पार्वती रसाईली
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् पार्वती रसाइली दीपा माओवादी रामेछाप सचिवालय सदस्य पनि हुनुहुन्छ। शहीद प्रदीप दोङ 'रक्तिम' पत्नी पार्वती जनयुद्धका लामो समयसम्म जनमुक्ति सेनामा काम गर्नुभयो। उहँ कम्पनी कमिसार बनेर दर्जनौं आक्रमणमा भाग लिनुभयो। ०५६ देखि राजनीतिमा लाग्नुभएका पार्वती ०५७ जेठदेखि पूर्णकालीन हुनुभएको थियो। उहाँ पार्टी क्षेत्रीय सदस्य हुँदै अनेमसंघ क्रान्तिकारी रामेछाप अध्यक्ष पनि हुनुभयो। रामेछाप खनियापानी -७ कटुन्जेमा एमाले समर्थित विपन्न दलित परिवारमा दीपा जन्मनुभएको थियो।
२६ वर्षीया पार्वती दलित जातिका महिलाका विशेष अधिकारलाई संविधानमै सुनिश्चित गराउनु नै उहाँको मुख्य एजेण्डा रहेको छ।[१]