पशुपतिनाथको मन्दिर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
पशुपतिनाथको मन्दिर

पशुपतिनाथको मन्दिर
पशुपतिनाथको मन्दिर is located in Nepal
पशुपतिनाथको मन्दिर
नेपालको नक्शामा पशुपतिनाथको मन्दिर
निर्देशांक: 27°42′35″N 85°20′55″E / 27.70972°N 85.34861°E / 27.70972; 85.34861Coordinates: 27°42′35″N 85°20′55″E / 27.70972°N 85.34861°E / 27.70972; 85.34861
नाम
वास्तविक नाम: पशुपतिनाथको मन्दिर
अवस्थिति
देश: नेपाल
अञ्चल: बागमती
जिल्ला: काठमाडौं
स्थान: वनकाली, काठमाडौं
कला र संस्कृति
मुख्य देवता: महादेव
प्रमुख चाडपर्व: शिवरात्री, बाला चतुर्दशी, तीज
वास्तुशैली: प्यागोडा

पशुपतिनाथको मन्दिर काठमाडौंं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८मा बागमती नदीको किनारमा रहेको छ। हिन्दू धर्माबलम्बीहरूको महत्पूर्ण धार्मिक स्थलमा मार्ग कृष्ण चतुदर्शीका दिन एक वर्ष भित्र अवसान भएका आफन्तहरूको सुखद स्वर्गवासको कामना गर्दै सात प्रकारको सतबीज छारिने परम्परा छ। साथै शिवरात्रीको दिन आरध्यदेव पशुपति अर्थात शिवजीको आरधना गर्दै नेपाल तथा छिमेकीमुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्व पूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा शिवको दिव्य जन्म वा अवतरणको महान दिन हो शिवरात्रीशिवरात्री नेपाल भरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो। फागुन कृष्णचतुर्दसी घोर अन्धकारको रातमा शिवको जन्म भएको मान्यताअनुसार शिवका पीठहरूमा श्रद्धा, भक्ति र निष्ठासाथ मनाइने गरिन्छ। श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने शिवरात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। शिवरात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो।

पशुपतिनाथको मन्दिर
पशुपतिनाथको मन्दिरको पूर्वी प्रवेशद्वार

श्लेमान्तक वन, पशुपति का. म. पा. ८ तीनथाना गा. वि. स. वडा नं. १मा रहेको विष्णु देवी क्षेत्र यस गाविसको मात्र महत्वपूर्ण स्थल नभै यस भेगकै ऐतिहासिक थलो हो। धार्मिक हिसाबले सातौ पिठको रूपमा गनिने विष्णु देवी, सरस्वती तथा ईच्छावृषेश्वर महादेव (गोलोकेश्वर) १७ औ शताब्दितिर स्थापना भएको मानिन्छ। ०३८/३९ सालतिर महादेवस्थानको दक्षिणतिर रहेको दुवै हात र स्तनसमेत काटिएको सरस्वतीको पूर्णकदको मूर्ति चोरी हुँदा मूर्ति मूर्ति पछाडि रहेको शिलालेखमा उक्त मिति उल्लेख गरिएको भन्ने भनाई छ। चोरी भएको सरस्वतीको मूर्तिको दुई पाऊ अद्यावधि नै छ, जहाँ २०४१ सालमा पूर्ण बहादुर महर्जनले अर्को सरस्वतीको मूर्ति बनाई स्तआपना गरेको पाइन्छ। विष्णु देवीको द्वारपालको रूपमा रहेका सिंह सिंहिनीको स्थापना रिजाल भन्ने थरका ब्यक्तिले वि.सं. १९०९ सालमा स्थापना गरेको शिलालेखमा पाइन्छ। सोही मन्दिरको पश्चिमतिर रहेको ढुंगाको खम्वामाथी प्राथना गरिरहेको मूर्ति सहितको खम्वा संवत १९१०मा स्थापना गरेको देखिन्छ। पाप धर्मको परीक्षण गर्ने वागद्वार पनि महादेवस्थानको उत्तरतर्फ रहेको छ। यस विष्णु देवी क्षेत्र पुरातात्विक महत्वको क्षेत्रभित्र समेत पर्ने भएको हुनाले यसको ञथार्थ खोजविन हुन आवश्यक देखिन्छ।