पट्टु थारु
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् पट्टु थारु माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। २०५३ साल देखि एमालेबाट राजनीतिमा साइत गर्नुभएका थारु एमाले एरिया सदस्य छाडेर ०५४मा माओवादीमा प्रवेश गर्नुभएको थियो। २०५८ साल देखि भूमिगत हुनुभएका थारु जनमुक्ति सेनाको संचारमा डेढ वर्ष काम गर्नुभयो।
२०६० सालमा माओवादी जिल्ला समिति सदस्य हुनु भएको थियो। आठ कक्षासम्मको औपचारिक शिक्षा लिनुभएका थारुको परिवार २४ वर्षअघिसम्म कमैया नै थिए। कमैया, बाँधा मजदूरको अधिकारलाई संविधानमै सुनिश्चित गराउने थारुका मुख्य एजेण्डा हो। [१]