पुष्प नेपाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:पुष्प नेपाली.jpg
पुष्प नेपाली

पुष्प नेपाली (वि.सं.१९८८ साल पुष १९ - वि.सं. २०५८ साल कात्तिक २७) नेपालका वरिष्ठ गायक, गीतकार तथा संगीतकार हुन्।उनलको वास्तविक नाम पुष्प जोशी हो।

वाल्यकाल[सम्पादन गर्नुहोस्]

पुष्प जोशीको जन्म काठमाडौंमा भएको हो। उनी पृथ्वीलाल र कृष्णकुमारी जोशी का तीन छोरा र चार छोरी मध्ये कान्छा हुन्। उनका पिता पृथ्वीलाल जोशी पनि नेवारी धिमे वाजा बजाउने शिल्पी थिए। पुष्प नेपाली उनका जेठा दाजु उस्ताद विष्णुलाल जोशीको प्रेरणाले संगीतमा लागेका थिए।उनि सानै देखि संगीत, गायन, शव्द रचना तथा नाटकमा पनि अग्रसर भएर। उनी १७ वर्षको उमेरमा भरत गएर नेपालको राणा शासन बिरूद्ध लडेको मुक्तिसेनामा पनि भर्ति भएका थिए।

योगदान[सम्पादन गर्नुहोस्]

नेपालमा प्रजातन्त्रको आगमन पछि वि.सं. २००८ साल देखि पुष्प नेपाली तत्कालिन नेता गणेशमान सिंहको सिफारिसमा रेडियो नेपालमा सेवा सुरू गर। रेडियो नेपालमा प्रवेश गरेपछि उनले थुप्रै गीतहरूको सिर्जना गर्ने मौका पाए। करिव आठ वर्षको सेवापछि उनले रेडियो नेपालको सेवाबाट अवकाश लिएर स्वतन्त्र गायकको रूपमा काम गर्न थाले। तर राजा महेन्द्रले उनलाई फेरी रेडियो नेपालको सेवामा बोलाए र उनले फेरी रेडियो नेपालको सेवा सुरू गरे। त्यस पछि उनले रेडियो नेपालमा करिव २५ वर्ष सेवा प्रदान गरे।

उनले वि.सं. २०३६ सालसम्ममा करिव पाँच सय गीतहरू गाए र थुप्रै गीतहरूमा संगीत भरे तथा गीतका शव्दहरू लेखे।पुष्प नेपाली राजा महेन्द्रका मनपर्ने गायक थिए। उनी बेलाबखतमा राजदरबारमा गीत गायनका लागि जाने गर्दथे।

सम्मान तथा पुरस्कार[सम्पादन गर्नुहोस्]

तत्कालिन समयमा आयोजना हुने प्रतिस्पर्धात्मक कार्यक्रम अखिल नेपाल सम्मेलनमा उनी तीन पटक ‘प्रथम’। त्यसका साथै उनले गोरखा दक्षिम बाहु लगायतका विभिन्न विभुष्ण र सम्मानहरू पाएका छन्।

पारिवारिक जीवन[सम्पादन गर्नुहोस्]

उनको विवाह ३२ वर्षको उमेरमा १८ वषिर्या मीना देवानसँग परम्परा विपरित भएको हो। उनका एक छोरा तथा एक छोरी छन्।

गीतहरू[सम्पादन गर्नुहोस्]

  • सितल माथि नि ,सितल भयो नि
  • आज किन साथी मलाई रोऊ रोऊ लाग्छ
  • बिदा हुने भैगयो बेला
  • बोल्छ चरी
  • हुदैन टाढा मन परे पछि