पद्म श्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पद्म श्री
Padma Shri medal suspended from its riband

State Emblem of India
भारतको राष्ट्रपति[१]द्वारा पुरस्कृत
देश भारत
प्रकारराष्ट्रिय नागरिक
फिता
अघिल्लो भागमध्य भागमा कमलको फूलको माथिल्लो पट्टि देवनागरी लिपिमा 'पद्म' र तल्लो पट्टि 'श्री' लेखिएको
पछिल्लो भागमध्य भागमा प्लेटिनमको भारतको राज्यचिह्नसँगै देवनागरी लिपिमा 'सत्यमेव जयते' लेखिएको
तथ्याङ्क
स्थापितसन् १९५४
पूर्व नाम(हरू)पद्म विभूषण 'तीसरा वर्ग' (तेस्रो वर्ग)
पहिलो पुरस्कृतसन् १९५४
अन्तिम पुरस्कृतसन् २०२०
जम्मा पुरस्कृत३,१२३ जना
प्रधानता
आगामी (उच्च)Padma Bhushan riband पद्म भूषण

'पद्म श्री, गणतन्त्र भारतको भारत रत्न, पद्म विभूषणपद्म भूषणपछिको चौथौ सर्वोच्च नागरिक सम्मान हो। यो पुरस्कार वार्षिक रूपमा भारत सरकारद्वारा भारतको गणतन्त्र दिवसको दिन दिइने गरिन्छ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

पद्म श्री सम्मान पुरस्कारको स्थापना सन् १९५४ मा भारत सरकारद्वारा गरिएको हो। यो सम्मान भारतको नागरिकलाई कला, शिक्षा, उद्योग, साहित्य, विज्ञान, खेल, औषधि, समाजिक सेवासार्वजनिक मामिला लगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदानको लागि दिइने गरिन्छ। यो सम्मान केही गैर भारतीय प्रतिष्ठित व्यक्तिहरूलाई समेत दिइएको छ, तर उनीहरूले भारतको लागि विभिन्न क्षेत्रमा योगदान दिएका थिए।

केही विशिष्ट व्यक्तिहरूलाई पुरस्कृत गर्नको लागि धेरै जना योग्य कलाकारहरू पुरस्कृत नगरिएको भनेर यस सम्मानको चयन मापदण्डको आलोचना समेत समय समयमा गरिएको छ।[३][४] भारत सरकारले हाल आएर आम नागरिकहरूलाई वार्षिक रूपमा दिइने 'पद्म श्री' नागरिक सम्मानको लागि नामाङ्कन सिफारिस गर्नको लागि छुट्टै अनलाइन नामाङ्कन मञ्च बनाएको छ।[५]


पद्म श्री सम्मानको अगाडिको भागमा, 'पद्म' र 'श्री' शब्द देवनगारी लिपिमा लेखिएको छ जसको अर्थ क्रमशः संस्कृत भाषामा कमल र सम्मानीय 'श्री' वा 'सुश्री' हुन्छ। यी दुवै शब्द कमल फूलको चित्रको माथि र तल पट्टि रहेको छ भने दुवै पट्टि रहेको ज्यामितीय आकृति कांस्यको छ भने कुँदिएको आकृति सेतो सुनको रहेको छ।

सन् २०२० सम्म यो पुरस्कार ३,१२३ जना विशिष्ट व्यक्तिहरूले पाइसकेका छन्।[६]

अस्वीकारोक्ति र विवादहरू[सम्पादन गर्नुहोस्]

सितार वादक विलायत खान[७], शिक्षाविद् र लेखक मामोनी रायसोम गोस्वामी[८], पत्रकार कनक सेन डेका[९]बलिउडका लोकप्रिय पटकथा लेखक सलीम खान सहित कयौं सम्मान प्राप्तकर्ताहरूले विभिन्न कारण देखाइ पद्मश्री सम्मानलाई अस्वीकार गरेका छन्।[१०]

यसका साथै पर्यावरण कार्यकर्ता सुन्दरलाल बहुगुणा[११] र अङ्ग्रेज बिलियर्ड्स च्याम्पियन माइकल फरेराले[९] यो सम्मान अस्वीकार गरेका थिए, तर पछि उनीहरूले पद्म भूषण वा पद्म विभूषण जस्ता प्रतिष्ठित पुरस्कार लिन सहर्ष स्वीकार गरेका थिए। अन्य व्यक्तिहरू, जस्तै लेखक फणीश्वर नाथ 'रेणु'[१२], पञ्जाबी लेखक दलिप कौर तिवाना[१३] र प्रख्यात कवि जयन्त महापात्राले[१४] सुरुमा यो सम्मान स्वीकार गरेको भएता पनि पछि यो सम्मान फर्काएका थिए।

दशकको आधारमा पुरस्कार प्राप्तकर्ताहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "About Padma Awards", padmaawards.gov.in, अन्तिम पहुँच २६ सेप्टेम्बर २०२० 
  2. "Padma award's schema", Ministry of Home Affairs, अन्तिम पहुँच १३ अगस्ट २०१४ 
  3. "Padma's Easy Slim Zone | Vrinda Gopinath", Outlookindia.com, अन्तिम पहुँच १० जुलाई २०१३ 
  4. "Advani backs Merchant on Padma awards selection criticism", The Times of India, ३ फेब्रुअरी २०१०, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  5. "Padma Awards Online Nomination", padmaawards.gov.in, मूलबाट १६ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २०१८ 
  6. "Padma Awards | Interactive Dashboard", www.dashboard-padmaawards.gov.in (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ फेब्रुअरी २०२०  वेब्याक मेसिन अभिलेखिकरण २२ जुलाई २०२० मिति
  7. Kaminsky, Arnold P.; Long, Roger D. (२०११), India Today: An Encyclopedia of Life in the Republic, ABC-CLIO, पृ: ४११, आइएसबिएन 978-0-313-37462-3, मूलबाट २१ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित। 
  8. "Artistes' angst", The Hindu, १९ जनवरी २००३, अन्तिम पहुँच १८ जुन २०१८ 
  9. ९.० ९.१ "Refusal question mark on awards", The Telegraph - India, २८ जनवरी २००५, अन्तिम पहुँच १८ जुन २०१८ 
  10. "Salim Khan declines to receive Padma Shri", The Indian Express, २७ जनवरी २०१५, अन्तिम पहुँच १८ जुन २०१८ 
  11. "Noted activist Sunderlal Bahuguna turns 90", The Pioneer, १० जनवरी २०१७, अन्तिम पहुँच १८ जुन २०१८ 
  12. "Archived copy", मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति
  13. "Punjabi writer Tiwana to return Padma Shri", The Tribune, १४ अक्टोबर २०१५, अन्तिम पहुँच १८ जुन २०१८ 
  14. "Jayanta Mahapatra returns Padma Shri protesting 'intolerance'", The Hindustan Times, २३ नोभेम्बर २०१५, अन्तिम पहुँच १८ जुन २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]