परालको आगो (कथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(परालको आगोबाट अनुप्रेषित)

परालको आगो गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। यो कथा मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो। परालको आगो कथामा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई परालको आगोको संज्ञा दिएका छन्। त्यसैगरी उनका अन्य कथावस्तुहरू पनि उत्तिकै मार्मिक छन्। कथा विषयवस्तुको प्रतिपादन र शैलीको चमत्कारी संयोजन दुवैमा परालको आगो गुरूप्रसादको सर्वश्रेष्ठ कथा हो। सफल दाम्पत्य जीवनका दुई अनिवार्य तत्व लोग्ने र स्वास्नीबीचको झगडा वास्तवमै चामे र गौँथलीको जीवनमा कथाकारले प्रस्तुत गरेझैँ परालको आगोजस्तै क्षणिक र अस्थायी हुन्छ। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. आधुनिक कथासर्जक मैनाली र कथादिवस[dead link] डिल्लीराम मिश्र, फागुन, २०६५

परालको आगो कथा एक सामाजिक विषयवस्तु बोकेको कथा हो । यस कथामा ग्रामीण परिवेशको यथार्थ चित्रन पाइन्छ।[सम्पादन गर्नुहोस्]