पुर्ण प्रसाद राजवंशी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई हराएर सभासद् बन्नुभएका राजबंशी माओवादी राज्य समिति सदस्य तथा कोचिला राष्ट्रिय मुक्तिमोर्चा अध्यक्ष हुनुहुन्छ। अन्तरिम व्यवस्थापिकामा विधायकसमेत भइसक्नुभएका सभासद् सूर्य संविधानसभामा प्रतिनिधित्व गर्ने ५ जना सभासद्मध्ये प्रत्यक्षबाट चुनिनुभएका सूर्य एक मात्र हुनुहुन्छ। ०४७ देखि राजनीतिमा सक्रिय रहनुभएका सूर्य ०५४ देखि भूमिगत राजनीतिमा होमिनुभएको थियो। उहाँ ०५४ मै माओवादी जिल्ला समितिम पुग्नुभएको थियो।
जातीय स्वशासन र आत्मनिर्णयको अधिकारसहितको सङ्घीय राज्यको चित्र सविधानमै उतार्ने उहाँको मुख्य एजेण्डा छ। माओवादीले लिएको कार्यदिशा र झापाका आदिवासीका प्रतिनिधि, जनमुक्तिको लागि त्याग गरेकाले पनि आफूलाई जिताएको हुनुपर्ने सूर्यको दाबी छ।[१]