पोखरा उपमहानगरपालिका
| पोखरा उपमहानगरपालिका | |
| 335px | |
| पोखरा उपमहानगरपालिकामा अवस्थित फेवाताल पृष्ठभूमिमा अन्नपूर्ण हिमश्रृङ्खला | |
| स्थापना : | २०१६ साल (नगरपालिका), २०५२ माघ १८ (उपमहानगरपालिका) |
|---|---|
| अञ्चल: | गण्डकी अञ्चल |
| जिल्ला: | कास्की जिल्ला |
| क्षेत्रफल: | १० बर्ग कि.मि. |
| जनसंख्या: | पाच् लाख् जति |
| वडा संख्या: | -१८ |
| भौगोलिक अवस्थिति: | पहाडी प्रदेश, पोखरा उपत्यका |
| मेयर: | ?? |
| टेलिफोन कोड: | ०६१ |
| वेबसाईट: | Official Website |
पोखरा उपमहानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ। पोखरा शहर नेपालको ठूलो शहर हो। यसैले यसलाई नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ। यहाका महत्पूर्ण स्थानहरूमा फेवाताल, महेन्द्र गूफा, पातले छाँगो, सराङ्गकोट आदि पर्द्छ्न।
पोखरा नेपालको पश्चिमाञ्चल विकासक्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा पर्दछ। यो सहर कास्की जिल्लाको जिल्ला सदरमुकाम, गण्डकी अञ्चलको अञ्चल सदरमुकामका साथै पश्चिमाञ्चल विकासक्षेत्रको पनि सदरमुकाम हो।
पोखरा शहर नेपालको प्रमुख शहरमध्ये एक हो। जसको फैलावट २८.२४ उत्तर देखि ८३.९९ पूर्वसम्म रहेको छ। यो कास्की जिल्लाको सदरमुकाम हो। पोखरा पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्दछ। पोखरा नेपालको प्रमुख पर्यटकिय गन्तब्य स्थलमध्ये पर्दछ। देश अनि बिदेशबाट हजाऔ पर्यटक पोखरा भ्रमण गर्न पर्द्छ्न।
विषयसूची |
भुगोल
पोखरा पोखरा उपत्यकाको उत्तर पूर्वी कुनोमा अवस्थित छ | धौलगिरि, अन्नपूर्ण र मनास्लु श्रृंखला, ८००० मिटर भन्दा अग्ला हिमालहरू यहांबाट देखिन्छ। फेवातालले पोखराको सौन्दर्य अझै बढाएको छ। पोखरा नेपालकै सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो। यहाँ पाताले, महेन्द्र, र गुप्तेश्वर गुफा पनि पर्यटकीय स्थल हुन्। माछापुछ्रे हिमाल पोखराबाट मनोरम देखिन्छ।
इतिहास
वर्तमान नेपाल एकीकरण हुनु अगाडी पोखरा कास्की राज्यअन्तर्गत थियो। ऐतिहासीक कास्कीकोट उपत्यकाका उत्तरी छेउमा रहेको छ। पृथ्वी नारायण शाहका माहिला छोरा नायव बहादुर शाहको समयमा पोखरा उपत्यका बर्तमान नेपालमा मिलाइएको हो।
जनसङ्ख्या
यहाँको जनसंख्या करिब दुई लाख २५ हजार छ। ५ दशमलव ४६ प्रतिशत जनसंख्या वृद्धि रहेको यहाँको वृद्धिदर अधिराज्यमै सर्वाधिकमध्ये पर्छ। यहाँ घरसंख्या ४० हजार छ। सन् २००१को तथ्याङ्कअनुसार यहाँ बाहुन २२ दशमलव ८३ प्रतिशत, गुरूङ २१ दशमलव ६२ प्रतिशत, मगर ८ दशमलव २० प्रतिशत, क्षत्री १५ दशमलव ३५, दलित ८ दशमलव ७१ प्रतिशत रहेको यहाँ नेवार, मुस्लिम, तामाङ, थकाली आदि जनजाति बस्छन्। परम्परागत पेसा व्यवसायका अलावा बाहिर काम गरेर आएका मानिस र लाहुरेको बसोबास बढी भएको पोखरालाई महङ्गो सहर पनि भनिन्छ।
अर्थ
पोखरा तथा लेखनाथको मुख्य व्यवसाय पर्यटन हो।
पर्यटकिय स्थलहरू
पोखरा उपमहानगरपालिकामा विन्ध्यवासिनी मन्दिर, धर्मशिला बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण मन्दिर, भद्रकाली मन्दिर, शोभाभगवती मन्दिर, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर, शिवहरि मन्दिर तथा नमोबौद्ध गुम्बा आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने सेती नदीको गल्छी, चमेरे गुफा, पाताले छाँगो, महेन्द्र गुफा, गुप्तेश्वर गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायाँ तथा झरनाहरू प्रमुख पर्यटकीय आकर्षण हुन। फेवातालमा पर्ने माछापुच्छ्रे हिमालको छाँया तथा बेगनासमा गरीने डुङगा सयर बिर्सिनसक्नुका छन। साथै अन्नपूर्ण पदमार्ग पनि यहीबाट शुरू हुन्छ।
शिक्षा तथा स्वास्थ्य
साथ साथै पोखरा उपत्यका पश्चिमान्चल नेपालको प्रमुख शिक्षा तथा श्वास्थ केन्द्र पनि हो , नेपालकै प्रख्यात पृथ्वी नारायण क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविधालय तथा अन्य क्यापस तथा विद्यालय रहेको पोखरामा पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा, मणीपाल मेडीकल कलेज शिक्षण अस्पताल सहित थुप्रै श्वास्थ संस्था रहेका छन्।
राजमार्ग
पोखरा उपत्यका पूर्वमा पृथ्वी राजमार्गका माध्यमले मध्य पहाडी क्षेत्र,काठमाडौं उपत्यका मध्य दक्षीणको चितवन उपत्यका तथा पूर्व र पश्चिम नेपालको तराइसँग जोडिएको छ भने सिदार्थ राजमार्गले पोखरालाई पश्चिम तराई, र केही पहाडी जिल्लासँग तथा धवलागिरी राजमार्गले पश्चिम उत्तरी पहाडी हिमाली क्षेत्रसँग जोडेका छन।
नगर प्रशासन
नगरपालिकाको पहिलो प्रमुख शिवबहादुर थापा (२०१६-२०१८) तथा उपप्रमुखहरू भक्तबहादुर भट्टराई, टीकाराम बराल र प्रेमराज पराजुली हुनुहुन्थ्यो। देशमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि भोला थापा (२०४९-२०५३) प्रमुख, नरेशशङ्कर पालिखे उपप्रमुख, कृष्णबहादुर थापा (२०५४-२०५९) प्रमुख तथा क्या. मानबहादुर गुरूङ उपप्रमुख भए। त्यसपछि हर्कबहादुर गुरूङ प्रमुख तथा गणेशबहादुर भट्टराई उपप्रमुखमा मनोनित भए।
सन्दर्भ सामाग्रीहरू
यो पनि हेर्नुहोस
|
|||||