पुजा खनाल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
बेपत्ता परिवारबाट संविधानसभा प्रतिनिधित्व गर्ने माओवादी सभासद्हरूमा एक हुनुहुन्छ पूजा खनाल 'दीपा'। दीपा भारतमा पक्राउ परेर नेपाल सुपुर्दगी गरिए पनि बेपत्ता नै रहेका चतुरमान राजबंशीपत्नी हुनुहुन्छ। राजबंशी माओवादी झापा इन्चार्ज हुनुहुन्थ्यो। राजनैतिक परिवारमा जन्मनुभएकी खनाल स्कुले जीवनदेखि एमाले अखिलबाट राजनीति थाल्नभएको थियो। ०५४ माओवादीमा भूमिगत राजनीति थाल्नुभएकी खनाल ०५५मा माओवादी निकट महिला संघको सुनसरी अध्यक्ष र ०५६मा माओवादी सुनसरी सदस्य चुनिनुभयो। ३२ वर्षीया खनाल जनयुद्धको समयमामा इलाम, झापा, सुनसरी र मोरङमा काम गर्नुभयो। कलाशास्त्रमा प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएकी खनाल बेपत्ता परिवार कोचिला राज्यको संयोजक पनि हुनुहुन्छ।
बेपत्ता, शहीद र घाइते अपांगका अधिकारलाई संविधानमै सुनिश्चित गर्ने उहाँको पहिलो मुद्दा छ भने अर्को महिलालाई राज्यको हरेक अंगमा समाबेस गर्ने। माओवादीको जनमुखी कार्यदिशा र आफूले पनि जनयुद्धमा गरेका बलिदानका कारण जनताले आफूलाई चुनेको बताउनुहुन्छ।[१]