पनौती नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
पनौती
—  नगरपालिका  —
निर्देशांक: 27°35′N 85°31′E / 27.583°N 85.517°E / 27.583; 85.517Coordinates: 27°35′N 85°31′E / 27.583°N 85.517°E / 27.583; 85.517
देश  Nepal
अञ्चल बागमती अञ्चल
जिल्ला काभ्रेपलाञ्चोक जिल्ला
पोष्टलकोड ४५२०९
टेलिफोन कोड ०११
वेबसाइट www.panautimun.gov.np
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

पनौती नगरपालिका बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित छ। पनौती नगरपालिका पनौतीको नाम धेरैले सुनेका छन्। तर, यसको ऐतिहासिक तथ्य र मिथकबारे भने धेरै अनभिज्ञ छन्। हिन्दू धर्मावलम्बीका निम्ति शिवको तेस्रो आँखाको महत्त्व जति छ, उति नै इन्द्रको तेस्रो आँखाको पनि। पावन भूमिका रूपमा चिनिएको पनौतीसँग यही तेस्रो आँखाको ऐतिहासिक तथ्य जोडिएको छ।

पनौती आउने प्रायः भारतीय पर्यटक अहिल्याको सोधीखोजी गर्छन्। तर, नेपाली धर्मावलम्बीलाई भने अहिल्याका बारेमा उति साह्रो चासो हुँदैन। धर्मग्रन्थहरूका पौराणिक कथा अनुसार गौतम ऋषि र उनकी श्रीमती अहिल्या पनौतीको त्रिवेणीघाट नजीकै बस्थे। अहिल्याको रूप, सौन्दर्य र यौवनबाट मोहित भएका स्वर्गका राजा इन्द्र एक समय गौतम ऋषिकै भेष धारण गरेर पृथ्वीमा ओर्लिए। समयभन्दा अगावै इन्द्रले भाले बासेको नक्कल गरेपछि सक्कली गौतम ऋषि स्नान गर्न त्रिवेणीघाट गए। यही मौकामा छद्मभेषी इन्द्र आश्रममा छिरी ऋषिपत्नी अहिल्यासँग शारीरकि सम्बन्ध बनाए। नदी तट नजीकै पुगेपछि मात्रै आफूले फेर्ने धोती नल्याएको थाहा पाएर सक्कली गौतम ऋषि आश्रम फर्किए। आश्रमको ढोकामा आफ्नै भेषधारी इन्द्रलाई देखेपछि क्रोधित भएका गौतम ऋषिले दुवैलाई श्राप दिए। श्रापको प्रभावका कारण अहिल्या ढुंगामा परण्िात भइन्। उक्त ढुंगा अहिले पनि इन्द्रेश्वर मन्दिरको उत्तरपूर्वी कुनामा अवस्िथत छ। श्रापकै कारण राजा इन्द्रको शरीरभर िहजारौँ योनि निस्िकए।

कथा अनुसार श्रापपछि लज्जित भएका राजा इन्द्र श्रापमुक्त हुने उपाय खोज्दै आफ्ना गुरु बृहस्पतिको शरणमा पुगे। गुरुको सल्लाह अनुसार राजा इन्द्र मुक्तेश्वर महादेवको बाह्रवर्षे तपस्यामा बसे। तपस्यापछि प्रसन्न भएका मुक्तेश्वर महादेवले इन्द्रलाई एउटा सुकेको बाँस दिएर भने, "यसलाई टेक्दै यात्रा गर्नू, बाँसमा पालुवा निस्केर जरा हाल्न थालेपछि तिमी योनिमुक्त हुनेछौ।" मुक्तेश्वर महादेवको आज्ञा अनुसार पृथ्वीको यात्रामा निस्िकएका इन्द्र त्रिवेणीको नजीक पुगेपछि उनले ढुंगामा टेकेको बाँसमा पालुवा आयो र त्यति नै खेर उनको निधारबाहेक शरीरभर िआएका योनि लुप्त भए।

इन्द्रले ढुंगामा बाँस बिसाएकै हुनाले उक्त ठाउँको नाम पनौती रहन गएको विश्वास छ। किनभने, नेवारी भाषामा 'पँ' भनेको बाँस र 'ल्होँ' भनेको ढुंगा भन्ने बुझिन्छ। ढुंगामा बाँस बिसाउँदा पालुवा आएको हुनाले उक्त ठाउँ 'पँल्होँ' हुँदै कालान्तरमा पनौती नामकरण भएको मानिन्छ।

निधारको योनि नहटेपछि राजा इन्द्र पनौती नजीकै रहेको भालेश्वर महादेवको बाह्रवर्षे तपस्यामा बसेको धार्मिक मान्यता छ। यस तपस्यापछि भालेश्वर महादेवले इन्द्रको निधारमा रहेको योनिलाई आँखामा परण्िात गरिदए। भालेश्वर महादेवलाई अहिले पनि पनौतीमा देख्न सकिन्छ। त्यही बेलादेखि संसारका सबै हिन्दू धर्मावलम्बीहरूका निम्ति तेस्रो आँखा भएका इन्द्रको पूजा महत्त्वको विषय रहँदै आएको छ। जसको ऐतिहासिकता पनौतीसँग जोडिएको छ।

इन्द्रले जुन ढुंगामा बाँस टेकाउँदा पालुवा पलायो, त्यही स्थानमा महादेवको मूर्ति पनि स्थापना गरेका थिए। इन्द्रले स्थापना गरेको उक्त महादेवको मूर्ति इन्द्रेश्वर महादेवका नामले अहिलेसम्म परिचित छ। उक्त स्थानमा अहिले रहेको मन्दिर भने ईस्वीको १३औँ शताब्दीमा राजा जयसिंहराम मल्लले बनाएका हुन्। ऐतिहासिक तथ्यका आधारमा पनौतीको महत्त्व यति मात्रै छैन। यही इन्द्रेश्वर महादेवको मन्दिर नेपालकै सबैभन्दा पुरानो मन्दिर मान्न सकिन्छ। अहिले पनि उक्त मन्दिर १३औं शताब्दीकै स्वरूपमा छ -हेर्नूस्, तस्बिर)। समयका हिसाबले चाँगुनारायण र पशुपति सबैभन्दा पुराना धार्मिक स्थल हुन्। तर, ती दुवै स्थानमा मन्दिरको अहिलेको स्वरूप भने क्रमशः १४औँ र १५औँ शताब्दीमा बनेका हुन्।

ऐतिहासिकता र धार्मिक मान्यताका हिसाबले पवित्र पनौतीका बारेमा हिन्दू धर्मावलम्बीहरू नै अनभिज्ञ छन्। सम्पदाहरूको महत्त्व त्यसको धार्मिक पक्षसँगै त्यसका पछाडि जोडिएको इतिहासले पनि निर्धारण गरेको हुन्छ। पनौती यी दुवै पक्षबाट सबैभन्दा अगाडि छ।

सन्दर्भ सामग्री [सम्पादन गर्ने]

बाह्य सूत्र [सम्पादन गर्ने]