पूर्व सिक्किम
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
पूर्वी सिक्किम भारतीय राज्य सिक्किमको चार प्रशासनिक जिल्लाहरू मध्येको एक जिल्ला हो। भौगोलिक दृष्टिले, पूर्वी सिक्किम राज्यको दक्षिण पूर्वी कुनामा छ। पूर्वी सिक्किमको सदरमुकाम राजधानी गंगटोक हो, जुन राज्यको राजधानी पनि हो। यो राज्यको सबै प्रशासनिक गतिविधिहरूको केंद्र हो।
यो जिल्ला २४४,७९०(२००१) मानिसहरूको आबादीसँग ९६४ बर्ग किमी फैलिएको छ। नागरीक क्षेत्र केन्द्र सरकारद्वारा नियुक्त जिल्ला कलेक्टर प्राशासित हुन्छ भने, सैन्य क्षेत्र मेजर जनरलद्धारा।
सैनिक बिबेकमा, यो जिल्ला धेरै नै संवेदनशील क्षेत्र भएकोले गंगटोकको अधिकांश पूर्व क्षेत्रहरू र चीन र भूटानसंगको आफ्नो सीमाहरूको नजीकै क्षेत्र भारतीय सेनाको नियन्त्रणमा छ। यो क्षेत्रमा पर्यटकलाई नियन्त्रित गरिएको छ, गंगटोकको पूर्व क्षेत्रहरूमा पर्यटकहरूलाई केही क्षेत्रहरू मात्र खुला छं। टसोनगमो पोखरि, बाबा मंदिर र नाथूला भञ्याङ् लोकप्रिय पर्यटन स्थलहरू हुन। नाथूला भञ्याङ् प्राचीन सिल्क रोड शाखा बनाईएको थियो जसले भारतलाई ल्हासासँग जोडदथ्यो। यो भञ्याङ्न र प्रसिद्ध बाबा मंदिर भारतीय नागरिकहरूलाइ लागि मात्र खुला छं। यो क्षेत्रमा प्रवेश गर्न अनुमतिपत्र चाहिन्छ, यो इनर लाइन अनुमतिपत्र प्रस्थान गर्नुभन्दा एक दिन पहिले प्राप्त गर्नु पर्ने हुन्छ। यो अनुमतिपत्र नजीकै स्थानीय पर्यटन कार्यालयको माध्यमबाट बनाईन्छ। गंगटोक, उत्तरी गंगटोकको फोन्दोन्ग मठ र अन्तर्राष्ट्रीय स्तरमा प्रसिद्ध रुम्तेक मठ अन्य पर्यटन क्षेत्रहरू हुन।
पूर्वी सिक्किममा मानिसहरू नेपाली नेपाली जातीयताका छन्, १९ औं शताब्दीमा बेलायतीहरूले यो राज्यलाई आफ्नो बनाएपछि कामको खोजीमा पुगेका हुन। अन्य जातिहरूमा भूटिया, तिब्बतियों र लेप्चाहरू शामिल छन्। यो क्षेत्रमा नेपाली प्रभाबशाली भाषा हो।
पूर्वी सिक्किम आफ्नो इतिहासको अधिकांश कालमा सिक्किम राज्यको हिस्सा थियो। १९ औं शताब्दीमा, यो जिल्ला भूटानी शासनको अधीनमा थियो। एंग्लो भुटान युद्ध पछि,यो क्षेत्र लगभग ब्रिटिश सेनाको अधिनमा थियो। १९४७मा भारतको स्वतन्त्रता पछि क्षेत्र भारतको सुरक्षाको अन्तर्गत सिक्किम राज्यको भाग थियो। १९६२को भारत चीन युद्धको समयमा, नाथूला भञ्याङ् भारत र चीन बीचको केही भिडन्तहरू देख्यो। १९७५ मा, भारतको २२ औ राज्यको रूपमा सिक्किम औपचारिक रूपले भारतीय संघको भाग बन्यो।