परशुराम रम्तेल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सभासद् रम्तेल माओवादीको तमुवान राज्य समिति सदस्य तथा दलित मुक्ति मोर्चाको केन्द्रीय महासचिव हुनुहुन्छ। ०४९ देखि राजनीतिमा लाग्नुभएका रम्तेल ०५७ देखि पूर्णकालीन हुनुभएको थियो। उहाँ दलित मुक्ति मोर्चाको गोर्खा अध्यक्ष हुँदै ००६०मा केन्द्रीय महासचिव हुनुभयो। यसैगी ०६० मै माओवादी गोरखा सचिव हुँदै उहाँ राज्यसमिति सदस्य हुनुभयो। उहाँकी श्रीमती ०६० जनयुद्धमै मारिएपछि रोल्पा वाइसीएल अध्यक्ष गीता गहतराज 'सपना'सँग पुनःबिहे गर्नुभएको छ। एमबीएसम्मको औपचारिक अध्यययन गर्नुभएका रम्तेल अन्तरिम व्यवस्थापिकामा विधायक पनि हुनुभएको थियो। उहाँ ०५८मा जनसरकार एरिया प्रमुख हँदै गोरखा जिल्ला उपप्रमुखसमेत हुनुभयो।

आफ्ना व्यक्तिगत कुनै एजेण्डा नभई पार्टीकै एजेण्डालाई संविधानमा लेखाउने रम्तेलले बताउनुभयो। माओवादीको जनमुखी कार्यदिशाका कारण आफूहरूलाई विजयी बनाएको उहाँको तर्क छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा