पञ्चतन्त्र
पंचतन्त्र पं. विष्णु शर्मा द्वारा रचित संस्कृत नैतिकथा हरूको संगालो हो|पंचतन्त्रको शाब्दिक अर्थ हुन्छ- पांच सिद्दान्तमा आधारित कथा हरू| नैतिकथा साहित्यमा यसको स्थान पहिलो मानिन्छ|ष्रुति परम्परा बाट आजको रूप सम्म आईपुगेको यो नैतिकथाको मुल रूप नभेटिए तापनि उपलब्ध अनुवादहरूको आधारमा यसको रचना काल तेस्रो शताव्दि मानिएको छ|विश्वमा प्रचलित धेरै नैतिकथा हरूको आधार पंचतन्त्र का कथा हरू मानिएका छन| यसमा साना ठूला गरि देहाय बमोजिम कथा हरू छन|
१. मित्रभेद-२३ कथा (मित्र ,सिह र गोरुको मित्रतामा भेद)
२. मित्रलाभ-६ कथा (मित्र :चरा हरू,मुसा,हरिण र कछुवाको मित्रता)
३. संधि- विग्रह-१६ कथा (काग र लाटोकोसेरोको झगडा र मिलाप)
४. लब्ध प्रणाश-१५ कथा (वादर र गोहि :लाभ र हानि)
५. अपरीक्षित कारक-१४ कथा (ब्रामण र जनावरको कथा-विना सोचको परिणाम)
मनोविज्ञान, व्यवहारिकता तथा राजकाज का सिद्धांतहरूलाई सरल एवं सरस लवजमा प्रस्तुतिकरण नै यसको मुल विषेशता हो| संसार का सबै भाषा हरूमा यसको अनुवाद भएको बाट यसको महत्व बुक्ष्न सकिन्छ|
पूर्वीयनीति कथा हरूको अर्को उल्लेख्य ग्रन्थ हितोपदेश का रचना कार पं. नारायणले स्वयम पंचतन्त्रको प्रभावलाई स्वीकार गरेका छन|
पंचतन्त्रान्तथाडन्यस्माद् ग्रंथादाकृष्य लिख्यते।