ईश्वर
नेपाली विकिपीडियाबाट
(परमेश्वर बाट पठाईएको)
ईश्वर त्यो सर्वोच्च आलौकिक शक्ति हो जसले यस संसारको सृष्टिकर्ता तथा पालनकर्ता मानिन्छ । नेपाली भाषामा यस शव्दको अन्य पर्यायवाची शब्दहरू भगवान, परमात्मा, परमेश्वर आदि हुन् । धेरैजसो धर्महरूमा ईश्वरको परिकल्पना ब्रह्माण्डको निर्माणसंग जोड्ने गरिन्छ ।
ईश्वर शब्द संस्कृत भाषाको ईष् धातुबाट बनेको हो ।
विषयसूची |
[परिवर्तन्] धर्म तथा दर्शनमा ईश्वरको अवधारणा
[परिवर्तन्] हिन्दू धर्म
वेदका अनुसार हरेक व्यक्ति भित्र ईश्वर (आत्मा) हुने गर्दछ जुन ब्रह्म (परमात्मा)को एक अंग हो ।
[परिवर्तन्] इस्लाम धर्म
यस धर्ममा ईश्वरलाई अल्लाहको नामले पुकार्छन् ।
[परिवर्तन्] क्रिश्चियन धर्म
यस धर्म अनुसार ईश्वर एकमा तीन छन् साथै तीन रूपहरू का साथमा एकै छन् -- परमपिता, ईश्वरपुत्र येसु तथा पवित्र आत्मा ।
[परिवर्तन्] नास्तिकता
ईश्वरको अस्तित्वमाथि धेरै मानिसरूले प्रश्न उठाउने गर्दछन् । उनिहरू ईश्वरको अस्तित्व केवल परिकल्पना मात्र हो भन्ने ठान्दछन् ।