पार्वती थापा श्रेष्ठ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सबैभन्दा बढी मत लिने र मतान्तरले जित्ने डा.बाबुराम भट्टराईपछिको दोस्रो सभासद हुनुहुन्छ पार्वती थापा मगर। उहाँले ३१ ह्जारको मतान्तरले जित्नुभएको थियो। ०५० देखि राजनीतिमा लाग्नुभएकी थापा ०५३मा पद्यकन्यामा क्रान्तिकारीको इकाइ अध्यक्ष हुनुभएको थियो। ०५४मा क्रान्तिकारी र अनेमसघ क्रान्तिकारीको काठमाडौं सदस्य हुनुभएको थियो। ०५७मा उहाँ अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुनुभयो। ०५८मा माओवादी जिल्ला समितिमा हुँदै ०६४ देखि राज्य समिति सदस्य हुनुभयो। उहाँ तीनपटक गरेर २ वर्ष जेल जीवन बिताउनुभएको छ। उहाँले लामो समयसम्म बागमतीलाई राजनैतिक कार्यक्षेत्र बनाउनुभएको थियो।

उहाँका बाबा जगतबहादुर पनि राजनीतिमा लागेकाले सानैदेखि राजनीतिमा लाग्नुभएको थियो। उहाँका श्रीमान् चन्द्रमान श्रेष्ठ जनदिशा दैनिकको सम्पादक हुनुहुन्छ।

महिलालाई पनि पुरुषसरह समान अधिकार प्रदान गराउन सविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा छ। माओवादीको क्रान्तिकारी जनमुखी विचारका कारणले नै आफूलाई विजयी बनाएको उहाँको भनाइ छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा