पुष्प बिक्रम मल्ल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

एकिकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत धादिङ १ बाट विजयी संविधान सभा सदस्य पुष्पविक्रम मल्ल जनयुद्ध र त्यसबाट प्रशिक्षित जनता नै आफ्नो विजयको कारण भएको बताउनुहुन्छ।

डिल्लीकुमारी र महेन्द्रध्वजका पुत्र मल्ल वि.स. २०११ साल साउन २ गते धादिङ सल्यानकोट -८ कार्कीगाउँमा जन्मनु भएको थियो। राजनीतिशास्त्रमा स्नातकोत्तर, र कानूनमा स्नातक तहसम्मको अध्ययन पुरा गर्नुभएका मल्ल ११ वर्षसम्म शिक्षण पेशामा संलग्नु हुनुहुन्थ्यो। २०४७ सालमा शिक्षण छोडी जनमोर्चा नेपालको पूर्णकालीन कार्यकर्ता भएर मल्ल राजनीतिमा होमिनु भएको थियो।

२०३२ सालमा तत्कालिन पञ्चायती व्यवस्था विरुद्धको राजकाज मुद्दामा ४ महिना जेल पर्नु भएका मल्लले २०३१ सालमा नै कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएको थियो। वि सं २०४७मा जिल्ला सचिव तथा २०५१ सालमा बागमती क्षेत्रीय ब्युरो सदस्य हुनुभएका मल्ल २०५४ सालमा एकिकृत नेकपा माओवादीको धादिङ जिल्ला सचिव हुनुहुन्थ्यो। २०५६ सालमा क्षेत्रीय ब्युरो सदस्य हुनुभएका मल्ल वि.स. २०५९ देखि २०६२ सालसम्म माओवादीको बैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्थ्यो।

जनयुद्धमा नुवाकोट, रसुवा, गोर्खा, जमजुङ, कास्की, मनाङ, पर्वत, स्याङ्जा, तनहु र चितवन सहितका जिल्लामा जिम्मेवारी सम्हालेका मल्ल पछिल्लोपटक ताम्सालिङ राज्य समितिका वरिष्ठ सचिवालय सदस्य र धादिङ जिल्ला इन्चार्ज हुनुहुन्छ। सङ्घीय गणतान्त्रिक संविधान लेख्न नै आफू केन्द्रित हुने मल्लको धारणा छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा