पम्फा भुसाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पत्यक्ष निर्वाचन प्रणालि अन्तरगत ललितपुर ३ बाट विजयी संविधान सभा सदस्य पम्फा भुसाल माओवादी केन्द्रीय सदस्य पनि हुनुहुन्छ। जनमोर्चा नेपालकी पहिलो अध्यक्ष बनेकी भुसालले २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिमा आउनु भएको हो।

विद्युत उपनामले चिनिने भुसाल ५ दिदीबहिनी र एक भाइमा साहिली हुनुहुन्छ। २०३७ सालमा चौथो महाधिबेसनको सदस्यता लिनु भएकी भुसाल २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य हुनुभएको थियो। फुर्सदको बेला सामाजिक तथा राजनैतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल सामाजिक असमानता देखेर नै राजनीतिमा लागेको बताउनुहुन्छ।

औसत नेपाली भन्दा सम्पन्न परिवारमा जन्मिएकी भुसाल ग्रामीण समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ। पटकपटक गरेर १ वर्ष जेल बस्नु भएकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य समेत बन्नु भएको थियो। २०१९ साउनमा अर्घाखाची किमडाँडा -५ आँपखोलामा भुसालको जन्म भएको हो। अन्तरिम कालमा माओवादी सरकारमा हुँदा महिला बालबालिका तथा समाजकल्याण मन्त्री हुनुहुन्थ्यो।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा