पुण्यप्रसाद रेग्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुण्यप्रसाद रेग्मी प्रसिद्ध नाम गायत्रीस्वरूप ब्रह्मचारी (१९९०–२०५९) आध्यात्मिक साहित्यकार हुन्। उनले विष्णु समर्चा, भागवत समर्चा, गायत्री मञ्जरी, पाञ्चायन पूजा एवं षट्चक्र चिन्तन जस्ता कृतिहरूको रचना गरेका छन्। पुण्यप्रसाद २०९० सालको महाभूकम्प हुनुभन्दा लगभग दश महिना अघि पिता जनकलाल रेग्मी र माता यशोदा रेग्मीका ज्येष्ठ पुत्ररत्नका रूपमा जन्मिएका थिए। उनले गायत्री माताको अनन्य भक्त एवम् साधक बनी बाह्र वर्षसम्म गङ्गा किनारको रेवा खण्डमा गायत्री पुरश्चरण गरेर गायत्रीस्वरूप ब्रह्मचारीको उपाधि प्राप्त गरे । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. खतिवडा, प्रा.भवानीप्रसाद (सम्पा.२०७१), गायत्रीस्वरूप ब्रह्मचारी स्मृतिग्रन्थ, झापा : गायत्रीस्वरूपाश्रम, गोलधाप