पुष्कर शमशेर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुष्कर सम्शेर नेपालका प्रसिद्ध कोशकार तथा भाषाशास्त्री हुन्। काठमाडौँको सम्पन्न दरबारी वातावरणमा जन्मने पुष्कर शमशेरले आवश्यक उच्चशिक्षा प्रप्त गरी नेपाली भाषा प्रकाशिनी समितिको अध्यक्ष तथा त्रिचन्द्र कलेजको नेपाली विषयको प्राध्यापक पदमा समेत रहेर काम गरेका हुन् । उनका प्रकाशित पुस्तकहरू यसप्रकार छन् -

  • उखान टुक्का वाक्पद्धति इत्यादिको कोश (१९९८),
  • अङ्ग्रेजी नेपाली शब्दकोश (पहिलो भाग १९९३),
  • अङ्ग्रेजी नेपाली शब्दकोश (दोस्रो भाग १९९५),
  • नेपाली सजिलो व्याकरण (२००१)
  • ओथेलो (अनुवाद (२०१८)
  • शी (अनुवाद १९९८)
  • पुष्करशमशेरका कथा (२०४४)

उपर्युक्त पुस्तकका अधारमा हेर्दा उनी कोशकार, व्याकरणकार, अनुवादक र कथाकारका रूपमा परिचित देखिन्छन् । कथाकार पुष्करका कवितामा तार्किकता प्रबल रूपमा रहेको देखिन्छ । लामो समयसम्म नेपाली साहित्यको सेवा गर्ने पुष्कर आफ्नो सैद्धान्तिक अडानमा अटल रही भाषा साहित्यको सेवामा संलग्न दृढ व्यक्तित्त्व थिए ।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (सं.२०५६), नेपाली लेखक कोश, काठमाडौँ लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान