पुष्प भुसाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पुष्प भुसाल

अर्घाखाँची क्षेत्र नं.२बाट निर्वाचित पुष्पा भुसाल नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०५६को संसदीय निर्वाचनमा समेत सोही क्षेत्रबाट सहभागी भुषालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको छ र त्यति नै अवधिसम्म वकालत पेशामा आवद्ध रहिसक्नुभएको छ। कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर भुषाल अध्ययनका साथै समाचार सुन्न विशेष रुचि राख्नुहुन्छ। विभिन्न पत्र पत्रिकामा उहाँका लेखरचना प्रकाशित हुँदै आएका छन्। नेपाल वार एसोसिएसनका केन्द्रीय सदस्य रहिसक्नुभएकी ४७ वर्षीया भुसाल एक छोरीकी आमा हुनुहुन्छ। २०१५ सालको बी.पी.कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहनुभएका आफ्ना बुबा काशीनाथ गौतम २०१७ सालमा प्रजातन्त्रको हत्या भएपछि १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा भुषाल पनि उहाँसँगै हुनुहुन्थ्यो। त्यही अबधिमा आफूले राजनीतिमा लाग्ने अठोट गरेको बताउने भुषाल २०२८ सालदेखि सक्रिय राजनीतिमा होमिनुभएको हो। हाल उहाँ पार्टीको केन्द्रीय कानूनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव हुनुहुन्छ। पार्टीमा निरन्तरता, इमान्दारी, कटिबद्धता र जिल्लावासी सँगको निकट सम्बन्धले आफूलाई संविधानसभामा विजयी बनाएको बताउने भुषालले संबिधानसभामा प्रमुखतासाथ उठाउने अठोट गरेका दुई मुद्दा हुन्- क. लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने, ख. महिला र युवाको समस्यालाई विशेष रूपमा सम्बोधन गर्ने।

[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा