पशुपतिनाथ मन्दिर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पशुपतिनाथ मन्दिर

पशुपतिनाथ मन्दिर
पशुपतिनाथ मन्दिर is located in Nepal
पशुपतिनाथ मन्दिर
नेपालको नक्शामा पशुपतिनाथको मन्दिर
निर्देशांक: 27°42′35″N 85°20′55″E / 27.70972, 85.34861}
नाम
वास्तविक नाम: पशुपतिनाथको मन्दिर
अवस्थिति
देश: नेपाल
राज्य/अञ्चल: बागमती
जिल्ला: काठमाडौं
स्थान: वनकाली, काठमाडौं
कला र संस्कृति
मुख्य देवता: महादेव
प्रमुख चाडपर्व: शिवरात्री, बाला चतुर्दशी, तीज
वास्तुशैली: प्यागोडा

पशुपतिनाथको मन्दिर काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदाअन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।[१] काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अतिप्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरु तथा प्राचीन अभिलेखहरुको अवस्थितिले गर्दा पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। [२] पशुपतिनाथको मन्दिरलाई एक जीवन्त सम्पदाको रुपमा रहेको छ।जन्म देखि मृत्यु सम्मका संकार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।

पशुपतिनाथमा मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्वका साथ मनाइन्छ। शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लाग्ने गरेको छ । यस दिन आरध्यदेव पशुपति अर्थात् शिवजीको आरधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्वपूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा शिवको दिव्य जन्म वा अवतरणको महान् दिन हो शिवरात्रि। श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने शिवरात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। शिवरात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो। शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पनि पुकार्ने गरिन्छ ।[३]

पशुपति मन्दिर
पशुपतिनाथको मन्दिर
पशुपतिनाथको मन्दिरको पूर्वी प्रवेशद्वार
शुर्य अस्थाउने समयमा देखिएको पशुपथ क्षेत्र

श्लेमान्तक वन, पशुपति का. म. पा. ८ तीनथाना गा. वि. स. वडा नं. १मा रहेको विष्णु देवी क्षेत्र यस गाविसको मात्र महत्वपूर्ण स्थल नभै यस भेगकै ऐतिहासिक थलो हो। धार्मिक हिसाबले सातौ पिठको रूपमा गनिने विष्णु देवी, सरस्वती तथा ईच्छावृषेश्वर महादेव (गोलोकेश्वर) १७ औ शताब्दितिर स्थापना भएको मानिन्छ। ०३८/३९ सालतिर महादेवस्थानको दक्षिणतिर रहेको दुवै हात र स्तनसमेत काटिएको सरस्वतीको पूर्णकदको मूर्ति चोरी हुँदा मूर्ति मूर्ति पछाडि रहेको शिलालेखमा उक्त मिति उल्लेख गरिएको भन्ने भनाई छ। चोरी भएको सरस्वतीको मूर्तिको दुई पाऊ अद्यावधि नै छ, जहाँ २०४१ सालमा पूर्ण बहादुर महर्जनले अर्को सरस्वतीको मूर्ति बनाई स्तआपना गरेको पाइन्छ। विष्णु देवीको द्वारपालको रूपमा रहेका सिंह सिंहिनीको स्थापना रिजाल भन्ने थरका ब्यक्तिले वि.सं. १९०९ सालमा स्थापना गरेको शिलालेखमा पाइन्छ। सोही मन्दिरको पश्चिमतिर रहेको ढुंगाको खम्वामाथी प्राथना गरिरहेको मूर्ति सहितको खम्वा संवत १९१०मा स्थापना गरेको देखिन्छ। पाप धर्मको परीक्षण गर्ने वागद्वार पनि महादेवस्थानको उत्तरतर्फ रहेको छ। यस विष्णु देवी क्षेत्र पुरातात्विक महत्वको क्षेत्रभित्र समेत पर्ने भएको हुनाले यसको ञथार्थ खोजविन हुन आवश्यक देखिन्छ।


किंवदन्ती[सम्पादन गर्ने]

विश्वभरिका हिन्दूको पवित्रस्थलका रूपमा रहेको पशुपतिनाथ मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । भारतको चार धामको दर्शनपछि पशुपतिनाथको दर्शन गरेमात्र चारधामको दर्शन पूरा हुने मान्यता रहेको सो मन्दिर राजा भूपालेन्द्र मल्लले निर्माण गर्न लगाएको मानिन्छ ।[४]

सिन्धु–सभ्यताका पशुपतिनाथ शिव[सम्पादन गर्ने]

रुद« वा शिवका अनेकौ नाउँमध्ये “पशुपति” शिवको प्रमुख नाउँ हो । ऋग्वेद संहितामा रुद«को पशुपति नाउँ त पाइदैन, तर रुद«सम्बन्धि बसिष्टको सुक्त (७।४६।।१–४) मा धनुर्धरी अजेय, तीक्षण आयुध धारण गर्ने रुद«ले हाम्रो प्रार्थना सुनुन् आफ्नो तेजोमय वाण अन्तरिक्षस्थ विद्युत्, जो पृथ्वीमा घुम्दछ, हामीलाई नष्ट नगरोस् । हामीलाई रोग–व्याधिले ग्रस्त नपार, हजारौ औषधिका ज्ञाता हे रुद« १ हाम्रा पुत्र–पौतादिलाई नष्ट नगर, हाम्रो हिसांसा नगर, तिम्रा क्रोधको भागी हामी नबनौ हाम्रो रक्षा गर, इत्यादि । यस्तै ऋक् (१।११४) सूक्तमा कुत्सआङ्गिरस ऋषि रुद«को स्तेति गदृे भन्दछन्– महान् वीरका स्वामी जटा मुकुटधारी रुद«को स्तुति गर्छौ । यस गाउँका सबै प्राणीहरु निरोतिगासाथ पुष्ट रहुन्, दोपाया चौपाया सुखी रहुन् । हे रुद« । दया गर, सुखी बनाऊ । जटाधारी महान् तेजस्वी, आकाशका भयङ्कर रुपवाला, लाल वणर््का, तर्सो गतिवाला, मेधावीरुदको हामी रक्षा निमित्त आहवान गदछौ । हातमा उत्तम औषधि लिएर हामीलाई सुखी बनाऊ, रक्षा साधनद्धारा हामीलाई निर्भय बनाऊ, इत्यादि । उपर्युक्त ऋग्वैदिक सुक्तबाट रुद«, पशु र मनुष्यका रक्षक, रोग व्याधिका पनि देवता, विजुल िरुपमा वाणको प्रहार गर्ने । अनेकौ औषधिका ज्ञाताको रुपमा उपस्य थिए । हाम्रा बच्चा, हाम्रा वंशज, हाम्रा गाउँका मनुष्य तथा पशुहरु, हाम्रा घोडाहरुको विनाश नगर भन्ने प्रार्थना गरिएको ऋग्वैदिक समाजको निम्ति विशेष महत्व थियो । लता वनौषधीका देवता, पशुका संरक्षक, रिसाए भने नाना रोग, व्याधि फैलाइदिने रुद« आफ्नो त्रियाकलापले नै पशुप वा पशुपति थिए [५]। ऋक्(२।३३) सूक्तमा गृत्समद ऋृषिको स्तवनबाट के थाहा हुन्छ भने मरुद्–गणका जनक पनि रुद« थिए र बादल विजुलीका पनि स्वामी, तथा हातमा बज्र लिने, कोमल उदर, पीत वर्ण, अनन्त ऐश्वर्यवान्, अथवा बहुरुपवाला, भीमकाय, युवा, उज्जवल तेजले युक्त रुद«लाई पाप–निवारणको लागि, रक्षाको लागि स्तुति गरिएको छ । समस्त भुवनका स्वामी सबै प्राणीको भरण–पोषण गर्ने अभीष्ट वर्षी, अनेक रुप लिएर प्राणीको रक्षा गर्ने, अनेक धन दिने, अमुल्य औषधि प्रदान गरेर स्तोताका सन्तानलाई बलियो बनाउने, सम्पुर्ण पार्थिव पदार्थ र दिव्यलोकबाट दिव्य पदार्थ देख्ने, परम शक्तियुक्त रुद«को महत्तो ऋग्वोदकालमा नै थियो [६]। ऋग्वेदकालीन महषिउहरुले रुद«को पशुप्राणीका रक्षक र रिसाएमा भक्षक बन्ने उग्ररुपको महिमा पूर्वजहरुबाटै थाहा पाएका हुन् । यसरी आर्य सभ्यताकाृ आदिकालमा नै पशुप्राणीका रक्षकको रुपमा स्तुति गरिने, यज्ञमा आहवान गरि हवि प्रदान गरिने विशिष्ट शक्तियुक्त रुद«को महत्ता वैदिक समाजमा थियो भने, सिन्धुघाटी सभ्यतामा पाइएको पशुपतिरुप अंकित मुद«ाले वैदिक आयंको रुद« विषयक कल्पनालाई प्राग् ऐतिहासिक कालमा नै भारतवर्षभित्र प्रमुख देवताकाृ रुपमा मान्यता रहेका कुरा स्वीकार गर्दै शिव वा पशुपतिको परम्परागत नै विकास भएको हो भन्नु पर्छ । सिन्धुघाटी सभ्यतामा कुन देवताको प्रमुख स्थान थियो र के कसरी देवोपासना गरिन्थ्यो भन्ने कुरा जान्ने आधार छैन । साथै मित्र, वेविलोन सभ्यताको जस्तै मन्दिरका अवशेष र धार्मिक विषयमा स्पष्ट जानकारी दिने अभिलेखहरु पनि प्राप्त छैनन् । तथापि विश्वव्यापी रुपमा रहेको प्रजनन् शक्तिको प्रतिक योनि लिङ्गको पूजन–पद्धतिको सापेक्षमा सिन्धुघाटीमा पाइएका बीचमा छिद« भएका पाषाण आदिका चक्का र लिङ्ग रुपमा सामग्रीहरुको प्राप्तिले सरजान मार्शल आदि पुरातत्तवविदहरु शिवरुपमा लिङ्गको उपासना हुन्थ्यो भन्ने कुरामा विश्वस्त छन् । उनले आफ्नो “मोहेन्जोदारो ऐण्ड इन्डुस भ्याली सिविलाइजेशन” भन्ने पुस्तकको भाग १ पृष्ठ ५९ मा यस सम्बन्धी विस्तृत समीक्षा गरेका छन् । साथै सिन्धु सभ्यताको मृत्भाण्ड र चित्रित मुद«ा तथा अन्य प्रतिमाको विशेष अध्ययन गर्ने अर्काे पुरातत्तवविद् मैकेको “फर्दर एक्सकेवेशन्स एट मोहन्जदारो” नामक भाग १ पृष्ठ २४८–२४९ चित्रित प्रतिमाको व्याआ गरिएको छ । जसमा मोहनजोदारोको उत्खननमा पाइएको मुद«ा चित्रमा तिशीर्ष श्रृङ्ग मुकुटधारी योगासन (कुर्मासन) मा बसेका पशुपतिरुप शिवको मूर्ति उत्कीर्ण छ । यस मूर्तिको घाँटीमा माला छ । दाहिनेपट्टि हात्ती र बाघ, बामपाश्र्वपट्टि गैडा र महामहिषको रुपाङ्कन भएको छ भने, आसनको तलतिर खडा रुपमा रहेको मृग देखिन्छ । सिन्धुघाटी सभ्यताका प्राचीन पशुपति श्रृङ्ग मुकुटधारी तिशीर्ष थिए भने महाभारतको रचनाकालमा पनि तीनशीर्ष भएका श्रृङ्ग मुकुटधारी शिव (पशुपति) को महत्ता छँदै थियो । महाभारतको वन पर्वमा भनिएको छ स्वर्गादुतुङ्गममल विषाणं यत्र शूलिनः । स्वमात्मविहित दृष्ट्वा मत्र्याे शिव परं वजेत् । ४०८ (महाभारत वनपर्व अ. ८८)

लिङ्ग पूजासम्बन्धी भारतीय र अन्य विद्वान्हरूकाे धारणा[सम्पादन गर्ने]

आर्य पराम्पराको विकासक्रमलाई नै ध्यानमा राखेर प्रस्तुत गरिने यस ग्रन्थको विषय अन्य सभ्यतामा प्रचलित प्रजनन शक्तिको रुपमा उपासना गरिने लिङ्गको परिचर्चा त्यति आवश्यक थिएन । तर मर्तिपूजासम्बन्धी परिपाटी विदेशी प्रभावहो भनेर मन्तव्य प्रकट गर्ने विद्धानहरुको पनि तर्क सुत्रु र विवेचना गर्नु पनि आवश्यक हुन्छ । किनभने भारतीय विद्धानलाई पनि विदेशीहरुको उक्त तर्कले निकै प्रभाव पारेको छ र तुलनात्मक रुपमा सिन्धुसभ्यता तथा वेविलोन सभ्यताको अनुदान नै लिङ्गपूजा हो भन्ने कुरा प्रस्तुत गरिएको पाइन्छ [७]। ।

इतिहास[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिरको स्थापना कहिले भएको हो भन्ने कुरामा अहिेले पनि विवाद चलिरहेको छ। धर्मको अनुसार यस मन्दिरको स्थापना तेस्रो शताब्द BC (Before Christ) मा भएको मानिन्छ। तर ऐतिहासिक रुपमा यस मान्दिरको स्थापना तेह्रौँ शताब्द BC मा भएको मानिन्छ।

पशुपतिनाथलाई काठमाडौं र काठमाडौंको शासकलाई सहारा दिने तथा रक्षा गर्न देवताका रुपमा मानिन्थ्यो।

इतिहासमा जनाए अनुसार १४औँ शताब्दी तिर पशुपतिनाथमा बङ्गाली राजा सुल्तान सम्शुधिनद्धारा मन्दिर पुर्णरुपमा क्षति पुर्याइएको थियो । मन्दिर यति सम्म क्षति ग्रस्त भएको थियो कि यो पुर्ण रुपमा फेरि मर्मत सम्भारको अवस्थामा रहेको थियो । यसको ठिक १० वर्ष पछि पशुपतिनाथको मन्दिर जधसिम्हा रामवरधनाद्धारा पुन ममृत तथा संभार गरेका थिए । यस पछि सन् १४१६मा ज्योती मल्लद्धारा पुन मर्मत तथा संभार गरियो [८]

‌‌‌‌‌‌पशुपतिनाथ मन्दिर क्षेत्रको भौगोलिक अवस्था‌‌[सम्पादन गर्ने]

भगवान् पशुपतिनाथको मन्दिर वरपर रहेको विभिन्‍न शैलिका मठ, मन्दिर, स्तूप, विहार तथा साधनाश्रमहरुद्वारा वेष्टित क्षेत्रलाई पशुपतिक्षत्र भनिन्छ। [९] पशुपतिनाथ मन्दिरका चार दिशामा रहेका मन्दिरका ढोकाहरुमा सबै चाँिडले ढाकिएकाछन् तथा दुई ढोका सुनका छन् ।

पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्रिक पूजापर्व[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिरको व्यवस्थापन[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिरको व्यवस्थापन हाल सबै पशुपति विकास कोषको मात्हतमा रहेको छ ।

‌‌पशुपतिक्षेत्रका मन्दिर, मूर्ति तथा अभिलेखहरु[सम्पादन गर्ने]

पशुपतिक्षेत्रको संरक्षण, संवर्द्धनका प्रयासहरु[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिरको सामान्य दैनिकी[सम्पादन गर्ने]

  1. ४ बजे भट्ट द्वारा पशुपतिनाथ को जागा गरिन्छ।
  2. भट्टजी द्वारा पशुपतिनाथको स्नान गराईन्छ साथै सरसफाइ गरेर सफा लुगा लगाईन्छ।
  3. त्यस पछि बालभोग (हलुवा) को भोग दिइन्छ।
  4. १२:३०-१ बजे देखि २ बजे सम्म विषेश पुजा हुन्छ।
  5. त्यस्तै सांझ ५:३० बजे बेलुकाको आरती हुन्छ।
  6. विषेश दिन बाहेक सामान्यता ६ बजे मन्दिर बन्द हुन्छ।



सन्दर्भ सामाग्रीहरु[सम्पादन गर्ने]

  1. "विश्व सम्पदा सूचीमा प्रस्तावित डेढ दर्जन सम्पदा ओझेल" 
  2. "श्री पशुपतिनाथ" 
  3. "मुलुक भरि महाशिवरात्री पर्व मनाईदै" 
  4. विश्वसम्पदा क्षेत्रको अवलोकन, gorkhapatra.org.np
  5. कुलचन्द« केइराला, नेपालका आराध्य देव भगवान् श्री पशुवतिनाथ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, प्रथम संस्करण वि.सं.२०५१, प्रतिवोध प्रिन्टिङ्ग प्रेस, काठमाडैं
  6. अथर्ववेद–संहिता–(भाषाभाष्य) भाष्यकार–श्री पारीडत जयदेव शर्मा प्रकाशक–आर्य–साहित्य–मण्डल लिमिटेड अजमेर (सन् १९६० ई.)
  7. कुलचन्द« केइराला, नेपालका आराध्य देव भगवान् श्री पशुवतिनाथ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, प्रथम संस्करण वि.सं.२०५१,पेज नं.५७, प्रतिवोध प्रिन्टिङ्ग प्रेस, काठमाडैं
  8. पशुपतिनाथ मन्दिर, Discovernepal.com
  9. डा.गोविन्द टण्डन, पशुपतिक्षेत्रको सांस्कूतिक अध्ययन, प्रथम संस्करण वि.सं.२०५३, पी.यु. प्रिन्टर्स, काठमाडैं