पाकिस्तान राष्ट्रिय क्रिकेट टिम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पाकिस्तान
Pakistan Cricket Cap Insignia.svg.png
टेस्ट मान्यता १९५२
पहिलो टेस्ट म्याच दिल्ली, भारत, १६-१८ जुन १९५२ मा भारत बिरुद्ध
कप्तान मिस्बाह उल-हक (टेस्ट तथा एकदिवसीय), मोहम्मद हफिज (टि-ट्वान्टी)
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रम चौथौ (टेस्ट)
छैठौ (ओडिआई)
चौथौ (टि-ट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
३८०
गत टेस्ट म्याच बिरुद्ध श्रीलंका
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
११८/१०७ [१]
१/१
मिती २५ मार्च,२०१४ सम्मको

पाकिस्तान राष्ट्रिय क्रिकेट टिम (उर्दू: پاکستان کرکٹ ٹیم) पाकिस्तानको राष्ट्रिय क्रिकेट टिम हो । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) द्वारा प्रतिनिधित्व गर्ने यो टिम अन्तर्राष्ट्रिय क्रिकेट परिषदको पूर्ण सदस्य राष्ट्र हो । पाकिस्तान क्रिकेट टिमले टेस्ट, वनडे तथा टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा भाग लिने गरेको छ । वर्तमान समयमा पाकिस्तान आईसिसी टेस्ट रैंकिंगको अनुसार चौथौ स्थानमा रहेको छ । पाकिस्तानले हाल सम्म ८१७ वनडे म्याच खेलेको छ जस मध्ये ४३७ जित (५५.१२%), ३५५ हार, ८ टाई सहित १७ मा बेनतिजाको परिणाम निकालेको छ ।[२] पाकिस्तानले सन् १९९२ को एकदिवसीय विश्वकप बिजेता राष्ट्र हो भने सन् १९९९ को उप-बिजेता समेत रहेको छ । पाकिस्तान, दक्षिण पूर्व एशियाको अन्य देशसँग समायोजन गरेर सन् १९८७ तथा १९९६ को विश्वकप समेत आयोजना गरिसकेको छ ।[३] पाकिस्तानले हाल सम ७८ वटा टि-ट्वान्टी म्याच समेत खेलिसकेको छ जस मध्ये ४७ जित, २९ हार र २ बेनातिजा सहित सबैभन्दा सफल टिम मध्ये रहेको छ ।[४] पाकिस्तानले २००९ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी जितिसकेको छ भने सन् २००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को उद्घाटन टुर्नामेन्टमा उप-बिजेता रहेको थियो । पाकिस्तानले एउटा मात्र भएको सन् १९९९ को एसियन टेस्ट च्याम्पियनशिप को बिजेता समेत रहेको छ ।

भारतको सिफारिस पश्चात पाकिस्तानले सन् १९५२ जुलाई २८ मा टेस्ट क्रिकेट खेल्ने दर्जा प्राप्त गरेको थियो । पाकिस्तानले आफ्नो पहिलो टेस्ट भारत बिरुद्ध दिल्लीमा खेलेको थियो जसमा भारतले पाकिस्तानलाई एक इनिंग र ७० रनले जितेको थियो । सन् १९५० को दशकमा पाकिस्तानका टेस्ट खेलाडीहरु भारतको लागि पनि टेस्ट खेल्ने गरेका थिए ।[५]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]