पञ्चैबाजा
पञ्चे बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चेबाजामा दमाहा, झयाली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि।
विषयसूची |
धार्मिक महत्व [सम्पादन गर्ने]
नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्व हुन्छ। त्यस्ता साईतहरूमा मंगल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन छ। मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो।
हालको अवस्था [सम्पादन गर्ने]
परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दछन्। हाल यो बाजा मुख्य रूपले नेपाली परम्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पाएको छ। तर नेपालको शहरी भेकमा यो बाजाले आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ।
सम्बन्धित लेखहरू [सम्पादन गर्ने]
बाहिरी लिंकहरू [सम्पादन गर्ने]
- नेपाली परम्परागत बाजाहरूको बारेमा एक लेख -- www.spinybabbler.org