पृथ्वीनारायण नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
गोर्खा नगरपालिका
335px
पृथ्वीनारायण नगरपालिकामा अवस्थित गोरखा दरवार
स्थापना : २०५३ साल
अञ्चल: गण्डकी अञ्चल
जिल्ला: गोरखा जिल्ला
क्षेत्रफल: -
जनसंख्या: - वडा संख्या: -
भौगोलिक अवस्थिति: पहाडी प्रदेश
मेयर:  ??
टेलिफोन कोड: ०६४
वेबसाईट: -
 हे  वा  सं 
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

पश्चिमाञ्चल नेपालमा पर्ने गोरखा नेपाल निर्माता राजा पृथ्वीनारायण शाहको राजधानी हो। पृथ्वीनारायण कै नाम बाट यस नगरपालीकाको नाम राखीएको हो। ऐतीहासीक गोरखा दरवार बजारको माथील्लो टाकुरामा अवस्थीत छ। तल्लो दरवार, संग्राहलय, बजार छेउको तल्लो दरवारमा छ। गोरखा जिल्लाको सदरमुकाम समेत रहेकाले यांहा सबै जिल्ला स्तरीय कार्यालय रहेका छन्। गोरखामा द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा क्याम्पस लगायतका क्याम्पस तथा विद्यालयहरू रहेका छन। गोरखा अस्पताल लगायत केही निजी स्वास्थ संस्था पनि रहेका छन, गोरखा शहरमा झन्डै ३५ हजार मानीस बसोबास गर्दछन। गोरखा बजारको टेलीफोन कोड नं. ०६४ हो।

विषयसूची

इतिहास [सम्पादन गर्ने]

प्राचीन गोरखा राज्य खडा भएको स्थान नै अहिलेको पृथ्वीनारायण नगरपालिका हो। द्रव्य शाहद्वारा वि.सं. १६१६मा स्थापना भएको गोरखा राज्य भविष्यमा बृहत् नेपाल राज्य निर्माणको केन्द्रविन्दु बन्नपुग्यो। गोरखा राज्यको विस्तारबाट नै कालान्तरमा नेपालको एकीकरण हुनपुग्यो। नेपाल एकीकरणको सूत्रपातस्थल वर्तमानको पृथ्वीनारायण नगरपालिका नै हो।

भौगोलिक स्थिति [सम्पादन गर्ने]

वीर गोरखाली भनी विश्व रंगमञ्चमा नेपाली जातिको परिचय गराउन सफल गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं. एक अन्तर्गत ११ वडामा विभाजित पृथ्वीनारायण नगरपालिकाको पूर्वमा फिनाम र बुङ्गकोट, पश्चिममा मिरकोट र खोप्लाङ्ग, उत्तरमा नारेश्वर र छोप्राक तथा दक्षिणमा बक्राङ्ग र देउराली गाविस छन्। साठी दशमलव २८ वर्ग कि.मि. क्षेत्रफलमा रहेको उक्त नगरपालिका समुद्री सतहबाट ३२८ देखि १५२२ मिटरको उचाइमा छ।

जनसंख्या [सम्पादन गर्ने]

पाँच हजार ५ सय ८८ घरधुरी तथा ५ हजार ३५ परिवार संख्या भएको नगरपालिकामा १३ हजार ४ सय २ महिला तथा १२ हजार ३ सय १ जना पुरूष गरी कुल जनसंख्या २५ हजार ७ सय ८३ छ। उक्त नगरपालिकामा सबैभन्दा बढी जनसंख्या मगरको, दोस्रो क्षेत्रीको, तेस्रोमा नेवारको तथा चौथो ब्राह्मणको छ। सबैभन्दा कम ७ जना महतो र ९ जना कुसुले जातिको घरधुरी १/१ रहेको उक्त नगरपालिकामा सार्की, कुमाल, कामी,योगी, गुरुङ, दमै, तामाङ्ग, घर्ती, कसाई, गाइने, लामा, दराई, घले, मियाँ, वादी, शाह, शाक्य, सुनार, हमाल, गिरी, ठकु्री, लिम्बु आदि २८ जातिको बसोवास छ। यी जातिको भिन्ना-भिन्नै धर्म, संस्कृति, रीतिरिवाज एवं रहनसहन र चाडपर्व भएता पनि नगरपालिकामा नेपाल र नेपालीको प्रमुख चाडपर्व तथा मौलिक संस्कृति र सामाजिक रहनसहनमा खासै परिवर्तन छैन।

नगर [सम्पादन गर्ने]

२०५४ सालमा भएको नगरपालिका निर्वाचनबाट नगरप्रमुखमा विश्वेश्वरप्रसाद कट्टेल र उप-प्रमुखमा रामशरण बस्न्यात (नेकपा एमाले) विजयी भएका थिए।

स्रोत [सम्पादन गर्ने]


सन्दर्भ सामग्री [सम्पादन गर्ने]

बाह्य सूत्र [सम्पादन गर्ने]