पदमलाल विश्वकर्मा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

इलाम जिल्लाको बरफल्याङमा जन्मनुभएका पदमलाल विश्वकर्मा हाल नेकपा माओवादीको तर्फबाट संविधान सभासद् हुनुहुन्छ। लामो समयदेखि दलित आन्दोलनमा क्रियाशील रहनुभएका सभासद् पदमलाल बिक माओवादीको जिल्ला समिति सदस्य तथा दलित मुक्तिमोर्चा एकीकृतको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। ०३६ देखि राजनीति र दलित आन्दोलनमा लाग्नुभएका बिक ०४५मा उत्पीडित जाति उत्थान मंचको केन्द्रीय प्रवक्ता बन्नुभएको थियो। त्यसको ०४८मा महासचिव बन्नुभयो। ०४९मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्य पनि बन्नुभयो।

३० वर्षसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएका बिक ०३५ देखि नै ७ वर्ष त प्रावि र निमाविको शिक्षक हुनुभएको थियो। अन्तरिम व्यवस्थापिकामा विधायक समेत भइसक्नुभएका ५८ वर्षीय बिक छुवाछुटमुक्त राष्ट बनाउन संविधानमै उल्लेख गराउने उहाँको मुख्य एजेण्डा छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा