पेड्कु नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पेड्कु गाविस क्षेत्रफलको दृष्टिले जिल्लाकै सबै भन्दा सानो गाविस हो। यस गाविस सदरमुकाबाट ६ कोष दुरी टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल ५.३२ वर्ग किलोमिटर छ। पेड्कुको पूर्वी सिमानामा तौथली गाविस तथा जेठल गाविस, पश्चिममा पांग्रेटार तथा ठूलोपाखर गाविस, उत्तरमा तौथली गाविस र दक्षिणमा जेठल गाविस पर्दछन। तौथली थुम अन्तर्गत पर्ने यस गाविसाम औसत हावापानी पाइन्छ। यस गाविसमा क्षेत्री र तामाङ जातिहरूको बाक्लो बसोबास छ। गाविसका अधिकांश जनताहरू कृषिमा नै निर्भर हुने गर्दछन। पेड्कुको प्रमुख कृषिबाली, धान, गहुँ र मकै हो। निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने विसं २०५८ सालमा यस गाविसको साक्षरता दर ४७ थियो। सोही सालमा पेड्कुमा कुल घरपरिवार ४०७ मध्ये कुल जनसंख्या १९२७ थियो। [१]
- ↑ "पेड्कु"