पाँचखाल
| पाँचखाल | |
|---|---|
| — नगरपालिका[१] — | |
| पाँचखाल नगरपालिकाको एक दृष्य | |
|
|
|
| निर्देशांक: 27°39′N 85°37′E / 27.650°N 85.617°ECoordinates: 27°39′N 85°37′E / 27.650°N 85.617°E | |
| देश | |
| अञ्चल | बागमती |
| जिल्ला | काभ्रेपलाञ्चोक |
| अवनति | ९३७ m (३,०७४ ft) |
| जनसङ्ख्या (1991) | |
| - जम्मा | ९,४८१ |
| समय क्षेत्र | नेपालको प्रमाणिक समय (UTC+5:45) |
| पोष्टल कोड(Postal Code) | 45212 [२] |
| टेलिफोन कोड | ०११ |
पाँचखाल नगरपालिका बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लाको पूर्वी भागमा अवस्थित छ। काठमाडौंबाट ४५ कि.मि. पूर्व उत्तर तथा धुलिखेलबाट १५ किलोमिटर उत्तरी दिशामा पर्ने पाचँखाल नगरपालिका,यस जिल्लाको सवैभन्दा ठूलो समथर बेंशी हो। अरनिको राजमार्गले बीचबाट काटेर गएको यो बेंशी समुद्र सतहबाट ९३७ मिटर (२०७३ फिट)उचाइमा छ।
विषयसूची |
इतिहास [सम्पादन गर्ने]
हावापानी [सम्पादन गर्ने]
यस बेंशीको वरीपरि पलाञ्चोक, अनैकोट, रविओपि, जैशिथोक, पात्लेखेतका डाँडा हरूले घेरिएको छ। यसरी कम उचाईमा रहनु, वरिपरि डाँडा हुनु, आदि कारणले यहाँ प्रशस्त मात्रामा गर्मी हुने गर्दछ। यहाँको गृष्म तापक्रम सरदर ३२-३३° सेल्सीयस (९०.९५० फरेनहाइट) सम्म पुग्छ। डाँफे र झिकु खोलाहरूद्वारा सिंचित यो बेंशी मलिलो भएतापनि अघि औलो लाग्ने भएकाले यहाँ बस्ती थिएन। पहिला दनुवार जातिहरूका मात्र बस्ती भएतापनि राजमार्गको विकासले गर्दा अन्य जातिहरूको आकर्षण बढ्दैछ।
कृषि [सम्पादन गर्ने]
सिंचाइको सुविधा, मलिलो पाँगो माटो, यातायातको सुविधा, हावापानीको अनुकूलताको कारण यो क्षेत्र कृषिको लागि महत्वपूर्ण क्षेत्र मानिन्छ। धान, मास, गोलभेडा कटहर, आलुको लागि यो क्षेत्र अति महत्वपूर्ण छ। जहाँको गोलभेडा र आलु काठमाडौं उपत्यकाको बजारहरूमा पाइन्छ। यसका अतिरिक्त आँप, केरा, रुख र भूइँकटरहरू, लिची, कागती, मेवा आदि कर्केटार नामक परम्परागत बगैंचा र पाँचखाल बागवानी केन्द्र (७.३५ देक्टर क्षेत्र ) बाट उत्पादन हुने गर्दछ।
शिक्षा [सम्पादन गर्ने]
दुई मा.वि., प्रहरी चौकी, इलाका हुलाक, दुग्ध संकलन केन्द्र आदि कार्यालय रहेको यो क्षेत्रमा चक्रपथ बनाउने, प्रदुषण हरियालीयुक्त बनाउन जिविस, गाविस र प्यारो हरियाली नेपालको सत्प्रयास रहेको छ। [३]
सडक यातायात [सम्पादन गर्ने]
वन पैदावार [सम्पादन गर्ने]
वैदेशिक रोजगार [सम्पादन गर्ने]
सन्दर्भ सामाग्री [सम्पादन गर्ने]
- ↑ "थप ४१ नगरपालिका घोषणा"
- ↑ http://www.nepalpost.gov.np/index.php?option=com_content&view=article&id=56&Itemid=67
- ↑ "धार्मिक एवं पर्यटकीय स्थलहरू"