पिपलकोट, दैलेख

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पिपलकोट दैलेख जिल्लाको एक गा.वि.स.हो।

चित्र:Dailekh district.jpg दैलेख जिल्ला Dailekh district location.png (नेपालको नक्शामा दैलेख जिल्ला जहाँ पिपलकोट गा.वि.स.अवस्थित छ)

पिपलकोट
अञ्चल
 - जिल्ला
भेरी
 - दैलेख
क्षेत्र
समय क्षेत्र नेपाली समय (UTC+५:४५)
जनसंख्या (2001)
 - जनघनत्व
3931
 - 
गा. वि. स. अध्यक्ष धन बहादुर बस्नेत

विषयसूची

स्थापना [सम्पादन गर्ने]

यो गा.वि.स.२०३८ सालमा सिँहासैन गा.वि.स.बाट अलग भएको हो। चिउरी डाँडामा रहेको पिपलको रुख र "कोट" भन्ने ठाउँको नामबाट श्री लक्षिराम जैसीले यसको नाम पिपलकोट राख्नु भएको हो। श्री लक्षिराम जैसी यो गा.वि.स.का नागरीकहरूमा पहिला शिक्षक हुन्। उनी श्री दिप मा.बि.का तत्कालीन प्रधानाध्यापक थिए। यो गा.वि.स.स्थापना भएको सालबाट हाल सम्म जम्मा चार जना प्रधान पञ्च तथा गा.वि.स. अध्यक्षहरू बदलिएका छन्।यो गा.वि.स.का पहिला प्रधान पञ्च श्री दत्त प्रसाद जैसी हुन्। यो गा.वि.स.लाई सिँहासैनबाट अलग गराउनमा श्री दत्त प्रसाद जैसीको ठूलो योगदान रहेको थियो।सिँहासैन र पिपलकोट अलग नहुनु अघाडी पनि श्री दत्त प्रसाद जैसी प्रधान पञ्च रहि सक्नु भएको थियो।हाल सम्म पदाधीकारी भएका सबै व्याक्तीहरूको विवरण यस प्रकार रहेको छ:-

  • प्र.पं श्री दत्त प्रसाद जैसी (वि.सं २०३८-२०४३)
  • प्र.पं श्री खम्म बहादुर बस्नेत (वि.सं २०४३-२०४६)
  • गा.वि.स.अध्यक्ष श्री महा जैसी (वि.सं. २०४९-२०५४)
  • श्री धन ब. बस्नेत (वि.सं. २०५४-....)

भूगोल [सम्पादन गर्ने]

दैलेख जिल्लाको नक्शा

यो गा.वि.को भौगोलिक स्थिति भन्नु पर्दा यो एक विकट पहाडी र नदी तटिए गा.वि.स. हो। यो गा.वि.स.को सिमाना दक्षिणमा बाहाकोट,पश्चिममा सिँहासैनराकम कर्णाली , उत्तरमा कर्णाली नदीतथा अछाम जिल्ला,पूर्वमा कालिकोट जिल्लाको भर्ता गा.वि.स. सँग जोडिएको छ। यो गा.वि.स.को माथी पट्टी किला हान्ना,गोइचा खर्क,भलाने,मुग्राहाँ,भित्रीखोला,आदी लेकरु पर्दछन् यहाँका लेकहरूमा सतुवा, हातजरी, पाँचऔँले जस्ता वनौषधीहरूका साथै रतुवा, घोरल, भालु, बाघ, थारल, बँदेल जस्ता जंगली जनावर र कालिज, प्याँउरा आदि जंगली चराहरू पाइन्छन्। यस गा.वि.स.को तल पट्टी कर्णाली नदी पर्दछ। यसको पूर्वमा बग्ने राँगोरहे खोला,बिचमा पर्ने खुनगाड खोला र पश्चिममा पर्ने ढोर खोला यहाँका मुख्य पानीका श्रोतहरू हुन्। यहाँ ठूला साना धेरै भिर पाखाहरू छन्।ति मध्य चुईके भिर, कोटे भिर, बान्ने भिर, भेरे पगार मुख्य हुन्। यहाँका भिरहरूमा जंगली मौरी (जसलाई भिरमौरी अथवा "भेरा" भनिन्छ) र सिलाजित प्रसस्त मात्रामा पाइन्छ।

जनसंख्या [सम्पादन गर्ने]

यो गाविसको जनसंख्या ३,९३१ रहेको छ। [१] यहाँ ६१९ वटा घरधुरीहरू छन्।

गाउँ [सम्पादन गर्ने]

पिपलकोट गा.वि.स.मा साना ठूला गाँउहरूत धेरै छन्। यो गा.वि.स.गाउँ नै गाउँहरू मिलेर बनेको छ।ति मध्य यो गा.वि.स.का मुख्य गाउँहरू यस प्रकार रहेका छन् :-

स्रोत [सम्पादन गर्ने]

  1. Village profile 2010

हेर्नुहोस् [सम्पादन गर्ने]

दैलेख जिल्लाका गाविसहरूको नक्शा

सन्दर्भ सामग्रीहरू [सम्पादन गर्ने]

  1. Village profile 2010

बाहिरी कडीहरू [सम्पादन गर्ने]