पुण्य प्रसाद पराजुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुण्य प्रसाद पराजुली
पुण्य प्रसाद पराजुली
व्यक्तिगत
जन्म१३ सेप्टेम्बर १९६६
धर्मबौद्धधर्म, महायान
राष्ट्रियतानेपाली

पुण्य प्रसाद पराजुलीको जन्म सन् १९६६ सेप्टेम्बर १३ तारिखका दिन भोजपुरको चरम्बी गाविसमा भएको हो।

जीवनी[सम्पादन गर्नुहोस्]

पुण्य प्रसाद पराजुलीको जन्म २०२३ साल, भाद्र महिनाको २८ गते मंगलवार तदनुसार सन् १९६६ सेप्टेम्बर १३ तारिख पूर्वी नेपालको भोजपुर जिल्ला स्थित चरम्बी गा. वि. स. मा भएको थियो। छिमेकका गाउँलेहरूले मान्ने गरेको बौद्धधर्म प्रति सानै उमेर देखि आकर्षण भएका पुण्य, काठमाण्डौंमा अमृत साइन्स क्यापसमा बी. एस. सी. पढेर केही समय पथप्रदर्शक भै पर्यटन क्षत्रमा पनि काम गरे। नाथममा श्रीधर राणा सँग भेट भएपछि उनले बौद्धधर्मको महायान अभ्यास गर्नुका साथै तिब्बती भाषाको अध्ययन गरे। पुण्य प्रसाद पराजुली हाल नाथम लगायत अन्य संस्थाहरूमा बौद्धधर्म अध्यापन गर्नुहुन्छ। उहाँ लुम्बिनी विश्वविद्यालय सँग पनि आबद्ध हुनुहुन्छ। पुण्य प्रसाद पराजुली तिब्बती भाषाका अनुवादक हुन् । उहाँको पहिलो पुस्तकको नाम चोग्युर लिङ्पा जीवनी हो। उहाँका अन्य पुस्तकहरू निम्नलिखित छन्-

पुस्तकहरू[सम्पादन गर्नुहोस्]

  1. चोग्युर लिङ्पा जीवनी
  2. Seven Points of Mind Training
  3. इन्द्रधनुषी रंगहरू
  4. Parting from Four Attachment

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]