पुराण

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ब्रह्म पुराणहरू[सम्पादन गर्ने]

  1. ब्रह्म पुराण
  2. ब्रह्माण्ड पुराण
  3. ब्रह्मवैवर्त पुराण
  4. मार्कण्डेय पुराण
  5. भविष्य पुराण

विष्णु पुराणहरू[सम्पादन गर्ने]

  1. विष्णु पुराण
  2. श्रीमद्भागवत् पुराण
  3. नारदेय पुराण
  4. गरुड पुराण
  5. पद्म पुराण
  6. अग्नि पुराण

शिव पुराणहरू[सम्पादन गर्ने]

  1. शिव पुराण
  2. लिङ्ग पुराण
  3. स्कन्द पुराण
  4. वायु पुराण

महापुराणहरू[सम्पादन गर्ने]

पुराणहरूको नाम श्लोक संख्या टिप्पणी
अग्नि पुराण १५,४०० श्लोकहरू अग्निलार्इ मूल प्रतिपाद्य विषय बनाइएको यस पुराणमा शिवस्वरूपको विशेष वर्णन गरिएको पाइन्छ । यस अतिरिक्त विभिन्न ऋषिमहर्षिद्वारा स्थापित मान्यता र अग्निका सम्बन्धमा पनि यसमा चर्चा गरिएको पाइन्छ । यसमा रहेको व्यापक दृष्टि र ज्ञान भण्डारका कारण यस पुराणको आफ्नै किसिमको विशेष महत्त्व रहेको छ । यसमा विशेषतः दशावतार, सृष्टि, मन्त्रशास्त्र, वास्तुशास्त्र, भूगोल, राजनीति, दुर्ग, धनुर्वेद, आयुर्वेद, छन्दशास्त्र, अलङ्रकारशास्त्र, व्याकरण तथा कोश जस्ता विषयहरू अन्तर्वस्तुका रूपमा आएका छन् । यसको पारायण ५/६ दिनमा गर्ने विधान छ । [१]
भागवत् पुराण १८,००० श्लोकहरू याे पुराण सबैभन्दा बेसी पढिने र कथा सुनिने पुराणका रूपमा प्रसिद्ध छ ।यसकाे प्रमुख वर्ण्य विषय भक्तियाेग हाे । याे अन्य सबै पुराणकाे निचाेड हाे । यसलार्इ पूर्वीय वाङ्मयकाे मुकुटका रूपमा लिइन्छ । यस महापुराणका लेखक वेदव्यास हुन् । यसका वक्ता बालयाेगी शुकदेव स्वामी हुन् भने श्राेता परीक्षित हुन् । यसमा बाह्र स्कन्ध छन् । प्रथम स्कन्धमा भक्ति, ज्ञान, वैराग्यकाे वर्णन; द्वितीय स्कन्धमा ब्रह्माण्डकाे उत्पत्ति; तृतीय स्कन्धमा उद्धवद्वारा श्रीकृष्णका बाल चरित्रकाे अध्ययन; चतुर्थ स्कन्धमा ध्रुव एवं पृथु चरित्र; पञ्चम स्कन्धमा समुद्र, पर्वत, नदी, पाताल, नरक अादिकाे स्थिति; षष्ठ स्कन्धमा देवता, मनुष्य, पशु, पक्षी अादिका जन्मकाे कथा; सप्तम स्कन्धमा हिरण्य कशिपु, हिरण्याक्ष एवं प्रह्लादकाे कथा; अष्टम स्कन्धमा गजेन्द्रमाेक्ष, मन्वन्तर र वामन अवतारकाे कथा; नवम स्कन्धमा राजवंश वर्णन र श्रीराम कथा; दशम स्कन्धमा श्रीकृष्णलीला वर्णन; एकादश स्कन्धमा यदुवंश संहार वर्णन एवं अध्यात्म दर्शन र द्वादश स्कन्धमा विभिन्न युग, प्रलय तथा भगवान्का उप अङ्गहरूकाे वर्णन गरिएकाे पाइन्छ ।[१] यसकाे अनुष्ठान-समय सात दिन हाे यसलार्इ सप्ताह भनिन्छ । [२] भगवान् कृष्णको महिमाको वर्णन र भक्तिको कथा भएकाे यस पुराणलार्इभक्ति आन्दोलनकाे संज्ञा दिन पनि सकिन्छ ।[३]
भविष्य पुराण १४,५०० श्लोकहरू यसमा भविष्यमा हुने कलि-धर्मका विषयमा व्यापक वर्णन गरिएको छ । स्त्री र पुरुषका लक्षण, समय र वस्तु आदिको परिवर्तनका कुराहरू यस पुराणभित्र पाइन्छन् । एक शब्द यसलार्इ वातावरणीय पुराण भन्न सकिन्छ । यसको अनुष्ठान समय ७ अथवा ९ दिन हो । [१]
ब्रह्म पुराण १०,००० श्लोकहरू सृष्टि, रहस्य एवं ब्रह्मप्रतिपादन यस पुराणको मूल विषय हो । यस पुराणमा पृथु राजाको चरित्र, सूर्य एवं चन्द्रवंश वर्णन, श्रीकृष्ण चरित्र, चिरञ्जीवी मार्कण्डेय मुनिको चरित्र, तीर्थहरूको माहात्म्य एवं अनेक भक्तिपरक आख्यानहरूको सुन्दर चित्रण गरिएको छ । यस पुराणमा ब्रह्मलार्इ सर्वेपरि मानिएको छ । यसको अनुष्ठान ५ या ७ दिनमा गर्ने प्रावधान छ । [१][२]
ब्रह्माण्ड पुराण १२,१०० श्लोकहरू यसको प्रतिपाद्य मूल विषय विश्व ब्रह्माण्डको सृष्टिक्रम वर्णन गर्नु रहेको छ । यसको अनुष्ठान समय ५ या ७ दिन रहेको बताइएको छ ।[१] ललित सहस्रनाम यसमा छ ।
ब्रह्मवैवर्त पुराण १८,००० श्लोकहरू ब्रह्म उत्पत्ति, स्थिति एवं प्रलय प्रतिपादनका साथै ब्रह्मले अवतार लिएका विशेष क्षेत्रहरूको वर्णन र मानव कल्याण यसको मूल प्रतिपाद्य विषय रहेको पाइन्छ । ७ या ९ दिनमा यसको अनुष्ठान गर्ने विधान छ । [१]
गरुड पुराण १९,००० श्लोकहरू यस पुराणमा गरुड श्रोताका रूपमा र नारायण वक्ताका रूपमा रहेका छन् । सर्ग वर्णन, देवार्चन, तीर्थ वर्णन, भुवन वृत्तान्त, मन्वन्तर, वर्णधर्म, मृत्यु वर्णन, स्वास्थ्य विज्ञान, अष्टाङ्ग योग,आयुर्वेद, विविध शास्त्र, वेदाङ्ग आदिका बारेमा विषद व्याख्या गरिएको यस पुराणको अनुष्ठान ७ या ९ दिनमा पूर्ण गर्ने विधान छ ।
हरिवंश पुराण १६,००० श्लोकहरू इतिहासको रूपमा मानिएको याे पुराण १८ महापुराण भित्र पर्दैन । याे १८ अाैपपुराणभित्र पर्दछ । सन्तानकाे इच्छा गर्ने व्यक्तिहरूले यसकाे अनुष्ठान गर्छन् । यसमा विशेष गरी हरिकाे वंशवर्णन गरिएकाे छ ।
कूर्म पुराण १७,००० श्लोकहरू
लिङ्ग पुराण ११,००० श्लोकहरू
मार्कण्डेय पुराण ९,००० श्लोकहरू देवी महात्म्यम्, शक्तिको वर्णन
मत्स्य पुराण १४,००० श्लोकहरू उदाहरण
नारद पुराण २५,००० श्लोकहरू उदाहरण
पद्म पुराण ५५,००० श्लोकहरू उदाहरण
शिव पुराण २४००० श्लोकहरू उदाहरण
स्कन्द पुराण ८१,१०० श्लोकहरू सबैभन्दा लामो
वामन पुराण १०,००० श्लोकहरू
वराह पुराण १०,००० श्लोकहरू
वायु पुराण २४,००० श्लोकहरू
विष्णु पुराण २३,००० श्लोकहरू

सन्दर्भ[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ गुरागाइँ, कृष्णप्रसाद (२०६६), पुर्वीय चिन्तन परम्परा (२०६६ : १६१), काठमाडौँ: विद्यार्थी प्रकाशन प्रा.लि.
  2. Monier-Williams 1899, p. 752, column 3, under the entry Bhagavata.
  3. Hardy 2001