पेड्कु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पेड्कु
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

पेड्कु नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पेड्कु गाविस क्षेत्रफलको दृष्टिले जिल्लाकै सबै भन्दा सानो गाविस हो। यस गाविस सदरमुकाबाट ६ कोष दुरी टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल ५.३२ वर्ग किलोमिटर छ। पेड्कुको पूर्वी सिमानामा तौथली गाविस तथा जेठल गाविस, पश्चिममा पांग्रेटार तथा ठूलोपाखर गाविस, उत्तरमा तौथली गाविस र दक्षिणमा जेठल गाविस पर्दछन। तौथली थुम अन्तर्गत पर्ने यस गाविसाम औसत हावापानी पाइन्छ। यस गाविसमा क्षेत्रीतामाङ जातिहरूको बाक्लो बसोबास छ। गाविसका अधिकांश जनताहरू कृषिमा नै निर्भर हुने गर्दछन। पेड्कुको प्रमुख कृषिबाली, धान, गहुँ र मकै हो। निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने विसं २०५८ सालमा यस गाविसको साक्षरता दर ४७ थियो। सोही सालमा पेड्कुमा कुल घरपरिवार ४०७ मध्ये कुल जनसङ्ख्या १९२७ थियो। [१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "पेड्कु", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]