पंकज पचौरी
पंकज पचौरी (24 सेप्टेम्बर जन्म १,९६३ को) एक वरिष्ठ भारतीय टीवी एंकर र पत्रकार, अझ भारतीय प्रधानमन्त्री को वर्तमान संचार सलाहकार हुन। पचौरी मुख्य रूपले एनडीटीवी[१] संग जोडिएका थिए। उनले यो पनि बीबीसी, बर्कलेमा पत्रकारिता विभाग र क्यालिफोर्निया विश्वविद्यालय सहित अन्य अन्तर्राष्ट्रीय संचार गृहसंग संबद्ध भएको थिए। [२] उनीको छपा र प्रसारण माध्यममा २० भन्दा धेरै वर्षको पत्रकारिता अनुभव छ।[३] उनी सेंट जन्स कलेज, आगराबाट वाणिज्य शास्त्रमा स्नातक हुन र लखनऊको लाल बहादुर शास्त्री इंस्टीट्यूट अफ कम्युनिकेशनमा पत्रकारिता को अध्ययन अध्यन गरे ।
पचौरीले एनडीटीवी ईण्डिया[४] र एनडीटीवी प्रोफिट मा हाम लोग मनी मंत्र जस्ता सुपरिचित कार्यक्रम लगायत एनडीटीवीमा धेरै कार्यक्रम संचालन गरेका छन।
राजस्थानमा बालिका हत्या परमपरालाई उजागर गरेकोमा उनले १९८९ मा प्रतिष्ठित 'ग्रामीण रिपोर्टिंग को लागि स्टेट्समैन अवार्ड'[५] लगायत धेरै पुरस्कार पाप्त गरेका छन । उनले १९९० मा पत्रकारिताको लागि श्रीकांत वर्मा पुरस्कार पनि प्राप्त गरे। उनले विश्व भरी संवाददाताको रूपमा काम गरेका छन।
जनवरी २०१२ मा, पचौरी भारतीय प्रधानमन्त्रीको संचार सलाहकारमा नियुक्त गरिएको छ, प्रधानमन्त्री कार्यालयमा । हरीश खरे लाई बिस्थापित् गरेका हुन।[६]
सन्दर्भ सामाग्री [सम्पादन गर्ने]
- ↑ "Pankaj Pachauri is a Senior TV Anchor"
- ↑ "Pankaj Pachauri Profile"
- ↑ "Leaders for Tomorrow"
- ↑ "India’s leading credible news channel"
- ↑ Pankaj Pachauri Journalism, Loops and Roots by Purnima Chattopadhaya - Dutt, <http://books.google.co.in/books?id=v7I4aHMgsaAC&pg=PA572&lpg=PA572&dq=pankaj+pachauri+born&source=bl&ots=vby40kSZaI&sig=HxXazWuJgEpiYIol9dFAxLunj9w&hl=en&ei=f8l6Tp_fHoTYrQfoh52tDw&sa=X&oi=book_result&ct=result&resnum=9&ved=0CFoQ6AEwCA#v=onepage&q=pankaj%20pachauri%20born&f=false>
- ↑ "Harish Khare resigns as media Advisor".