पदम बहादुर राई
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
युवा तर भोजपुरका पुराना माओवादी नेता मानिनुहुन्छ राई। जलस्रोत मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र राई आवास तथा भौतिक योजना राज्यमन्त्री बहाल रहेकै बेला भएको चुनावमा उहाँ चुनिनुभएको थियो। राई अन्तरिम व्यवस्थापिकामा विधायक पनि हुनुहुन्थ्यो। राईबाहेक अन्य नेताहरू म्ाओवादीमा माथिल्लो तहमा भए पनि जन्मजात माओवादी नेता राई हुनुहुन्छ। राई किरात राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। ०४४ देखि सामाजिक संस्थाहँदै ०४६ देखि राजनीतिमा संगठितरूपमा लाग्नुभएको थियो। उहाँले सगरमाथा, कोशी र मेचीका धेरै जिल्लामा जनयुद्धको समयमा काम गर्नुभयो। उहाँ विद्यार्थीको केन्द्रीय सदस्य पनि हुनुभयो। उहाँ प्रायः खोटाङ र भोजपुरमा जनयुद्धका लामो समय बिताउनुभएका राई माओवादी सचिव र इन्चार्ज पनि हुनुभयो। लाहुरेको छोरा राईका ४ भाइ दुई दिदीबहिनी हुनुहुन्छ। राईपत्न जमुना शिक्षिका तथा माओवादीको एरिया समिति सदस्य हुनुहुन्छ। आइसम्मको औपचारिक शिक्षा लिनुभएका राईका माओवादीले उठाएका एजेण्डालाई नै संविधानमा सुनिश्चित गराउने बताउनुहुन्छ। जनपक्षीय माओवादीको अग्रगामी कार्यदिशाका कारण र आफू पनि निरन्तर जनताको पक्षमा लड्दैआएकाले जनताले आफूलाई विजयी बनाएको राईको कथन छ। [१]