पटना कन्फ्रेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अमेरिकामा उपचारपश्चात् बीपी स्वदेश फर्किने क्रममा पटनामा एउटा सम्मेलनको आयोजना गरियो, जसलाई नेपाली कांग्रेसको 'पटना कन्फ्रेन्स' का रूपमा चिनिन्छ। बीपीले त्यो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भन्नुभएको थियो, "मैले राजा वीरेन्द्रलाई भनेको छु, म उपचार पश्चात् स्वदेश र्फकनासाथ स्वेच्छाले गिरफ्तारी दिनेछु।" सोही सम्मेलनले सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई र महामन्त्रीद्वयमा परशुनारायण चौधरीगिरिजाप्रसाद कोइरालालाई छनोट गरेको थियो ।