पार्वती राना मगर (उर्मिला)
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
पार्वती राना मगर (उर्मिला)
तनहुँ, व्यास नगरपालिका निवासी ४३ वर्षीया उर्मिला थापा समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। पार्वती उपनामले परिचित थापाले नेपाल विद्यार्थी सङ्घ मार्फत २०३६ सालमा राजनैतिक जीवन प्रारम्भ गर्नुभएको हो र हाल उहाँ नेपाली काङ्ग्रेस सम्बद्ध नेपाल महिला संघका केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँले यसअघि नेपाली कांग्रेसको तनहुँ जिल्ला सदस्य, जिल्ला विकास समिति सदस्य र नेपाल महिला सङ्घ जिल्ला अध्यक्षको जिम्मेदारी सम्हालिसक्नुभएको छ।
राजनैतिक संघर्षका क्रममा उहाँ २०४६ सालमा पोखरामा एक महिना जेल पर्नुभएको थियो भने पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा पटकपटक पक्राउ परिसक्नुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक थापा एक छोरा एक छोरीकी आमा हुनुहुन्छ। राजनीति बाहेक व्यापार उहाँको पेशा हो। समाजसेवामा उहाँको विशेष रुचि छ।
सैद्धान्तिक प्रतिवद्धता र निरन्तरताका साथै जनतासँगको निकट सम्पर्कले आफूलाई संविधानसभामा सभासद बन्न मद्दत पुर्�याएको उहाँको विश्लेषण छ। संविधानसभामा उहाँले आदिवासी, जनजाति, महिलालाई राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गराउने मुद्दालाई प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ।