पोर्टल:प्रविधि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पोर्टल प्रविधि

पृथिवीको वायुमण्डलदेखि बाहिर
पृथिवीको वायुमण्डलदेखि बाहिर

प्रविधिलाई अर्को अर्थमा तकनीति पनि भनिन्छ । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो । धेरै मानिसहरू प्रविधि र इन्जिनियरिङ शब्दहरूलाई पर्यायवाचीको रूपमा प्रयोग गर्दछन् । प्रविधिको तालीम प्राप्त गरेर यसलाई व्यवसायको रूपमा लिने व्यक्तिलाई प्राविधिज्ञ भनिन्छ । आदि कालदेखि नै मानवले प्रविधिको प्रयोग गर्दै आएको पाइन्छ । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ । जो समाज अथवा राष्ट्र प्राविधीक रूपले शक्तिशाली छन् तिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन् अनि आर्थिक रूपमा पनि अरु भन्दा सक्षम हुन्छन् ।

प्रमुख लेख

जटिल इलेक्ट्रोनिक यन्त्रहरूको डिजाइन
विद्युत यन्त्र विद्युत र विद्युतीय तरंग, उनको उपयोग र तीसित जोडिएका तमाम [[तकनीकी]] र विज्ञानको अध्ययन र कार्य छ । ज्यादातर ठाँउ यसमा इलेक्ट्रनिक्स पनि शामिल रहन्छ । यसमा मुख्य रूपले विद्युत मिसिनहरूको कार्य विधि एवम् डिजाइन; विद्युत उर्जाको उत्पादन, संचरण, वितरण, उपयोग; पावर एलेक्ट्रानिक्स; नियन्त्रण तन्त्र; तथा एलेक्ट्रानिक्सको अध्ययन गरिन्छ ।

एक अलग व्यवसायको रूपमा विद्युत यन्त्रको प्रयोग उन्नाइसौं शताब्दीको अन्तिम भागमा भयो जब विद्युत शक्तिको व्यावसायिक उपयोग हुन आरम्भ भयो । आजकल वैद्धुत यन्त्रको धेरै उपक्षेत्रहरू निर्माण भएका छन् ।


प्रमुख जीवनी

नेपालको पहिलो वैज्ञानिक
राणा प्रधानमन्त्री वीर शमशेरका जेठा छोरा गेहेन्द्र शमशेरले विज्ञानप्रविधिको क्षेत्रमा निकै ठूलो योगदान दिएका थिए। आफ्नो छोटो जीवनकालमा उनले गेहेन्द्र राइफल, गे-गन, वीरगन, धीरगन, तोप, मेसिनगन, गोली, गोला, कार्टिज, चारनाले तोप जस्ता हातहतियार र खर-खजाना निर्माण गरेका थिए। यसबाहेक उनले धान कुट्ने मिल, हावाबाट चल्ने मिलबालाजुमा छाला प्रशोधन कारखाना स्थापना गरेका थिए। त्यसैबेला अत्यन्त चमत्कारपूर्वक पानीमुनि बिजुली बत्ती बालेर नेपालीहरूलाई आश्चर्यचकित पारेका थिए। उनले आफ्ना सहयोगीहरू डस्नर, काजीमान, हल्मारत्न, वीरमान, कुलमान, कालू, लाल, चीता एवम् मुसे थापा र टेकबहादुरको सहायता लिई जमल (सेतो दरबार) सुन्दरी जल र बालाजुमा स्थापित प्रयोगशालाबाट व्यवस्थित वैज्ञानिक अनुसन्धानआविष्कारको कार्य थालेको देखिन्छ। ३६ वर्षको युवा उमेरमै गेहेन्द्र शमशेरको असामयिक र दुःखद् मृत्यु भयो।

त्यसबेला गेहेन्द्र शमशरेरजस्तै विज्ञान र प्रविधि क्षेत्रमा कार्यरत विमान पण्डित, प्रसिद्ध गणितज्ञ गोपाल पाण्डे र धातु विशेषज्ञ देवराज शाक्य एवम् नरबहादुर भारती जस्ता ग्रामोफोन रेकर्डका निर्माता वैज्ञानिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शासकको प्रहारको शिकार भएका देखिन्छन्।

प्रमुख तस्बिर

कृतिम उपग्रह
कृतिम उपग्रह
कार्य: नासा

बसोबास योग्य नवौँ अन्तरीक्ष कृतिम उपग्रह

के तपाईलाई थाहा छ?...

फेसबुक लोगो
  • ...चर्चित सामाजिक सञ्जाल फेसबुक (चित्रमा लोगो)को शुरूवात २००४ फेब्रुअरीमा भएको हो ।
  • ...एनसेल मोबाइल सेवाबाट विकिपिडिया जिरो प्रयोग गरेमा पैंसा लाग्दैन ।
  • ...विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन् ।
  • ...नेपालको पहिलो महिला विमान चालक रक्षा राणा हुन् ।
  • ...मोटरसाइकलका आविष्कारक गट्लिब डायमलर हुन भने हेलिकोप्टरका आविष्कारक इगोर सिकोर्स्की हुन ।
  • ...वस्तुको विद्युतीय गुण जुन आकर्षण वा विकर्षणको कारण हुन्छ लाई आवेश भनिन्छ ।
  • ...हिरोशिमामा प्रथम अणुबम बिस्फोट सन् १९४५ अगस्त ६ मा भएको थियो ।
  • ...पृथ्वीको जन्म लगभग ४६० करोड वर्ष पूर्व भएको थियो ।
  • श्रेणीहरू

    प्रविधि श्रेणीहरू
    प्रविधि श्रेणीहरू

    शीर्षकहरू

    प्रविधि

    प्राविधिक अवधारणा र मुद्दाहरू – उपयुक्त प्रविधि • विज्ञानमा नयाँ परिर्वतनको भ्रम • प्रलयी उपकरण • उच्च प्रविधि • विज्ञान र प्रविधिको इतिहास • प्रविधिको इतिहास • उद्योग • नयाँ परिर्वतन • ज्ञान अर्थव्यवस्था • अनुयायी प्रविधि • प्रदूषण • उत्तर मानवतावाद • सावधानीपूर्वक सिद्धान्त • अनुसन्धान र विकास • प्रविधिको रणनीति • महाशक्ति • प्रविधिपूँजीवाद • प्रविधिआलोचनावाद • प्रविधि-प्रगतिवाद • प्राविधिक अभिसरण • प्राविधिक विकास • प्राविधिक दृढतावाद • प्राविधिक भिन्नता • प्राविधिक एकलता • प्रविधि स्वीकृति मोडेल • प्रविधि मूल्यांकन • प्रविधि जीवनचक्र • प्रविधि स्थानान्तरण • प्रविधि वृक्ष • प्रविधियथार्थवाद • आविष्कारको समयरेखा • ट्रान्सह्युमेनिजम

    प्रविधि व्यावहारिक विज्ञान – एरोस्पेस • कृषि, कृषि विज्ञानकृषिविज्ञान • वास्तुकला • कृत्रिम बुद्धि • स्वचालन • सवारीसाधान • ठूलो विज्ञान • जैव प्रौद्योगिकी • नक्शाचित्रण • सञ्चार • गणना (कम्प्युटर विज्ञान (कम्प्युटर विज्ञानमा खुल्ला समस्याहरूको सूची), सूचना प्रणाली, सूचना प्रविधि, प्रोग्रामिङ, सफ्टवेयर इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ) • निर्माण • डिजाइन • इलेक्ट्रनिक्स • ऊर्जा विकास • ऊर्जा भण्डारण • इन्जिनियरिङ (केमिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल ईन्जिनियरिङ, मकोनिकल इन्जिनियरिङ) • एर्गोनोमिक्स • अग्निनियन्तरण • खाद्य विज्ञान • अदालती • वनस्पति • निःशुल्क सफ्टवेयर • स्वास्थ्य विज्ञान • स्वास्थ्य सूचना • उद्योग • सूचना विज्ञान (पुस्तकालय र सूचना विज्ञान) • इन्टरनेट • यन्त्र • व्यवस्थापन • निर्माण • आम सञ्चार • ठूलो उत्पादन • चिकित्सा (न्युरोविज्ञानमा हल नभएका समस्याहरू) • सैन्य विज्ञान • सैन्य प्रविधि र उपकरण • उत्खनन् • सूक्ष्मप्रविधि • आणविक प्रविधि • प्याकेजिङ्ग र लेबलिङ्ग • प्रक्रिया • रोबोटिक • अन्तरिक्ष अन्वेषण • प्राविधिक भविष्यवाणी • दूरसञ्चार • उपकरण • यातायात • सवारी साधन • हतियार

    सम्बन्धित पोर्टलहरू

    गर्नुपर्ने कार्यहरू

    गर्नुपर्ने कार्यहरू
    • यी लेखहरूमा सुधार, अन्य परिवर्तनहरू, र बर्बरताको लागि नयाँ परिवर्तनहरू पृष्ठ जाँच गर्नुहोस् ।

    विकिपिडियाका भातृयोजनाहरू

    प्रविधि  विकिपुस्तक  प्रविधि कमन्स प्रविधि  विकिसमाचार  प्रविधि  कथन  प्रविधि  विकिस्रोत  प्रविधि  विकिभर्सिटी  प्रविधि  विक्सनरी 
    खुला पुस्तक कमन मिडियाको भण्डार खुला समाचार कथन भण्डार खुला श्रोतमाध्यम विश्वकोश परिकल्पना शब्दकोश