पुल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
पुल एक प्रकारको ढाँचा हो जसको माध्यमबाट दुई किनारालाई जोडेर एक किनाराबाट अर्को किनारा पुग्न मद्दत पुर्याउछ। पुलहरू नदी, खोला, नाला, नहर, दुई पहाड मध्य, खाल्टा अथवा ब्यस्त शहरहरूमाथि बनाईन्छ। नदी नालामाथि पुल एक किनाराबाट अर्को किनारासम्म पुग्नलाई बनाईन्छ तर ब्यस्त शहरहरूमा पुल जस्लाई अंग्रेजीमा फ्लाइब्रिज (Flybridge) वा ओभरब्रिज (Overbridge) भन्छन् यी ब्रिजहरूका प्रयोग वैकल्पिक मार्गको रूपमा अथवा ट्राफिक (Traffic) जामबाट बच्नलाई बनाईन्छ।
इतिहास [सम्पादन गर्ने]
सर्वप्रथम पुल प्राकृतमा आफै बनेको हो। नदी अथवा खोलाको किनारमा भयेको रुख ढलेर एक किनारबाट अर्को किनारलाई छुने घटना धेरै पहिलानै घटेको होला अत: त्यही पुल सर्वप्रथम पुल मानिन्छ। नदी अथवा खोलाको बीच बीचमा भयेको ठुल ठुला ढुंगापनि प्राकृतिक पुलका उदाहरण हुन।
मानव द्वारा निर्मित सर्वप्रथम पुल शायद काठ अथवा बाँसका थिए। केही प्राचीन अमेरिकीहरूले शुरुमा काठ र बाँसको प्रयोगलेनै साना साना पुलहरू बनाएर साना साना खाल्टा खुल्टो वा नदी पार गर्ने गर्थे।