक्कै सक्दैन । मैले त ती निर्दोष अनुहारहरुमा खुशीको मुस्कान लहराएको हेर्ने कोसिस गरेको हुँ । यसमा मलाई सबैले साथ दिएर सहयोग गरिदिनुभयो । यही नै मेरो खुशीको क्षण हो । म विश्वस्त छु कि अबका दिनमा दक्षिण अफ्रिकामा कसैले पनि आफ्नो नैसर्गिक अधिकारका लागि त्यति चिन्तित हुनु पर्दैन, जति चिन्तित स्वतन्त्रता पाउनु अगाडि हामी थियौं । यो संसार निकै सुन्दर छ । यसलाई बिगार्ने काम हामिबाट नहोस् । बरु अझे सुन्दर कसरी पार्ने हो भन्ने तर्फ हामीले सोचेर अगाडि बढ्नु उचित हुन्छ ।"

सन्दर्भ सामग्रीहरू

  1. Mandela, Nelson (1994), Long Walk to Freedom: The Autobiography of Nelson Mandela, Randburg: Macdonald Purnell, p. 438, ISBN 0316874965 
  2. Dodds, Craig. "Madiba funeral: Tutu snubbed", 14 December 2013. अन्तिम पहुँच मिति:14 December 2013.
  3. Motsei, Mmatshilo. "Madiba, Dalibhunga, Rolihlahla: Nelson Mandela's gifts to the world", 22 December 2013. अन्तिम पहुँच मिति:23 December 2013.
  4. "Mandela"