पशुपतिनाथ मन्दिर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पशुपतिनाथ मन्दिर

पशुपतिनाथ मन्दिर
पशुपतिनाथ मन्दिर is located in Nepal
पशुपतिनाथ मन्दिर
नेपालको नक्शामा पशुपतिनाथको मन्दिर
निर्देशांक: 27°42′35″N 85°20′55″E / 27.70972, 85.34861}
नाम
वास्तविक नाम: पशुपतिनाथको मन्दिर
अवस्थिति
देश: नेपाल
राज्य/अञ्चल: बागमती
जिल्ला: काठमाडौं
स्थान: वनकाली, काठमाडौं
कला र संस्कृति
मुख्य देवता: महादेव
प्रमुख चाडपर्व: शिवरात्री, बाला चतुर्दशी, तीज
वास्तुशैली: प्यागोडा

पशुपतिनाथको मन्दिर काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदाअन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।[१] काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अतिप्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरु तथा प्राचीन अभिलेखहरुको अवस्थितिले गर्दा पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। [२] पशुपतिनाथको मन्दिरलाई एक जीवन्त सम्पदाको रुपमा रहेको छ।जन्म देखि मृत्यु सम्मका संकार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।

पशुपतिनाथमा मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्वका साथ मनाइन्छ। शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लाग्ने गरेको छ । यस दिन आरध्यदेव पशुपति अर्थात् शिवजीको आरधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्वपूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा शिवको दिव्य जन्म वा अवतरणको महान् दिन हो शिवरात्रि। श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने शिवरात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। शिवरात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो। शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पनि पुकार्ने गरिन्छ ।[३]

पशुपति मन्दिर
पशुपतिनाथको मन्दिर
पशुपतिनाथको मन्दिरको पूर्वी प्रवेशद्वार
शुर्य अस्थाउने समयमा देखिएको पशुपथ क्षेत्र

श्लेमान्तक वन, पशुपति का. म. पा. ८ तीनथाना गा. वि. स. वडा नं. १मा रहेको विष्णु देवी क्षेत्र यस गाविसको मात्र महत्वपूर्ण स्थल नभै यस भेगकै ऐतिहासिक थलो हो। धार्मिक हिसाबले सातौ पिठको रूपमा गनिने विष्णु देवी, सरस्वती तथा ईच्छावृषेश्वर महादेव (गोलोकेश्वर) १७ औ शताब्दितिर स्थापना भएको मानिन्छ। ०३८/३९ सालतिर महादेवस्थानको दक्षिणतिर रहेको दुवै हात र स्तनसमेत काटिएको सरस्वतीको पूर्णकदको मूर्ति चोरी हुँदा मूर्ति मूर्ति पछाडि रहेको शिलालेखमा उक्त मिति उल्लेख गरिएको भन्ने भनाई छ। चोरी भएको सरस्वतीको मूर्तिको दुई पाऊ अद्यावधि नै छ, जहाँ २०४१ सालमा पूर्ण बहादुर महर्जनले अर्को सरस्वतीको मूर्ति बनाई स्तआपना गरेको पाइन्छ। विष्णु देवीको द्वारपालको रूपमा रहेका सिंह सिंहिनीको स्थापना रिजाल भन्ने थरका ब्यक्तिले वि.सं. १९०९ सालमा स्थापना गरेको शिलालेखमा पाइन्छ। सोही मन्दिरको पश्चिमतिर रहेको ढुंगाको खम्वामाथी प्राथना गरिरहेको मूर्ति सहितको खम्वा संवत १९१०मा स्थापना गरेको देखिन्छ। पाप धर्मको परीक्षण गर्ने वागद्वार पनि महादेवस्थानको उत्तरतर्फ रहेको छ। यस विष्णु देवी क्षेत्र पुरातात्विक महत्वको क्षेत्रभित्र समेत पर्ने भएको हुनाले यसको ञथार्थ खोजविन हुन आवश्यक देखिन्छ।


सिन्धु–सभ्यताका पशुपतिनाथ शिव[सम्पादन गर्ने]

रुद्र वा शिवका अनेकौ नाउँमध्ये “पशुपति” शिवको प्रमुख नाउँ हो । ऋग्वेद संहितामा रुद«को पशुपति नाउँ त पाइदैन, तर रुद«सम्बन्धि बसिष्टको सुक्त (७।४६।।१–४) मा धनुर्धरी अजेय, तीक्षण आयुध धारण गर्ने रुद«ले हाम्रो प्रार्थना सुनुन् आफ्नो तेजोमय वाण अन्तरिक्षस्थ विद्युत्, जो पृथ्वीमा घुम्दछ, हामीलाई नष्ट नगरोस् । हामीलाई रोग–व्याधिले ग्रस्त नपार, हजारौ औषधिका ज्ञाता हे रुद्र १ हाम्रा पुत्र–पौतादिलाई नष्ट नगर, हाम्रो हिसां नगर, तिम्रा क्रोधको भागी हामी नबनौ हाम्रो रक्षा गर, इत्यादि । यस्तै ऋक् (१।११४) सूक्तमा कुत्सआङ्गिरस ऋषि रुद्रको स्तेति गदृे भन्दछन्– महान् वीरका स्वामी जटा मुकुटधारी रुद्रको स्तुति गर्छौ । यस गाउँका सबै प्राणीहरु निरोगिताका साथ पुष्ट रहुन्, दोपाया चौपाया सुखी रहुन् । हे रुद« । दया गर, सुखी बनाऊ ।

लिङ्ग पूजासम्बन्धी भारतीय र अन्य विद्वान्हरूकाे धारणा[सम्पादन गर्ने]

आर्य पराम्पराको विकासक्रमलाई नै ध्यानमा राखेर प्रस्तुत गरिने यस ग्रन्थको विषय अन्य सभ्यतामा प्रचलित प्रजनन शक्तिको रुपमा उपासना गरिने लिङ्गको परिचर्चा त्यति आवश्यक थिएन । तर मर्तिपूजासम्बन्धी परिपाटी विदेशी प्रभावहो भनेर मन्तव्य प्रकट गर्ने विद्धानहरुको पनि तर्क सुत्रु र विवेचना गर्नु पनि आवश्यक हुन्छ । किनभने भारतीय विद्धानलाई पनि विदेशीहरुको उक्त तर्कले निकै प्रभाव पारेको छ र तुलनात्मक रुपमा सिन्धुसभ्यता तथा वेविलोन सभ्यताको अनुदान नै लिङ्गपूजा हो भन्ने कुरा प्रस्तुत गरिएको पाइन्छ [४]। ।

पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्रिक पूजापर्व[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिरको व्यवस्थापन[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिरको व्यवस्थापन हाल सबै पशुपति विकास कोषको मात्हतमा रहेको छ ।

‌‌पशुपतिक्षेत्रका मन्दिर, मूर्ति तथा अभिलेखहरु[सम्पादन गर्ने]

पशुपतिक्षेत्रको संरक्षण, संवर्द्धनका प्रयासहरु[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिरको सामान्य दैनिकी[सम्पादन गर्ने]

  1. ४ बजे भट्ट द्वारा पशुपतिनाथ को जागा गरिन्छ।
  2. भट्टजी द्वारा पशुपतिनाथको स्नान गराईन्छ साथै सरसफाइ गरेर सफा लुगा लगाईन्छ।
  3. त्यस पछि बालभोग (हलुवा) को भोग दिइन्छ।
  4. १२:३०-१ बजे देखि २ बजे सम्म विषेश पुजा हुन्छ।
  5. त्यस्तै सांझ ५:३० बजे बेलुकाको आरती हुन्छ।
  6. विषेश दिन बाहेक सामान्यता ६ बजे मन्दिर बन्द हुन्छ।



सन्दर्भ सामाग्रीहरु[सम्पादन गर्ने]

  1. "विश्व सम्पदा सूचीमा प्रस्तावित डेढ दर्जन सम्पदा ओझेल" 
  2. "श्री पशुपतिनाथ" 
  3. "मुलुक भरि महाशिवरात्री पर्व मनाईदै" 
  4. कुलचन्द« केइराला, नेपालका आराध्य देव भगवान् श्री पशुवतिनाथ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, प्रथम संस्करण वि.सं.२०५१,पेज नं.५७, प्रतिवोध प्रिन्टिङ्ग प्रेस, काठमाडैं