पाथरनाउली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाथरनाउली दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित एक पुरानो नाउली अथवा कुवा हो। पाथर नाउली कीर्तिखम्बदेखी करिब एक किलोमिटर दुरीमा दुल्लु सुर्खेत सडको किनारामा रहेको छ। पाथर नाउलीको अवस्थितिले यो मार्ग सिंजा साम्राज्यकालदेखी नै मुख्य मार्गको रूपमा रहेको देखिन्छ। समतल छानोमाथि पाँचवटा चैत्यहरूलाई थाम्न सक्ने गरी विशाल ढुङ्गाहरूद्वारा निर्माण गरिएको यो नाउली खस साम्राज्यकालिक शिल्पकलाको एउटा अनुपम उदाहरण हो। जमिनको सतहबाट करिब तिन मिटर अग्लो यस नाउलीको कुल परिधी ६ मिटर रहेको छ। नाउलीको प्रवेशद्वार १.३४ मिटर रहेको छ। प्रवेशद्वारको ठिक माथि सात पंक्तीको अभिलेख उत्कृण गरिएको छ। नाउलीको जलासयमा दशवटा तह गरी प्रस्तर पट्टहरू मिलाएर राखिएका छन्। नाउलीको सिलिङ्ग पनि कुशल कारिगरीद्वारा कुँदिएको छ। नाउलीको भित्र पट्टी तिनवटा खोपा रहेका छन्। नाउली छानामाथि बनाएको ५ वटा चैत्यहरूमध्य अहिले मध्य भागको चैत्य मात्र बाँँकी रहेको छ। नाउलीको प्रवेशद्वार १.३४ मिटर रहेको छ। प्रवेशद्वारको ठिक माथि सात पंक्तीको अभिलेख उत्कृण गरिएको छ। नाउलीको जलासयमा दशवटा तह गरी प्रस्तर पट्टहरू मिलाएर राखिएका छन्। नाउलीको सिलिङ्ग पनि कुशल कारिगरीद्वारा कुँदिएको छ। नाउलीको भित्र पट्टी तिनवटा खोपा रहेका छन्। नाउली छानामाथि बनाएको ५ वटा चैत्यहरूमध्य अहिले मध्य भागको चैत्य मात्र बाँँकी रहेको छ। यस नाउलीमा माटो, बालुवा र ढुङ्गाहरू भरिएर नाउली पुरिएपछि विक्रम सम्वत २०१२ जेष्ठ महिनामा दुल्लु निवासी केशव बहादुर शाह (माहिला राजा)को सक्रियतामा र स्थानियको सहयोगमा सफा गरिएको थियो। त्यसपछि पुनः विक्रम सम्वत २०१२ मङ्सिर १० गते योगी नरहरिनाथको अगुवाइमा राम्रोसँग सफाइ गरिएपछि नाउलीमा रहेका पाँचवटा मुलहरूबाट पानी निस्केको छ। नाउलीमा रहेको अभिलेखबमोजिम यो नाउली विक्रम सम्वत १४११ पौष २ गते शुक्रवारका दिन खस राजा पृथ्वी मल्लको शासनकालमा देव वर्मा छन्त्यालले निर्माण गराएको देखिन्छ।[१]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. विश्व के.सी. (पोखरेल) द्वारा लिखित कीर्तिखम्ब नामक पुस्तक पहिलो संस्करण पृष्ठ संख्या १५१

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]