पूर्व-पश्चिम राजमार्ग
नेपाली विकिपीडियाबाट
पूर्व-पश्चिम राजमार्ग नेपालको सबैभन्दा लामो राजमार्ग हो। यो राजमार्ग नेपालको तराईमा पूर्वदेखि पश्चिमसम्म फैलिएको छ। खासगरी भारत तथा सोभियत संघको सहयोगमा निर्माण भएको यो राजमार्गको लम्बाई करिव १०५० किलोमिटर छ। झापाको काँकरभिट्टादेखि कञ्चनपुरको बनबासा सम्मको दुरी तय गर्दा यो राजमार्गले कोशी, बाग्मती, गण्डकी, कर्णाली जस्ता ठूलठूला नदीहरू पार् गर्दछ। राजा महेन्द्रले सन् ####मा निर्माण शुरू गरेको यो राजमार्गको नाम उनकै नामबाट महेन्द्र राजमार्ग राखिएको भएता पनि जनताले यसलाई पूर्वपश्चिम राजमार्ग भन्न रूचाउँछन्।