पिसाको लेनिङ टावर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पिसाको लेनिङ टावर
प्राथमिक विवरण
स्थान: इटाली
निर्देशांक: 43°43′23″N 10°23′47.10″E / 43.72306, 10.396417}
सम्लग्नता: रोमन क्याथोलिक
प्रान्त पिसा
जिल्ला: टुसकानी
चर्चको वा संगठनको अवास्था खुला
वेबसाइट: www.opapisa.it
वास्तुसम्बन्धि विवरण
वास्तुविद: बोनानो पिसानो
निर्माण सुरु: ११७३
निर्माण सम्पन्न: १३७२

पिसाको लेनिङ टावर इटालीको पिसामा अवस्थित तथा विश्वका सात आश्चर्यहरूको सूचीमा परेको टावर हो । इटलीमा पिसाको लेनिङ टावरलाई वास्तुशिल्पको अदभुत नमूना मान्ने गरिन्छ । आफ्नो निर्माण पश्चात यो टावर लगातार तल तिर ढल्किदै गएको छ जसको काराण यसलाई विश्व भरमा प्रसिद्ध गरेको छ । यसै कारण यो खतरा पनि बन्दै गएको थियो की यो टावर एक दिन झर्छ की ।

परियोजना[सम्पादन गर्ने]

पछिल्लो दस बर्ष देखि एउटा बिशेष परियोजाना आयोजना गरिएको छ जसको उद्देश्य यस टावरलाई स्थायित्व दिनु हो । यसै परियोजनाको परिणामस्वरूप टावरको उत्तर तर्फ रहेको जमीनबाट ७० टन माटो खनियो जसले गर्दा यस टावरलाई सिधा गर्न सकियोस । जब यो काम पुरा भयो त्यति खेर हेर्दा यो टावर लगातार सीधा रहेको देखिन्छ । सात बर्ष पछी अब यो टावर ४८ सेंटीमीटर सीधा भएको छ । इन्जिनियरको भनाई अनुसार पहिलो चोटी यो टावर अब पूर्ण रुपले स्थिर रहेको छ । वास्तुशिल्पको यो अनौठौ नमूना जब २०औ शताब्दिमा निर्माण कार्य हुँदै थियो त्यति खेर नै कामदारहरुलाई यो टावर एक तर्फ ढल्दै गैरहेको छ भन्ने भान भएको थियो । कामदारहरुले यसलाई ठिक पार्न प्रयास गरे तर यो पूर्ण तयार भएपछी एक तर्फ ढल्की सकेको थियो । पछी टावरको फिदमा र टावर भित्र एउटा हाईटेक क्यामेरा लगाइयो । जसबाट यो थाहा पाइयो को अब यो लेनिंग टावर अफ पिसा ढल्किन रोकिएको छ । यस कार्यक्रमको पर्वेक्षक रहेको अधिकारी भन्छन आउने दुई सय बर्ष सम्म यो टावर स्थिर नै रहन्छ ।

विश्व भरका लाखौ मानिस यस टावरलाई हेर्न पिसा आउने गर्छन । केहि बर्ष पहिला टावर ढल्ने खतरा देखिए पश्चात यसलाई बन्द गरिएको थियो । पुन: ११ बर्ष सम्म बन्द रहेर यो टावर सन् २००१ डिसेम्बरमा सुचारु गरियो । यस टावरको निर्माण कार्य सम्पन्न गर्न २०० बर्ष लागेको थियो ।[१]

चित्र दीर्घा[सम्पादन गर्ने]


सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]