पाङताङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाङताङ
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

पाङताङ नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । पाङताङ गाविस जिल्लाको उत्तरी भेगमा अवस्थित छ। सदरमुकामबाट ५ कोष दुरी ठाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १५.९४ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा घुम्थाङ पश्चिममा गोल्चे उत्तरमा गुम्बा र दक्षिणमा बराम्ची हगाम गाविसहरू पर्दछन्। लिस्ती थुम अन्तर्गत पर्ने यस गाविसमा वर्षको अधिकांश महिनामा चिसो हावापानी पाइन्छ। पशुपालन कृषि उत्पादन घरेलु उद्योग यहाँका मानिसहरूको प्रमुख पेशा हो। यस गाविसमा नेवार र तामाङ जातिको बाक्लो बसोबास छ। उर्जा उत्पादनमा यस गाविसमा पाङ्गर्पु खोला परियोजनाको निर्माण गरिएको छ तथा कात्तिके पेल्ट्रिक सेट परियोजनाको पनि निर्माण गरिएको छ। विसं २०५८ सालको जनगणना अनुसार यस गाविसमा ४७६ घरपरिवार मध्ये कुल जनसङ्ख्या २,६२३ थियो। [१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "पाङताङ", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]