पञ्चतन्त्र
पंचतन्त्र छोटाछोटा कथाहरूको संगालो हो । यो संस्कृत साहित्यको अमर कृति हो । विश्वका धेरै भाषामा यसको अनुवाद भएको छ । यसमा पशुपंछीका कथाहरू छन् । केही कथामा मानिस पात्र पनि छन् । इसपका नीति कथाहरूजस्तै पंचतन्त्रका कथाहरू पनि विश्व प्रसिद्ध प्राचिन नीति कथा हुन् । सबै कथाले मानिसको जीवनलाई आदर्श र नैतिकवान बनाउने शिक्षा र सन्देश दिन्छन् । कथाका पात्र र परिवेशलाई हेर्दा यी कथाहरू भारत उपमहाद्वीपमा सिर्जना भएको सहजै अनुमान गर्नसकिन्छ । यो पं. विष्णु शर्मा द्वारा रचित संस्कृत नैतिकथा हरूको संगालो हो। पञ्चतन्त्रको शाव्दिक अर्थ हुन्छ- पाँच सिद्धान्तमा आधारित कथा हरू। नैतिक कथा साहित्यमा यसको स्थान पहिलो मानिन्छ। श्रुति परम्पराबाट आजको रूप सम्म आईपुगेको यो नैतिककथाको मूल रूप नभेटिए ता पनि उपलब्ध अनुवादहरूको आधारमा यसको रचना काल तेस्रो शताव्दी मानिएको छ। विश्वमा प्रचलित धेरै नैतिक कथाहरूको आधार पञ्चतन्त्रका कथाहरू मानिएका छन्।
१. मित्रभेद-२३ कथा (मित्र ,सिंह र गोरुको मित्रतामा भेद)
२. मित्रलाभ-६ कथा (मित्र :चरा हरू,मुसा,हरिण र कछुवाको मित्रता)
३. संधि- विग्रह-१६ कथा (काग र लाटोकोसेरोको झगडा र मिलाप)
४. लब्ध प्रणाश-१५ कथा (वादर र गोहि :लाभ र हानि)
५. अपरीक्षित कारक-१४ कथा (ब्राह्मण र जनावरको कथा-विना सोचको परिणाम)
मनोविज्ञान, व्यवहारिकता तथा राजकाज का सिद्धान्तहरूलाई सरल एवं सरस लवजमा प्रस्तुतिकरण नै यसको मूल विशेषता हो।
पूर्वीयनीति कथा हरूको अर्को उल्लेख्य ग्रन्थ हितोपदेश का रचना कार पं. नारायणले स्वयं पञ्चतन्त्रको प्रभावलाई स्वीकार गरेका छन्।
पंचतन्त्रान्तथाडन्यस्माद् ग्रन्थादाकृष्य लिख्यते।
पंचतन्त्रका कथाहरू किन लेखिए भन्ने बारेमा रमाइलो कथा छ । महिलारोप्य नगरमा अमरशक्ति नाम भएका महादानी र प्रतापी राजा थिए । उनीसित धनसम्पत्तीको कमी थिएन । तर उनका तीन भाइ छोराहरू उद्दंड र मूर्ख थिए । छोराहरूलाई कसरी सपार्ने भनेर राजा पिरोलिरहन्थे ।
मूर्ख राजकुमारहरूलाई सपार्न सक्ने शिक्षक राज्यभित्र नभेटिएपछि सुमति नाम गरेका मन्त्रीले विष्णु शर्मा नाम गरेका विद्वन पंडितलाई बोलाएर ल्याए । मन्त्रीले राजकुमारहरूलाई विष्णु शर्माको जिम्मा लगाउन राजालाई सल्लाह दिए । राजाले विष्णु शर्मालाई मूर्ख राजकुमारहरूलाई सकेसम्म चाँडै राजनीतिज्ञ बनाइदिन अनुरोध गरे । राजाले उनलाई धेरै धन र जग्गा जमीन इनाम दिने बचन दिए । विष्णु शर्माले भने, ूमैले विद्या बेच्ने काम गर्दिन । तर छ महिनाभित्र यी राजकुमारहरूलाई राजनीति जान्ने बनाउन सकिन भने मैले आफ्नो नाम नै फेर्छु ।ू
मूर्ख राजकुमारहरूलाई विष्णु शर्माको जिम्मा लाएर राजा निश्चिन्त भए । विष्णु शर्माले राजकुमारहरूलाई शिक्षा दिनका लागि अनेक कथाहरू रचे । कथाहरूको माध्यमबाट नै उनले राजकुमारहरूलाई राजनीति, कूटनीति र व्यावहारिक ज्ञानको शिक्षा दिए । विष्णु शर्माले रचेका कथाहरू पाँच प्रकरण वा खण्डमा बाँडिएको हुनाले ती सबै कथालाई पंचतन्त्र भनिन्छ । ती पाँच खण्डको नाम यस प्रकार छः १ मित्रभेद, २ मित्रसंप्राप्ति, ३ काकोलुकीय, ४ लब्धप्रणाश र ५ अपरीक्षितकारक ।
यसका कतिपय कथाहरू कथाहरूभित्र कथा र कथाभित्रका कथाभित्र पनि कथा छन् । संस्कृत साहित्यको यो प्राचिन शैली हो । यसैले यसभित्र कति वटा कथा छन् भनेर स्पष्टसँग छुट्याउन गाह्रो छ । तै पनि सामान्यतः बजारमा उपलब्ध पंचतन्त्र कथाका पुस्तकहरूमा ४० देखि ८० वटासम्म कथा पाइन्छन् ।[१] http://www.balsansar.com/panchatantra.php.</ref>