पासाङ शेर्पा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पासाङ शेर्पा

४६ वर्षीय पासाङ शेर्पा मूलतः पर्यटन व्यवसायसँग सम्बद्ध हुनुहुन्छ। संखुवासभा, मकालु गाविसमा जन्म भएका शेर्पाको स्थायी बसोबास भने काठमाडौं, बाँसबारीमा रहेको छ। उहाँ संविधानसभामा समानुपातिक प्रणाली अन्तर्गत नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ। २०४० साल देखि राजनीतिमा संलग्न रही आउनुभएका सभासद शेर्पा हाल नेपाली काङ्ग्रेस, संखुवासभा जिल्ला कार्यसमिति कोषाध्यक्ष हुनुहुन्छ। पर्यटन व्यवसाय र राजनैतिका अतिरिक्त समाजसेवाका कार्यमा उहाँको विशेष रुचि छ। कोलिना नेपाल नामक सामाजिक संस्था मार्फत सुबिधाविहीन बालबालिकालाई पढ्ने अवसर उपलव्ध गराउने कार्यमा उहाँ संलग्न हुनुहुन्छ। नेपाल बाहेक बेल्जियममा पनि केही शिक्षा प्राप्त गर्नुभएका शेर्पा बेल्जियम नेपाल फ्रेन्डशिप सोसाइटीमा समेत आवद्ध हुनुहुन्छ। उहाँका दुई छोरा छन्। संविधानसभामा सबै सभासदहरूले पार्टी स्वार्थबाट माथि उठेर देश र जनताको पक्षमा निर्धारित समयभित्रै उत्कृष्ट संविधान निर्माण गर्न लागिपर्नुपर्ने र त्यसो हुनसके देशको भविष्य उज्ज्वल हुने शेर्पाको धारणा छ। पासाङ शेर्पा आफूले संविधानसभामा जनजाति, खास गरी हिमाल तथा पहाडमा बसोबास गर्ने जनजातिका हक, हित र अधिकारका मुद्दाहरूलाई जोडदार रूपमा उठाउने बताउनुहुन्छ।

[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा