नेवार जाति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गट्टा खेल्दै नेवार बालिकाहरू
बेल विवाहमा सहभागि नेवार बालिकाहरू
गाइजात्राको बेलामा बासुरी बजाउदै नेवार समुदायका महिला

नेवार भन्ने शब्दले नेपालको एउटा आदिवासी समुदायलाई जनाउंदछ। नेवारहरू जातीयभाषीक समुदाय हुन। नेवारहरूको मूलथलो काठमाडौं उपत्यका हो। नेवार जातिको काहा, क्वता, धिमे, पोङगा, कान्तादवदब, पैताखीँ, म्वालिङ, कुकुवय्, पछिमा, टिन्चु, भुस्याहा, वयः आदि प्रमुख बाजाहरू हुन्।[१]

नेवार संस्कृति[सम्पादन गर्ने]

नेवार समुदायमा जंको

बुढाबुढी भएपछि नेवारहरूको जंको गर्ने चलन छ। सकेसम्म परिवार, समाज र देशको लागि धेरै काम गरिसकेको हुँदा त्यसै कार्यको उच्च मूल्यांकन गरी सम्मान गर्ने र उसको सुस्वास्थ्यको कामना गर्दै लामो आयु होस् भन्ने मनसाय राखी उनीहरूबाट आशिर्वाद थाप्ने हो। साँस्कृतिक मान्यता अनुसार मनुष्य यति लामो आयु बाँचेपछि देवता सरह भएको मानिन्छ र त्यसै अवसरमा यो कार्यक्रम गरिन्छ। त्यसैले जंको गरिसकेका बुढाबुढीहरूले भनेको मान्ने कोसिस गरिन्छ। उनीहरूलाई चित्त दुख्ने काम गरिंदैन। बुढा भएसम्म बुढाको उमेर अनुसार साइत हेरेर दुबैको जंको गर्छ। बुढी मात्र रहे उनकै उमेर अनुसार साइत हेरेर जंको गर्छ। तर पहिला बुढासँगै जंको गरिसकेको छ भने फेरि गर्नु पर्दैन। थरीथरीको बुढाजंको हरू यसरी मानेर आएको देखिन्छ:

क) भीम रथारोहण(पहिलो जंको )- उमेर: ७७ साल, ७ महिना, ७ दिन, ७ घडी, ७ पला। ख) चन्द्र रथारोहण(दोश्रो जंको )- जन्म भएर एक हजार पटक चन्द्रमा दर्शन हुने बेलाको साइतमा ८२ बर्षको उमेरमा लाख बत्ती बालेर गरिन्छ। ग) देव रथारोहण(तेश्रो जंको )- उमेर: ८८ साल, ८ महिना, ८ दिन, ८ घडी, ८ पला। यस बेला जंको गरिएको बुढा वा बुढीलाई रथयात्रापछि झ्यालबाट भित्र्याइन्छ। घ) दिव्य रथारोहण(चौथो जंको )- उमेर: ९९ साल, ९ महिना, ९ दिन, ९ घडी, ९ पला। यस बेला सम्म बाँचिरहने बुढाबुढीलाई नयाँ घ्याम्पोमा राखेर घ्याम्पो पूजा गरिन्छ। त्यसपछि फेरि बच्चा जन्मेको भावले घ्याम्पो फुटालेर निकाल्ने गरिन्छ। यसबेला पांग्रा भएको रथमा राखेर घुमाउन लैजान्छन् । नाति पतातिहरूले रथ तान्ने र छोरा छोरी ज्वाँईहरूले लावा अबिर छर्कने गर्छ। यस बेलाको रथलाई दिव्यरथ भन्दछन्। ङ) महादिव्य रथारोहण(पाँचौं जंको )- उमेर: १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला। अष्टमा टेकेको बेला केही अनिष्ट नहोस् भन्ने कामना गरेर यसबेलाको रथलाई महादिव्य रथ राखिएको छ।

नेवार संगीत[सम्पादन गर्ने]

नेवार वास्तुशास्त्र[सम्पादन गर्ने]

नेवार ललितकला[सम्पादन गर्ने]

नेवार परिकार[सम्पादन गर्ने]

बजि (चिउरा),व: (बारा),खें (अण्डा), मुस्या (भटमास), छोयला, कचिला, त:कुला, डायकुला, चतांमरी, योमरी, चाकु, अयला (रक्सी), थों (जाँड)आदी धेरै प्रकार छन्। नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवार समुदायमा नै छन्। उनीहरू जन्मदेखि मृत्यु पश्चातसम्म र पर्व अनुसारको खाना प्रकार अलग अलग तयार गर्दछन्।

नेवार चाडपर्व र जात्राहरू[सम्पादन गर्ने]

नेवार समुदायमा चाडपर्व गथामुग:बाट शुरु भई सिथी नख: पछि अन्त हुन्छ। गथामुग: पछि गुन्हुपुन्हि (गाइजात्राको ९ दिन), मोहनी (दशैं), स्वन्ती वा न्हुदँ (तिहार), माघे संक्रान्ती, श्रीपंचमी, सिलाचह्रे (शिवरात्री), चैत्रदशैं, पाँहाचह्रे(नेपालीमा घोडेजात्रा), भोटोजात्रा, बुद्धजयन्ती, आदी मुख्य पर्वहरू मनाउने गर्दछन्। जात्राहरू आफ्नो स्थानीय अनुसार अलग अलग मनाउने गर्दछन्। पाटनमा मच्छेन्द्रनाथ जात्रा, काठमाडौंमा सेतो मच्छेन्द्रनाथ जात्रा, कीर्तिपुरमा सातगाउँले जात्रा, हाँडीगाउँ जात्रा, खोकनामा सिखली जात्रा, फर्पिङ्ग जात्रा, आदी जात्राहरू मनाउने गर्दछन्।

नेवार नाच[सम्पादन गर्ने]

Newar dance is very beautiful dance.mostly newar are lies in the middle side of Nepal.spesially vaktapur lalitpur and kathmandu.in newer society there are many kind of dance.lakhe dance is very intersting dance

नेपालभाषा[सम्पादन गर्ने]

नेपालभाषा नेवारहरूको मातृभाषा हो। नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो। नेपालभाषालाई हाल आएर नेवारहरूले 'नेवा: भाय् भन्छन् भने नेपालीमा नेवारी भन्ने गरिन्छ। यस भाषामा शब्दका भण्डार छन्। क देखि ज्ञ सम्म क का कि की ‍‍‍,,, एक एक अक्षर समेतको अर्थ रहेका छन्। त्यस्तै १ देखि ९ सम्म र १०, २०, ३०, ४०, ५० आदि भन्न आए पछि सबै भन्न सक्नेछ। नेपाली भाषामा जस्तो अमिल्दो छैन। अङ्ग्रेजीमा समेत ११ देखि १९ सम्म मिल्दैन। तर नेपालभाषामा मिल्ने भएकोले अझ बैज्ञानिक देखिन्छ। जस्तो १(छि), २नसि, ३स्व, ४पि, ५न्या, ६खु, ७न्हस, ८च्या, ९गु, १०झि(सान्ह), ११झिछ(सान्हछि), १२झिनि, १३झिस्व, १४झिप्य, २०नी, २१नीछि, ३०स्वी, ३१स्वीछि, आदी। अनि साइज अनुसारको गणना गर्ने गरिन्छ। गोलो आकारको गणना गर्दा ग जोडेर छग, निग, स्वग,आदी। लाम्चो आकारकोमा पु जोडेर छपु, निपु, आदी। यसको धेरै शब्दहरू जापानीज र चिनिया भाषासँग मिल्दो जुल्दो छन्।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'"