पुरन राना थारु
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कन्चनपुर जिल्ला क्षेत्र नम्बर १ का एकिकृत नेकपा माओवादी संविधानसभा सदस्य पुरन रानाथारु 'अङ्कुश' प्रत्यक्षतर्फबाट एक मात्र विजेता रानाथारु हुनुहुन्छ। एसएलसीसम्मको औपचारिक शिक्षा लिनुभएका पुरन २०६० सालदेखि मात्र राजनीतिमा लाग्नुभएको हो। उहाँ जनमुक्ति सेना र माओवादीको राजनैतिक संगठनमा समानान्तररूपले काम गर्नुभयो। निम्न वर्गीय परिवारमा ल73मीपुर ३ जोकलपुरमा उहाँको जन्मभएको हो। उहाँका परिवारका कुनै पनि सदस्य राजनीतिमा हुनुहुन्न। कांग्रेसका अमरसिंह रानाथारुलाई हराएर सभासद् बन्नुभएका पुरनका मुक्त कमैया र आदिवासीका पक्षमा आफूले संविधानमा लेखाउन पहल गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताउनुहुन्छ। पार्टीको क्रान्तिकारी नीति र विचारले नै आफूले चुनाव जितेका बताउँदै पुरन हाल पार्टीको जिल्ला समितिको सदस्य हुनुहुन्छ।[१]